धनकुटाको करदाता कार्यालय नहटाउन माग गर्दै वाणिज्य संघले बुझायो ज्ञापनपत्र

धनकुटाको करदाता कार्यालय नहटाउन माग गर्दै वाणिज्य संघले बुझायो ज्ञापनपत्र

धनकुटा । धनकुटाको करदाता सेवा कार्यालय नहटाउन माग गर्दै उद्योग वाणिज्य संघले ज्ञापन पत्र बुझाएको छ । सरकारले हालसालै गरेको निर्णय अनुसार कार्यालय हटाउने प्रक्रिया सुरु भइसकेको जानकारी प्राप्त भएको भन्दै संघले ज्ञापन पत्र बुझाएको हो । सो प्रक्रियालाई तत्कालै रोक्नुपर्ने माग गर्दै वाणिज्य संघले आज धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ...
मोरङको जहदामा एम्बुलेन्सभित्र भेटियो ३३ किलो गाँजा, दुई जना पक्राउ

मोरङको जहदामा एम्बुलेन्सभित्र भेटियो ३३ किलो गाँजा, दुई जना पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिका-३ बाट एम्बुलेन्समा गाँजा ओसार-पसार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राति बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो । एम्बुलेन्स चालक विराटनगर-५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र एम्बुलेन्ससँगै रहेको को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका-३ का ३२ वर्षीय दिलिप कुमार राजवंशीला...
सुनचाँदीको मूल्य बढ्यो, आज कति पुग्यो तोलामा ?

सुनचाँदीको मूल्य बढ्यो, आज कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३७ हजार आठ सय रुपैयाँमा कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तीन हजा...
विराटनगरमा सफारी चालकलाई रिफ्लेक्सन ज्याकेट वितरण 

विराटनगरमा सफारी चालकलाई रिफ्लेक्सन ज्याकेट वितरण 

विराटनगर । विराटनगरका सफारी चालकलाई रिफ्लेक्सन ज्याकेट वितरण गरिएको छ । विराटनगर जेसीजले ‘जेसीज सप्ताह-२०२५’ अन्तर्गत नोबेल अस्पताल गेट अगाडि सफारी चालकहरूलाई रिफ्लेक्सन ज्याकेट वितरण गरेको हो । बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरणका लागि स्थानीय नागरिकको सक्रियता आवश्यक रहेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेले बताए । विराटनगर जेसीजका पूर्वअध्यक्ष सेवक बजगाईंले जेसीजले सदै...
जेनजी आन्दोलनमा लुटिएको हतियार झाडीमा भेटियो

जेनजी आन्दोलनमा लुटिएको हतियार झाडीमा भेटियो

विराटनगर । झापाको बिर्तामोडमा जेनजी आन्दोलनका क्रममा लुटिएको हतियार भेटिएको छ । बिर्तामोड नगरपालिका-६ सुगम शान्ति टोलस्थित तोरीबारी नजिकको सिमल तरुलको झाडीमा बुधबार साँझ एक थान हतियार फेला परेको हो । ०३११००८७२ नम्बरको एक थान इन्सास राइफल, त्यसको म्यागजिन एक थान, नचलाएको १९ राउन्ड गोली र चलाएको २ राउन्ड गोलीको खोका समेत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हतियार गत भदौ २४ मा जेन...
धनकुटामा डेरी उद्योगको लहर, कृषकहरू उत्साहित

धनकुटामा डेरी उद्योगको लहर, कृषकहरू उत्साहित

धनकुटा । धनकुटामा डेरी उद्योग थपिन थालेका छन् । पछिल्लो समय व्यवसायी छुर्पी उत्पादन बढेसँगै डेरी उद्योग पनि थपिन थालेका हुन् । घ्यू र छुर्पीको माग बढेपछि गाउँमा उद्योग थपिएपछि रोजगारी पाउने युवाको संख्या बढ्न थालेको छ । डेरी उद्योगबाट घ्यू, चिज, पनिर र खुवा लगायत पनि उत्पादन हुँदै आएको छ । नेपालीको सेनाको जागिरबाट अवकाश भएपछि छुर्पी उत्पादनमा लागेका महालक्ष्मी नगरपालिका-१ का रामबहादुर पौडेलले आ...
योगेन्द्र मण्डलले ‘राष्ट्रिय ऊर्जाशील’ पार्टी दर्ताका लागि दिए निवेदन

योगेन्द्र मण्डलले ‘राष्ट्रिय ऊर्जाशील’ पार्टी दर्ताका लागि दिए निवेदन

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका निवर्तमान सांसद योगेन्द्र मण्डलले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । आज उनको समूहले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका मण्डलको नयाँ दलको नाम राष्ट्रिय ऊर्जाशील पार्टी र चुनाव चिह्न चापाकल प्रस्ताव गरिएको छ । केन्द्रीय सदस्य तत्काललाई ३१ सदस्यीय प्रस्...
एमाले नेता पासाङ शेर्पा डिल्लीबजार कारागार चलान

एमाले नेता पासाङ शेर्पा डिल्लीबजार कारागार चलान

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् । बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पालाई आज फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइएको थियो । अदालतले कारागार चलानका लागि पत्र दिएपछि डिल्लीबजार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई प्रहरीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको थियो । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ...
धनकुटा र भोजपुरमा १० हजार बढी गाँजाका बोट फडानी 

धनकुटा र भोजपुरमा १० हजार बढी गाँजाका बोट फडानी 

विराटनगर । धनकुटा र भोजपुरका विभिन्न स्थानमा अवैधरूपमा रोपिएको तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोट फडानी गरेर नष्ट गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरतग गाँजाका बोट नष्ट गरिएको हो । धनकुटाको सहिदभूमि गाउँपालिका-२ का विभिन्न स्थानबाट प्रहरीले ९ हजार ५ सय गाँजाका बोटहरू फडानी गरी जलाएर नष्ट गरेको छ । यसैगरी भोजपुरको हतुवागढी गाउँपालिकाको बिभिन्...
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३७ हजार दुई सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला दुई हजार नौ सय...
पाख्रीबासको राम्चेडाँडा पर्यटकीय गन्तव्य बन्दै (फोटो फिचर)

पाख्रीबासको राम्चेडाँडा पर्यटकीय गन्तव्य बन्दै (फोटो फिचर)

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-७ मा अवस्थित राम्चेडाँडा पर्यटकको रोजाइमा पर्न थालेको छ । पछिल्लो समय राम्चेडाँडामा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्न थालेको छ । जिल्ला सदरमुकामबाट करिब २१ किलोमिटरको दूरीमा अवस्थित राम्चेडाँडाबाट कोशी प्रदेशका पूर्वी पहाडी जिल्लाको अवलोकन गर्न सकिन्छ । यस्तै यहाँबाट तराईका समथर फाट समेत देखिन्छन् । अरुण उपत्यका, मकालु र गौरीशङ्कर हिमालसँगै यस स्थान...
छथर जोरपाटीका अध्यक्षको गाडीले निष्कासित कर्मचारीलाई दियो ठक्कर, एमालेद्वारा घोर भर्त्सना

छथर जोरपाटीका अध्यक्षको गाडीले निष्कासित कर्मचारीलाई दियो ठक्कर, एमालेद्वारा घोर भर्त्सना

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बा सवार गाडीले ठक्कर दिँदा दुई निस्कासन गरिएका कर्मचारी घाइते भएका छन् । नेकपा एमाले छथर जोरपाटी गाउँ कमिटीले सोमबार विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति घोर आपत्ति जनाएको छ । कात्तिक १७ गते सोमबार निस्कासनमा परेका कर्मचारीहरूले भेटवार्ताका लागि अध्यक्षसँग समय मागी कार्यालय परिसरमा जम्मा भएका थिए । तर अध्यक्ष सुब्बाले उनीहरूलाई भेट्ने समय...
जनार्दन शर्माले माओवादी छाडेर घोषणा गरे प्रगतिशील अभियान नेपाल

जनार्दन शर्माले माओवादी छाडेर घोषणा गरे प्रगतिशील अभियान नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेका जनार्दन शर्माले प्रगतिशील अभियान नेपालको घोषणा गरेका छन् । माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी लगायत आठ दलसँग एकताको निर्णयमा पुगेपछि विभाजित भएको हो । पार्टीका पूर्वउपमहासचिव शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै शर्माले प्रगतिशील अभियान, ...
वर्षाका कारण धनकुटामा ४१ करोड बढीको अन्नबालीमा क्षति

वर्षाका कारण धनकुटामा ४१ करोड बढीको अन्नबालीमा क्षति

धनकुटा । चक्रवात ‘मोन्था’ को प्रभावका कारण केही दिनअघि परेको अविरल वर्षाका कारण धनकुटामा ४१ करोड बढीको अन्नबालीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धान र कोदो बालीमा करिब ४१ करोड ६८ लाख बराबरको क्षति पुगेको हो । कात्तिक १२ देखि १६ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । २ हजार ५ सय ९५ दशमलव ६ हेक्टर क्षेत्रफलमा लगाइएको १२ हजा...
झापामा एमालेको मोटरसाइकल र्‍याली

झापामा एमालेको मोटरसाइकल र्‍याली

झापा । झापामा नेकपा एमालेले मोटरसाइकल र्‍याली निकालेको छ । एमाले अर्जुनधारा नगर कमिटीले आज वृहत मोटरसाइकल र्‍याली निकालेको हो । बिर्तामोडको महानन्द चोकबाट सुरु भएको मोटरसाइकल र्‍याली नारायणथान, खुदुनाबारी हुँदै बजारका विभिन्न स्थानको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । कार्यक्रममा सहभागीहरूले आगामी राजनीतिक तथा सामाजिक अभियानमा युवाको नेतृत्व र सहभागिता आवश्यकता रहेकोमा जोड दिएका थिए । ने...
पक्राउ परे निकोलस भुसाल 

पक्राउ परे निकोलस भुसाल 

काठमाडौं । निकोलस भुसाल गोरखा नगरपालिका-८ सरस्वति आश्रमबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आज पक्राउ गरेको हो । उनी तीन दिनदेखि प्रहरीको खोजी सूचीमा रहेका थिए । प्रहरीका अनुसार सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएका कारण उनलाई पक्राउ गरिएको हो । सार्वजनिक रूपमा अन्टसन्ट बोल्दै आएका भुसालले तीन दिनअघि माइतीघरमा प्रदर्शनको आव्हान गरेका थिए । तर उनी ...
असोजको बाढीपहिरोले इलाममा १२ अर्बको क्षति 

असोजको बाढीपहिरोले इलाममा १२ अर्बको क्षति 

इलाम । गत असोज १८ र १९ मा आएको भारी वर्षापछिको बाढीपहिरोले इलाममा करिब १२ अर्बको क्षति भएको छ । विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार बराबरको क्षति भएको हो । जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत प्राधिकरण, जलस्रोत तथा सिँचाइ डिभिजनसहित सम्बन्धित ११ वटा विषयगत कार्यालयबाट क्षतिको प्रारम्भिक वि...
काँकरभिट्टाबाट तीन अर्ब ३६ करोड बढीको कृषिउपज निर्यात

काँकरभिट्टाबाट तीन अर्ब ३६ करोड बढीको कृषिउपज निर्यात

झापा । काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा तीन अर्ब ३६ करोड ७८ लाख ६० हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका अनुसार सो मूल्य बराबरको अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायतका वस्तु निर्यात भएको हो । तीन महिनामा सबैभन्दा धेरै अलैँची एक अर्ब ५१ करोड ८१ लाख, चिया ७५ करोड ६६ लाख, प्लाइउड २७ करोड ७४ लाख, भेनियर २७ करोड २८ लाख र अम्लिसो १९ करोड ५९...
मोरङको जहदा गाउँपालिकाले रद्द गर्यो करार तथा ज्यालादारी कर्मचारीको सम्झौता 

मोरङको जहदा गाउँपालिकाले रद्द गर्यो करार तथा ज्यालादारी कर्मचारीको सम्झौता 

विराटनगर । मोरङको जहदा गाउँपालिकाले करार तथा ज्यालादारी कर्मचारीको सम्झौता रद्द गरेको छ । गाउँपालिकाले दरबन्दी बाहेकका २० जना करार तथा ज्यालादारी कर्मचारीको सम्झौता रद्द गरेको हो । गाउँपालिकाका अनुसार करार दरबन्दी र करार तथा ज्यालादारीसहित ६६ कर्मचारी कार्यरत रहेकामा २० जानको सम्झौता कात्तिक १६ गतेदेखि रद्द गरिएको गाउँपालिकाले जनाएको छ  । जेनजी आन्दोलनपछि नेपाल सरकारले गरेको निर्णय अनुसार गाउँ...
कोशीका चार जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ

कोशीका चार जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ

विराटनगर । कोशीका चार जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन् । झापा, मोरङ, सुनसरी र उदयपुरबाट प्रतिबन्धित लागूऔषधसहित उनीहरू पक्राउ परेका हुन् । झापाको मेचीनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नुवाकोटका २७ वर्षीय रामबहादुर तामाङलाई १७ ग्राम दुई सय मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । यस्तै सुनसरीको कोशी गाउँपालिका-१ बाट धादिङका ३...
मोरङ र सुनसरीमा बहु-दीर्घकालीन रोगको अध्ययन गरिने

मोरङ र सुनसरीमा बहु-दीर्घकालीन रोगको अध्ययन गरिने

विराटनगर । मोरङ र सुनसरी जिल्लामा बहु-दीर्घकालीन रोगको अध्ययन गरिने भएको छ । अस्ट्रेलियन नेशनल युनिभर्सिटीको अगुवाइमा हुन लागेको अध्ययनको नेतृत्व विराटनगरका डाक्टर उदय नारायण यादवले गर्नेछन् । उनी अस्ट्रेलियामा अस्ट्रेलियन नेशनल युनिभर्सिटीमा कार्यरत प्रोफेसर हुन् । अध्ययनको बारेमा जानकारी गराउन गरिएको कार्यक्रममा विश्वविद्यालयका प्राध्यापकहरूले अध्ययनको पृष्ठभूमि, उद्देश्य, अनुसन्धान विधि तथा ...
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार तीन सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ३९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला तीन हजार १५ रु...
धनकुटाका दुई वडाध्यक्ष : जनताको सेवासँगै निरन्तर कृषिकर्ममा रमाउँदै

धनकुटाका दुई वडाध्यक्ष : जनताको सेवासँगै निरन्तर कृषिकर्ममा रमाउँदै

धनकुटा । धनकुटामा दुई जनप्रतिनिधिले सफल कृषकको पहिचान बनाएका छन् । लगानी, मेहनत र आम्दानी बढाउँदै गएसँगै उनीहरूले कृषि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका हुन् । धनकुटा नगरपालिका-२ स्थित भिरगाउँका चन्द्रलाल तामाङ र महालक्ष्मी नगरपालिका-१ घुमाउनेका टेक बहादुर गुरुङ वडाध्यक्ष हुन् । उनीहरूले दोस्रो कार्यकाल पनि वडाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका छन् । जनताको कामसँगै उनीहरू लामो समयदेखि कृष...
मोरङको बेलबारीस्थित लोहन्द्रा खोलामा वृद्ध मृत फेला

मोरङको बेलबारीस्थित लोहन्द्रा खोलामा वृद्ध मृत फेला

विराटनगर । मोरङको बेलबारी नगरपालिका-३ स्थित लोहन्द्रा खोलामा वृद्ध मृत फेला परेका छन् । आज दिउँसो करिब १२ बजे सोही वडाका ६० वर्षीय बलबहादुर खड्का मृत फेला परेका हुन् । स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले मृत व्यक्ति सोही वडाका खड्का रहेको पुष्टि गरेको छ । कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि पठाइएको छ भने प...
वन कार्यालय भोजपुरका अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

वन कार्यालय भोजपुरका अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

विराटनगर । डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । श्रेष्ठले १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेको भन्दै सोही रकम बराबरको बिगो कायम गरी आयोगले आरोपपत्र दायर ...
छथर जोरपाटीका अध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

छथर जोरपाटीका अध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ । गत असोज २१ गते अस्थायी र करार कर्मचारीको सम्झौता रद्द भएपछि निकालिएका कर्मचारीहरूले तालाबन्दी गरेका हुन् । निकालिएका अस्थायी र करार सम्झौताका कर्मचारीले असोज २६ गते प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बहादुर घिमिरेलाई चार बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । तर माग सम्बोधन नभएपछि त...
विराटनगरको सिङ्घिया खोलामा बेपत्ता युवकको शव फेला

विराटनगरको सिङ्घिया खोलामा बेपत्ता युवकको शव फेला

विराटनगर । विराटनगर-१४ स्थित सिङ्घिया खोलामा बेपत्ता युवकको शव दुईदिनपछि फेला परेको छ । विराटनगर-१० सोमबारेका २५ वर्षीय श्रवण मण्डल मृत अवस्थामा फेला परेका हुन् । असोज १५ गते दिउँसो करिब १ बजे मण्डल सिङ्घिया खोलामा बेपत्ता भएका थिए । बेपत्ता भएका उनको खोजीमा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र वडा प्रहरी कार्यालय हाटखोलाबाट टोली खटिएको थियो । खोजी गर्ने क्रममा आज बिष्णुटो...
धनकुटाका ग्रामीण क्षेत्रमा प्रभावकारी बन्दै गोबर ग्यास

धनकुटाका ग्रामीण क्षेत्रमा प्रभावकारी बन्दै गोबर ग्यास

धनकुटा । धनकुटाका ग्रामीण क्षेत्रमा गोबर ग्यास प्रभावकारी बन्दै गएको छ । गोबर ग्यासबाट दोहोरो फाइदा लिन सकिने भएपछि ग्रामीण क्षेत्रमा यो प्रविधि निकै प्रभावकारी बन्दै गएको हो । गाई, भैंसीको गोबरबाट ग्यास बाल्नुका साथै मलको रूपमा खेतबारीमा प्रयोग गर्न सहज हुने भएकाले किसानलाई दोहोरो फाइदा पुगेको छ । ग्रामीण भेगमा एलपी ग्यास भन्दा प्रभावकारी गोबर ग्यास भएको धनकुटाका लाखमान तामाङले बताए । ‘ग्रामी...
सुनसरीको इनरुवा-६ का वडाध्यक्ष थापा पक्राउ

सुनसरीको इनरुवा-६ का वडाध्यक्ष थापा पक्राउ

विराटनगर । सुनसरीको इनरुवा-६ का वडाध्यक्ष सुमन थापा पक्राउ परेका छन् । शरीर अङ्गभङ्ग मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका थापा पक्राउ परेका हुन् । सुनसरी प्रहरीका अनुसार लामो समयदेखि लुकेर बस्दै आएका उनलाई शनिवार राति इलाका प्रहरी कार्यालय पकलीले पक्राउ गरेको हो । उनी वडा सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिएर फरार थिए । फागुन २२ गते साँझ चतराबाट कान्छी चोकतर्फ आउँदै गर्दा थापाले चलाएको ...
११ वर्षदेखि अमेरिका बस्दै आएका झापाका ठकुरीको शव फेला

११ वर्षदेखि अमेरिका बस्दै आएका झापाका ठकुरीको शव फेला

विराटनगर । फेब्रुअरी महिनादेखि बेपत्ता झापाको दमक-८ का धनबहादुर ठकुरी (प्रशान्त) को शव फेला परेको छ । उनी ११ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । उनको निधन भएको खबरले न्युयोर्कस्थित नेपाली समुदाय स्तब्ध बनेको छ । धेरै खोजीपछि हालै उनको शव क्विन्सको चिकित्सा शव परीक्षण केन्द्रमा रहेको पत्ता लागेको हो । नेपाली महावाणिज्य दूतावासमार्फत यो दुःखद खबर सार्वजनिक भएपछि उनको परिवार शोकमग्न छ । परिवारको ...
पाँचथरमा चिर्पटले हानेर छोराले गरे बाबुको हत्या

पाँचथरमा चिर्पटले हानेर छोराले गरे बाबुको हत्या

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-१ मा छोराले बाबुको हत्या गरेका छन् । आइतबार ३१ वर्षीय सन्देश राईले ६९ वर्षीय बुवा युवराज राईको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिष कर्णका अनुसार युवराजको शव घर नजिकै करेसाबारीमा भेटिएको थियो । बाबुसँगै बसेर मदिरा सेवन गरेका उनले के विषयमा विवाद हुँदा चिर्पट प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको कर्णको भनाइ छ । घटनाको ...
error: Content is protected !!