‘मिस टिन कन्टेस्ट नेपाल -२०१७’को उपाधि रोजिका पोखरेलले जितेकी छिन् । काठमाण्डौको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको प्रतियोगितामा ३१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् ।

र्‍योम्प जोनद्धारा आयोजित प्रतियोगितामा मिस ट्यालेन्ट सहित फस्ट रनरअपको उपाधि कविना थापाले जितिन् । मस्ट इन्टेलिजेन्ट सहित सेकेन्ड रनरअपको उपाधि भावना काफ्लेको पोल्टामा गयो । यस्तै शर्मिला सापकोटा थर्ड रनर अप र इशिका शाक्य फोर्थ रनरअप घोषित भए ।

जाडो विदामा बसेका किशोरीहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि सो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था र्‍याम्प जोनकी अध्यक्ष रमी श्रेष्ठले जानकारी गराईन् ।

फाइनल प्रतियोगिताको मुल्यांकनकर्तामा अभिनेता एवं मोडल नविन लम्साल, संगीतकार अनिल शाही, सञ्चारकर्मी सुमित जङ जबरा, एनआरएन आमेरिकाकी बबिता श्रेष्ठ र निशु झा थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!