भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘मेरो देश’लाई लिएर यसका निर्माता उदय सापकोटा उत्साहित छन् । राष्ट्रियताको कथा बोकेेको चलचित्र प्रजातन्त्र दिवसको अवसर पारेर सोलो रिलिज हुन लागेको हो ।

नेपाली चलचित्र एक आपसमा भिडिरहेका छन् । तर, संभवत, फागुण महिनामा रिलिज हुन सबै चलचित्रले सोलो रिलिजको मौका पाएका छन् ।  देव नेपालले निर्देशन गरेको यो चलचित्रमा नीशा अधिकारी, आयुष रिजाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

ब्रोसिस इन्टरटेन्मेन्ट प्रालीको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई उदय सापकोटाले निर्माण गरेका हुन् । चलचित्रमा उनकै कथा र गीत छ । प्रभाकर सापकोटा र पार्वती मैनालीको लगानी रहेको यो चलचित्रमा प्रज्वल गिरी, नीर शाह, एमश्री लगायतका कलाकारको पनि अभिनय छ ।

नेपालमा राष्ट्रियताको कथा बोकेका चलचित्र कमै मात्र बन्ने गरेका छन् । यसैले, ‘मेरो देश’ दर्शकका लागि विशेष हुनसक्छ । नायिका नीशा अधिकारीले त, कुनै लाइव्रेरीमा गएर पुस्तक पढ्न भन्दा यो चलचित्र हेर्न आग्रह गरिसकेकी छिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!