बलिउड चलचित्रमा कुनै समय सर्वाधिक सफल मानिएकी नायिका मनिषा कोइराला अहिले खासै चर्चामा छैनन् । बलिउडका अधिकांश सुपरस्टारसँग काम गरेकी नेपाली चेली मनिषालाई दर्शकले ठूलो पर्दामा हेर्न नपाएको पनि लामै समय भैसकेको छ ।

तर, अब मनिषा एक चर्चित ब्यानरबाट कम ब्याक गर्ने तयारीमा छिन् । बलिउडका सफल निर्देशक राजकुमार हिरानी नायक संजय दत्तको बायोपिकमा चलचित्र बनाउँदैछन् । यो चलचित्रमा नायक रणवीर कपुरले संजयको भूमिका निर्वाह गर्दैछन् ।

Advertisement

चलचित्रमा कलाकार परेस रावल संजयका पिता सुनिल दत्तको भूमिकामा देखिदैछन् । अब, चलचित्रमा संजयकी आमा नरगिसको भूमिका नायिका मनिषा कोइरालाले अभिनय गर्ने पक्का भएको छ । निर्देशक हिरानीले यो कुराको पुष्टी गरेका छन् ।

हिरानीले भने-‘नरगिस बलिउडमा ९० को दशककी चर्चित नायिका हुन् । मनिषा पनि सो समयमा बलिउडमा निकै चर्चित थिइन् । अर्को कुरा, नरगिसको निधन क्यान्सरका कारण भएको थियो । मनिषाले पनि क्यान्सरलाई जितेकी छिन् ।

यसैले, धेरै कुरा मिल्ने भएकाले पनि मनिषालाई नरगिसको भूमिकामा चुनिएको हो ।’ यो चलचित्रमा नायिका दिया मिर्जा संजयकी पत्नी मान्यताको भूमिकामा देखिन लागेकी छिन् भने नायिका सोनम कपुर संजयकी प्रेमिकाको रुपमा देखिनेछिन् । मनिषा र संजयले आधा दर्जन चलचित्रमा एकसाथ काम गरेका थिए ।

राजकुमार हिरानी जस्ता निर्देशक र रणवीर कपुर जस्ता सफल नायकसँग टिमअप हुनु मनिषाका लागि पनि खुशीको कुरा हो । अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!