अभिनेत्री करिना कपुरले आफ्ना पति सैफ अलि खान तथा पूर्व प्रेमी स्टारर ‘रंगुन’ हेरेपछि फिल्म यस वर्षकै उत्कृष्ठ फिल्म मध्येको एक भनेर प्रतिक्रिया जनाएकी छन् । उनले हालै सो फिल्म हेरेकी थिइन् ।

’मैले यो फिल्म यस वर्षके उत्कृष्ट फिल्म हुने आश गरिरहेकी छु किनकी यस फिल्मलाई मेरा प्रिय निर्देशक विशाल भारद्वाजले निर्देशन गरेका छन् जसले ओमकारा पनि बनाएका थिए’, करिनाले भनिन्, ‘मेरो विचारमा दर्शकहरूले पनि यसबाट आश गरेको हुनुपर्छ किनकी फिल्ममा लङ्डा त्यागीको भूमिकामा सैफ अत्यन्तै राम्रो देखिएका थिए जून उनले आज सम्म गरेका उत्कृष्ट रोलहरूमा पर्छ ।’ त्यस्तै ‘रंगुन’मा सैफले यस अघि कहिल्यै निर्वाह नगरेको पारसी भूमिका असरदार छ ।
‘विशालका फिल्मका नकारात्मक पात्रहरू सधैं दंग पार्ने किसिमका हुन्छन्। फिल्ममा कंगना, सैफ तथा शाहिद जस्ता ३ जना चम्किला कलाकारहरूले काम गरेका छन्। उनीहरूको प्रतिष्पर्दा मलाई मनपर्यो जून हुनु पनि पर्थ्यो। यसको कारण के हो भने उनीहरूले आफ्नो उत्कृष्ट दिन्छन्। उनीहरूबाट म कम आशा गर्न सक्दिन्। उनीहरू फिल्म उद्योगका उत्कृष्ट कलाकारहरू हुन्।’
यसैगरी करिनाले फिल्म उनका लागि भावानात्मक समेत रहेको बताइन् । ‘यो फिल्म मेरा लागि भावनात्मक पनि छ किनकी यसलाई साजिद नाडियालवालेले निर्माण गरेका हुन् जसले मेरी करिष्मा दिदीसँग ‘जुडुवा’ र मसँग ‘कम्बख्त इश्क’ बनाएका थिए ।

म साधारणतया फिल्मको ट्रयाल शोमा जाँदिन। म गएको देखेर सैफसमेत अचम्ममा परे ।’ एजेन्सी