काठमाडौं । ‘पाँचौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७३’ को लागि आवेदन खुल्ला गरिएको छ । समाजले विभिन्न ३२ विधामा पुरस्कार बितरणमा गर्न लागेको हो । यीमध्य केही बिधा राप्ती अञ्चलका कलाकारलाई मात्रै दिइनेछ ।

०७२ माघदेखि ०७३ माघभित्र प्रकाशित एल्वम वा गीतले मात्र अवार्डमा सहभागिता जनाउन सक्नेछन । अवार्डमा सहभागी हुन निश्चित शूल्क बुझाउनु पर्ने हुन्छ । भोटिङ र निर्णायक मण्डलको अन्तिम निर्णयका आधारमा समाजले विजेतालाई अवार्ड दिने समाचार रातोपाटीमा छ ।

माघ मसान्त आवेदन भर्न सकिने अवार्डको सर्वोत्कृष्ट नव प्रतिभा राप्तीका लागि राप्ती अञ्चलले मात्रै सहभागिता जनाउने पाउनेछ । अरु विधामा भने मुलुकभरिका सबैले सहभागिता जनाउन पाउनेछन् ।

सर्वोत्कृष्ट राष्ट्रिय गीत, सर्वोत्कृष्ट लोक दोहोरी गायक, सर्वोत्कृष्ट दोहोरी गायक/गायिका, चलचित्र, नायक÷ नायिका, गायक/गायिका, रचनाकार, संगीतकार, मोडल, नृत्य, छायाँकार, सुगमसंगीत आदि विधामा पुरस्कार दिइनेछ ।

– प्रत्येक वर्ष समाजले राष्ट्रियस्तरको पुरस्कार वितरण गर्दै आएको छ ।

– पुरस्कारको गरिमालाई बढाउन निर्णायकमण्डललाई विशेष अधिकार दिइने अध्यक्ष शर्माले बताए ।

– काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा चैत अन्तिम साता हुने अवार्ड कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन समाजले तयारी गरिरहेको अध्यक्ष शशि शर्मा मजगैँयाले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!