विराटनगरमा ढोका फुटाएर यसरी भयो पसलमा चोरी (सीसीटीभी फुटेजसहित)
विराटनगर । विराटनगरको ट्राफिक चोक नजिक रहेको अरनवी ग्राफिक्स प्रिन्टर्समा बिहीबार राती चोरी भएको छ । न्युरो हस्पिटल जाने बाटोस्थित रेन्बो गल्लीमा रहेको सो पसलको ढोकाको सिसा फुटाएर राती करिब ९ बजे चोरी भएको हो ।
एक जना युवकले सिसा फुटाएर पसल भित्र प्रवेश गरी चोरी गरेको दृष्य पसलको सीसीटीभीमा कैद भएको छ । चोरले पसलमा रहेको पैसा राख्ने पर्स र कम्प्युटरको मनिटर लगेको सीसीटीभी फुटेजमा प्रष्ट देखिन्छ...




























