२२ ,माघ । भारतको चर्चित टेलिभिजन कर्लसबाट प्रशारण हुने डान्स रियालिटी शो ‘झलक दिखला जा’को नवौ सिजन जितेको केहि दिनपछि नेपालकी तेरिया मगर नेपाल आइपुगेकी छिन् । उनी, शुक्रबार बेलुकी नेपाल आएकी हुन् ।

Advertisement

नेपाल आएको भोलीपल्ट अर्थात आज शनिबार रिपोर्टस क्लब नेपालमा आयोजना भएको पत्रकार सम्मेलनमा उनी पुगिन् । उनलाई मिडियासँग दोहोरो गफगाफ गर्न भने दिइएन । तर, आफ्नो भनाई राख्दै तेरियाले सबै सहयोगी नेपालीहरुलाई धन्यवाद दिइन् । उनले आफू नेपाल बस्छ या बस्दैन भनेर विभिन्न खालका चर्चा भएको भन्दै भनिन्–‘नेपालमा पनि डान्सको संभावना छ । तर, म नेपाल बसेर काम गरे भने सबैले तेरिया भनेर चिन्छन् । तर, नेपाल बाहिर बसेर काम गरे भने सबैले नेपालकी तेरिया भनेर चिन्छन् ।’

उनले सधै आफूलाई यसरि नै सहयोग गर्न नेपालीलाई आग्रह गरिन् । उनले आफूलाई नेपालकी तेरिया भनेर चिनिनु छ भनिन् । अनलाइन खवरमा समाचार छ । तेरियाले ‘तेरिया मगर फाउन्डेशन’लाई पनि अगाडि बढाउने बताइन् । आफूले कमाएका रकममध्येको केहि रकम यो फाउन्डेशनमा राख्ने र ठूली भएपछि आफै ह्यान्डल गर्ने समेत बताएकी छिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!