अन्तर्राष्ट्रिय करातेमा इटहरीका आयुशलाई दुई स्वर्ण पदक

अन्तर्राष्ट्रिय करातेमा इटहरीका आयुशलाई दुई स्वर्ण पदक

विराटनगर । भारतको विहारमा सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सुनसरीको इटहरीका आयुश कटवालले दुई स्वर्ण पदक जितेका छन् । यू-१८ उमेर समूह र कुमुते विधाको ४५ किलो तौल समुहमा प्रतिस्पर्धा गरेर उनले दुई स्वर्ण पदक जितेका हुन् ।  नेपालको प्रतिनिधित्व गर्दै उमेर समूह र कुमुते विधामा प्रतिस्पर्धा गरेर उनले स्वर्ण पदक जितेका प्रशिक्षक सागर राउतले जानकारी दिए । 
तेह्रथुममा भेटियो शंकास्पद बस्तु

तेह्रथुममा भेटियो शंकास्पद बस्तु

तेह्रथुम । तेह्रथुममा शंकास्पद बस्तु भेटिएको छ । म्याङ्लुङ नगरपालिका-१ डाँडागाउँमा चन्द्र जोशीको बारीमा शंकास्पद बस्तु भेटिएको हो । सोमबार दिउँसो स्थानीय चन्द्र जोशीको बारीमा प्लाष्टिकले बेरेको अवस्थामा शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता प्रमोद खड्काले जानकारी दिए । ‘धनकुटाको हिलेबाट सोमबार नै सेनाको टोली आएको छ’, खड्काले संगालोखबरसँग भने, ‘शंकास्पद बस्तुको डिस्प...
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार आ...
२०८१ माघ ८ गते मंगलबार/आजको राशिफल

२०८१ माघ ८ गते मंगलबार/आजको राशिफल

बि.सं.२०८१ माघ ८ गते मंगलबार ई.सं.२०२५ जनवरी २१ नेपाल सम्बत ११४५ पोहेलागा सप्तमी, कालोयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण सप्तमी, चन्द्रमा कन्या राशिमा, चित्रानक्षत्र,धृतियोग, बवकरण । आज नेपालमा सूर्योदय बिहान ०६ः५४ बजे, सूर्यास्त साँझ ०५ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर खाएर जुनसुकै दिशाको यात्रा...
धरानमा साथीमाथि खुकुरी प्रहार गरेको आशङ्कामा पाँच जना पक्राउ

धरानमा साथीमाथि खुकुरी प्रहार गरेको आशङ्कामा पाँच जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१५ सदन रोडमा साथीमाथि खुकुरी प्रहार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । शनिबार राति स्थानीय २१ वर्षीय रिजन राईमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट राई गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले संगालोखबरलाई जानकारी दिए । धरान-१३ का १८ वर्षीय उत्सव मगर, सोही स्थानका २१ वर...
झापामा बोलेरो र अटो ठोक्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

झापामा बोलेरो र अटो ठोक्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

झापा । झापामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहान करिब ११ बजेतिर बुद्धशान्ति गाउँपालिका-४ हाफपाइन्ट चोकमा बोलेरो र अटो ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गणेश पौडेलले संगालोखबरलाई जानकारी दिए । चारआलीबाट इलाम तर्फ जाँदै गरेको प्र १-०१-००१ ज ३८५१ नम्बरको बोलेरो गाडी र विपरित दिशाबाट आउदैँ गरेको ...
नेपालले स्कटल्याण्डलाई दियो ७४ रनको लक्ष्य

नेपालले स्कटल्याण्डलाई दियो ७४ रनको लक्ष्य

विराटनगर । आईसीसी यू-१९ महिला टी २० विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ । बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ७३ रन बनाउन सक्यो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री धामीले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
भोजपुरमा बालिका बलात्कार आरोपमा ४५ वर्षीय पुरुष पक्राउ

भोजपुरमा बालिका बलात्कार आरोपमा ४५ वर्षीय पुरुष पक्राउ

भोजपुर । भोजपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । हतुवागढी गाउँपालिका-८ पात्लेपानी का ४५ वर्षीय भक्तबहादुर थापालाई बालिका बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको भनेर उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार पक्राउ गरेको हो । उजुरीमा गत भदौ १० बालिकालाई बलात्कार गरेको उल्लेख गरिएको जि...
मोरङमा प्रेमिकाले धोका दिएको भन्दै पुरुषले शरीरमा आगो लगाएपछि…

मोरङमा प्रेमिकाले धोका दिएको भन्दै पुरुषले शरीरमा आगो लगाएपछि…

विराटनगर । मोरङमा एक पुरुषले प्रेममा धोका पाएको भन्दै आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन् । झापाको दमक नगरपालिका-७ घर भएका ४० वर्षीय विनोद थापाले शरीरमा आगो लगाएका हुन् । मोरङ प्रहरीका अनुसार थापाले आइतबार उर्लाबारी नगरपालिका-६ मा रहेको अन्नपूर्ण खाजा घर अगाडि गएर शरीरमा आगो लगाएका हुन् । थापाको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वे...
कोशीको हिउँदे अधिवेशन आजदेखि

कोशीको हिउँदे अधिवेशन आजदेखि

विराटनगर । कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैटौँ तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो । गत असोज ४ गते कोशी प्रदेशको पाँचौँ अधिवेशन अन्त्य भएको थियो । आजको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्नेछन् । त्यसपछि केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेश हुनेछ । सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदन...
धनकुटामा रोल्पाका कवि प्रेम प्रकाशको कविता संग्रहमाथि परिचर्चा 

धनकुटामा रोल्पाका कवि प्रेम प्रकाशको कविता संग्रहमाथि परिचर्चा 

धनकुटा । रोल्पाका कवि प्रेम प्रकाशको कविता संग्रहमाथि धनकुटामा चार्चा–परिचर्चा गरिएको छ । मिसन पोएट्रीको आयोजनामा कवि प्रेम प्रकाशको कविता संग्रह ‘रगतको तर्पण’ माथि चर्चा-परिचर्चा गरीएको हो । धनकुटाका कवि तथा अग्रज व्यक्तिहरूले कविता संग्रहमाथि चर्चा-परिचर्चा गरेका थिए । वक्ताहरू कवि मुकुन्द प्रयास, के.जी. सुब्बा र सावित्रा राईले कविता संग्रहका बारेमा आ–आफ्नो तर्क प्रस्तुत गरेका थिए । सङ्ग्र...
धरानमा ट्रकको ठक्करबाट ८६ वर्षीय बृद्धको मृत्यु

धरानमा ट्रकको ठक्करबाट ८६ वर्षीय बृद्धको मृत्यु

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका–११ मा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट स्थानीय ८६ वर्षीय बृद्ध विर बहादुर लामिछानेको घटनास्थलमै मृत्यु भएको हो । आइतबार दिउँसो प्रदेश १-०१-००१ क १२६१ नम्बरको मिनी ट्रकले बृद्धलाई ठक्कर दिएको थियो । चालक धरान-८ का ४८ वर्षीय सन्तवीर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइर...
२०८१ माघ ७ गते सोमबार/आजको राशिफल

२०८१ माघ ७ गते सोमबार/आजको राशिफल

बि.सं.२०८१ माघ ७ गते सोमबार ई.सं.२०२५ जनवरी २० नेपाल सम्बत ११४५ पोहेलागा षष्ठी, कालोयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण षष्ठी, चन्द्रमा कन्या राशिमा, हस्तानक्षत्र, सुकर्मायोग, वणिजकरण । आज नेपालमा सूर्योदय बिहान ०६ः५४ बजे, सूर्यास्त साँझ ०५ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐना हेरेर जुनस...
देशमा अस्थिरता ल्याउन सामाजिक सञ्जाल दुरुपयोग गरेर भ्रम फैलाइँदैछ : महासचिव पोख्रेल

देशमा अस्थिरता ल्याउन सामाजिक सञ्जाल दुरुपयोग गरेर भ्रम फैलाइँदैछ : महासचिव पोख्रेल

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देशमा अस्थिरता ल्याउन सामाजिक सञ्जाल दुरुपयोग गरेर भ्रम फैलाउँने काम भइरहेको बताएका छन् । एमालेले सञ्चालन गरेको जरा केन्द्रित तीन महिने अभियानको धनकुटा जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै महासचिव पोख्रेलले यस्तो बताएका हुन् । सामाजिक सञ्जालमार्फत जनतामा निराशा फैलाउँदै समाज भड्काएर अस्थिरता सृजना गर्ने प्रयास भइरहेको भन्दै महासचिव...
विराटनगरको एभरेष्ट विद्यालयमा स्पोर्ट्स मिट सुरु 

विराटनगरको एभरेष्ट विद्यालयमा स्पोर्ट्स मिट सुरु 

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट माध्यमिक विद्यालयमा स्पोर्ट्स मिट सुरु भएको छ । आज विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्‌घाटन गरेसँगै स्पोर्ट्स मिट २०८१ सुरु भएको हो । मेयर कोइरालाले एभरेष्ट एक अब्बल विद्यालयका रूपमा स्थापित भएको उल्लेख गरे । विद्यालयले अन्य विधा जस्तै खेलकुदलाई पनि उत्तिकै महत्वका साथ राखेको भन्दै उनले प्रशंसा गरे । ‘खेलकुद एउटा यस्तो माध्यम हो । जसबाट विश्वक...
नेपालमा १० लाख बढी बालबालिका बालश्रममा 

नेपालमा १० लाख बढी बालबालिका बालश्रममा 

धनकुटा । नेपालमा करिब १० लाख ८१ हजार बालबालिका बालश्रममा रहेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धमा धनकुटाका जनप्रतिनिधि र कर्मचारीहरूसँग अन्तरक्रिया गर्दै बालश्रमको अवस्था बारे जानकारी दिएको हो ।  नेपालमा ७ सय ५३ स्थानीय तह मध्ये ८ वटा पालिका मात्रै बालश्रम मुक्त घोषणा भएको पाइएको छ । १० लाख ८१ हजार बालबालिका मध्ये करिब २ लाख २२ हजा...
खेलकुद महासङ्घ मोरङको अध्यक्षमा राय निर्वाचित

खेलकुद महासङ्घ मोरङको अध्यक्षमा राय निर्वाचित

विराटनगर । नेपाल खेलकुद महासङ्घ मोरङ जिल्ला कमिटीको अध्यक्षमा शीतल राय निर्वाचित भएका छन् । विराटनगर स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न महासङ्घको दोस्रो जिल्ला अधिवेशनबाट राय निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । २९ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा रिक्की रानामगर (प्रभाकर) र नवीन थापा निर्वाचित भए । यसैगरी सचिवमा सागर केसी, सह-सचिवमा इन्दु बाँस्कोटा र मेनका ठाकुर निर्वाचित हुँदा कोषाध्...
इन्डो-नेपाल रोलर स्केटिङ्ग च्याम्पियनसिपमा नेपाल प्रथम

इन्डो-नेपाल रोलर स्केटिङ्ग च्याम्पियनसिपमा नेपाल प्रथम

विराटनगर । १० औँ इन्डो-नेपाल रोलर स्केटिङ्ग च्याम्पियनसिप २०२५ मा नेपाल प्रथम भएको छ । विराटनगरको दिल्ली पब्लिक स्कुलमा भएको प्रतियोगितामा भारतलाई हराउँदै नेपाल प्रथम भएको हो । प्रतियोगितामा भारतको हिमाचल, गुजरात, राजस्थान, महाराष्ट्र र उत्तर प्रदेशका २२ जना छात्र-छात्रा खेलाडीहरू समावेश थिए । नेपालको तर्फबाट विराटनगरका पाँच विद्यालयका ५६ जना छात्र-छात्रा खेलाडीहरू सहभागि थिए । विभिन्न उमेर ...
सङ्गठन बलियो बनाउन ध्यान केन्द्रित गर्नुपर्छ : रास्वपा सांसद ढकाल 

सङ्गठन बलियो बनाउन ध्यान केन्द्रित गर्नुपर्छ : रास्वपा सांसद ढकाल 

धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद हरि ढकालले नेता तथा कार्यकर्ताहरूलाई सङ्गठन बलियो बनाउन निर्देशन दिएका छन् । रास्वपा धनकुटाको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । ‘पहिला पार्टी सङ्गठन मजबुत बनाउन लाग्नुपर्छ’, उनले भने, ‘त्यसपछि मात्रै चुनाव केन्द्रित हुनुपर्छ ।’ देशमा भ्रष्टाचार मैलाएको र त्यसको अन्त्य गर्न रास्वपा लागिपरेको उनको भनाइ थिय...
केराबारी र बेलबारीमा दुई जना मृत फेला

केराबारी र बेलबारीमा दुई जना मृत फेला

विराटनगर । मोरङका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज बिहान केराबारी र बेलबारीमा दुई जना मृत फेला परेका हुन् । केराबारी गाउँपालिका-९ स्थित धरधरे सामुदायिक वनको भीरमा एक जना वृद्ध पुरुषको शव फेला परेको छ । केराबारी-८ का ६७ वर्षीय पर्शुराम न्यौपानेको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । शनिबार अपरान्ह घरबाट निस्किए उनी नफर्किएपछि आफन्तले खोजी ...
२०८१ माघ ६ गते आइतबार/आजको राशिफल

२०८१ माघ ६ गते आइतबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०८१ माघ ६ गते आइतबार ई.सं.२०२५ जनवरी १९ नेपाल सम्वत् ११४५ पोहेलागा पञ्चमी, कालोयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण पञ्चमी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र,अतिगंडयोग, तैतलकरण । आज नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ०५ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाए...
एमाले महासचिव शंकर पोख्रेलसहितका शीर्ष नेताहरू आज धनकुटा आउँदै

एमाले महासचिव शंकर पोख्रेलसहितका शीर्ष नेताहरू आज धनकुटा आउँदै

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोख्रेलसहितका शीर्ष नेताहरू आज धनकुटा आउने भएका छन् । माघ महिनादेखि एमालेले सञ्चालन गर्न लागेको जरा केन्द्रित तीन महिने अभियानको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमका लागि नेताहरू धनकुटा आउन लागेका हुन् । कार्यक्रमलाई एमाले महासचिव पोख्रेलसहित पार्टीका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्...
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि झापामा आक्रमण, उपचारपछि घर फर्किए 

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि झापामा आक्रमण, उपचारपछि घर फर्किए 

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापाको कन्काई नगरपालिका-१ मा आक्रमण भएको छ । आज नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट फर्किनेक्रममा थापामाथि आक्रमण भएको हो ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले थापामाथि आक्रमण भएको पुष्टि गरे । उनले संगालोखबरसँग भने, ‘पूर्वमुख्यमन्त्री आफ्नो...
मोरङको बुढीगंगामा बाँदर नियन्त्रण अभियान

मोरङको बुढीगंगामा बाँदर नियन्त्रण अभियान

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकमा उपभोक्ता समिति निर्माण गरेर बाँदर नियन्त्रण अभियान चलाइएको छ । गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट छुट्याइदिएपछि उपभोक्ता समिति बनाएर बाँदर नियन्त्रण अभियान थालिएको हो । समितिले भारतबाट बाँदर समाउन सिपालु मान्छे ल्याएर १ सय ५० भन्दा बढी बाँदर बन कार्यालयलाई बुझाइसकेको छ । गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराईका अनुसार केही महिना अघि समिति...
दमक अस्पतालमा आइसीयु निर्माण गर्न लायन्स क्लबले सहयोग गर्ने

दमक अस्पतालमा आइसीयु निर्माण गर्न लायन्स क्लबले सहयोग गर्ने

झापा । झापाको दमक अस्पतालमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ सीले सुविधा सम्पन्न आइसीयु निर्माण गर्न सहयोग गर्ने भएको छ । स्थानीय लायन्स क्लब र दमक नगरपालिकाको सहभागितामा ३२५ सीले आइसीयु निर्माणमा सहयोग गर्ने भएको हो । ३२५ सी का गभर्नर विकास अधिकारीका अनुसार लायन्स क्लब फाउन्डेसनले आइसीयु निर्माणका लागि बजेट छुट्याइसकेको छ । दमक अस्पतालमा आइसीयु अभाव हुँदा बिरामीहरूलाई धरान, विराटनगर...
ब्राउन सुगर र गाँजासहित तीन जना पक्राउ

ब्राउन सुगर र गाँजासहित तीन जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषध ब्राउन सुगर र गाँजासहित तीन जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा, मोरङ र उदयपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको मेचीनगर नगरपालिका-६ बाट एक जनालाई पक्राउ गरेको छ । पाँचथरको फिदिम नगरपालिका-१३ का ३० बर्षीय सनम राई २ ग्राम ३६ मिलिग्राम ब्...
धनकुटाको चौबिसेमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटाको चौबिसेमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा । धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चौबिसे गाउँपालिका-५ बोधेका २६ वर्षीय सुजन खतिवडा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मंसिर २८ गते साँझ बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि युवकलाई पक्राउ गरिएको हो । उनले संगालोखबरसँग भने, ‘बहिनीलाई ललाइफ...
झापाको एक होटलमा आगलागी हुँदा ८ लाख क्षति 

झापाको एक होटलमा आगलागी हुँदा ८ लाख क्षति 

झापा । झापाको मेचीनगर नगरपालिका-१२ माइलाबारीस्थित एक होटलमा आगलागी भएको छ । आज बिहानको राति प्रदीप लिम्बुले सञ्चालन गरेको ‘होटल लिटल सेफ फास्ट फुट क्याफे’ मा आगलागी भएको हो । प्रहरीका अनुसार दामोदर दाहालको दुई तले घरको पहिलो तला भाडामा लिएर लिम्बुले होटल सञ्चालन गर्दै आएका थिए । आगलागीबाट फ्रिज, र्‍याक, मदिरा, इन्भर्टर, ब्याट्री र नगद २५ समेत जलेर नष्ट भएको प्रहरीको भनाइ छ । आगलागीबाट ८ लाख म...
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको सुन आज एक हजार तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ५६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । मङ्गलबार ए...
भेडेटारमा कार्यरत प्रहरी नायब निरीक्षक प्रधान सर्वोत्कृष्ट प्रहरी घोषित

भेडेटारमा कार्यरत प्रहरी नायब निरीक्षक प्रधान सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी नायब निरीक्षक रमेश प्रधान पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई २०८१ साल पुस महिनाको सर्वोकृष्ट प्रहरी घोषित गरेको हो । उनले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेका कारण सर्वोकृष्ट घोषित गरिएको जनाइएको छ । उनले पुष २५ ...
२०८१ माघ ४ गते शुक्रबार/आजको राशिफल

२०८१ माघ ४ गते शुक्रबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०८१ माघ ४ गते शुक्रबार ई.सं.२०२५ जनवरी १७ नेपाल सम्वत् ११४५ पोहेलागा चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण चतुर्थी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, सौभाग्य योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ०५ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर ...
error: Content is protected !!