आजको प्रदर्शनका घाइतेलाई केएमसीले निःशुल्क उपचार गरिदिने

आजको प्रदर्शनका घाइतेलाई केएमसीले निःशुल्क उपचार गरिदिने

विराटनगर । आजको प्रदर्शनमा घाइते भएकाहरूलाई काठमाडौं मेडिकल कलेज (केएमसी)ले निःशुल्क उपचार गरिदिने भएको छ । अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै निःशुल्क उपचार गरिदिने जनाएका हुन् । सामाजिक उत्तरदायित्व अन्तरगत घाइतेहरूको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ । तर, उपचार गर्दा लाग्ने औषधी र औषधीजन्य सामग्री सम्बन्धित व्यक्तिले नै प्रबन्ध गर्नुप...
राजावादीको प्रदर्शनमा पुगेका एक व्यक्तिको सुनको सिक्री हराएपछि…

राजावादीको प्रदर्शनमा पुगेका एक व्यक्तिको सुनको सिक्री हराएपछि…

विराटनगर । राजावादीको प्रदर्शनमा पुगेका एक व्यक्तिले साढे दुई तोलाको सुनको सिक्री लुटिएको बताएका छन् । जुलुसतर्फ अघि बढ्दा आफूलाई पछाडिबाट थिच्दै घाँटीमा लगाइराखेको सिक्री लुटिएको उनले बताएका हुन् । उनले एक भिडियोमा भनेका पछाडिबाट घाँटीमा समाएर सिक्री लुटेको उल्लेख गरेका छन् । उनले आफूसँग अब रुनु बाहेकको विकल्प नभएको बताएका छन् । उनले तीन लाख मूल्य बढीको सिक्री लुटिएको जनाएका छन् । उनले बिलौना...
राजावादीको प्रदर्शनमा सुरक्षाकर्मीको बन्दुक खोसियो

राजावादीको प्रदर्शनमा सुरक्षाकर्मीको बन्दुक खोसियो

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन उग्र बनेको छ । प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक समेत खोसेका छन् । यस्तै प्रदर्शनकारीले एक महिला सशस्त्र प्रहरीको टाउको समेत फुटाइदिएका छन् । प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी समेत भएको छ । घरमा लागेको आगो नियन्त्रणको प्रयास ...
भारतमा गाडी दुर्घटना हुँदा तीर्थ गएका चार नेपालीको मृत्यु

भारतमा गाडी दुर्घटना हुँदा तीर्थ गएका चार नेपालीको मृत्यु

विराटनगर । भारतमा गाडी दुर्घटना हुँदा तीर्थयात्रामा गएका चार नेपालीको मृत्यु भएको छ । दाङका तुलसीपुरबाट तीर्थयात्राका लागि गएको यूपी ३१ एसी ७२०० नम्बरको गाडी बिहीबार बेलुका भारतको बहराइचमा दुर्घटना भएको हो । दुर्घटनामा गाडी चालक तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनीका ३७ वर्षीय युवराज चापागाईँ र वडा ७ का जितबहादुर वलीसहित चार जनाको ज्यान गएको जनाइएको छ । ज्यान गुमाएका तुलसीपुरकै अन्य दुई जनाको प...
राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार (फोटो फिचर)

राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार (फोटो फिचर)

काठमाडौं । काठमाडौं तिनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । सभाका लागि विभिन्न ठाउँबाट मानिसहरू तीनकुनेतर्फ आइरहेका छन् । अर्कोतर्फ समाजवादी मोर्चाले पनि प्रदर्शन गरिरहेको छ । काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले काठमाडौँको तीनकुनेबाट केही प्रदर्शनकारीलाई पक्राउ पनि गरेको छ...
इलाममा गाडिएको अवस्थामा किशोरीको शव फेला, हत्या आरोपमा श्रीमान पक्राउ

इलाममा गाडिएको अवस्थामा किशोरीको शव फेला, हत्या आरोपमा श्रीमान पक्राउ

विराटनगर । इलाममा १५ दिनदेखि हराइरहेकी किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ ।  फाकफोकथुम गाउँपालिका-३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव सोही गाउँपालिकाको गोलाइ भन्ने स्थानमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार कट्टेलको शव आज बिहान उत्खनन् गरिएको छ । उत्खनन् पश्चात शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलामा ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार प्रतितोला तीन सय रुपैयाँले बढेको सुनको मूल्य आज एक हजार चार सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ७४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि चैत ७ गते सुनको मूल्यमा नयाँ रेकर्ड कायम...
धनकुटामा पहिचान नखुलेका वृद्ध मृत फेला

धनकुटामा पहिचान नखुलेका वृद्ध मृत फेला

धनकुटा । धनकुटामा एक वृद्ध व्यक्तिकाे शव फेला परेकाे छ । आज दिउँसाे करिब ४ बजे साँगुरीगढी गाउँपालिका-९ चाँदी बजार स्थित सदुवा खाेलाकाे ओढारमा शव फेला परेकाे हाे । अन्दाजी ७० वर्षका वृद्ध व्यक्तिको पहिचान खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनकाे शव पाेष्टमार्टमका लागि धरानस्थित बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेपा पठाइएका...
रोजगारीका लागि मलेसिया पुगेका धनकुटाका बिसन आलो घाउ र ऋण बोकेर फर्किए

रोजगारीका लागि मलेसिया पुगेका धनकुटाका बिसन आलो घाउ र ऋण बोकेर फर्किए

धनकुटा । धनकुटा नगरपालिका-८ लुकुवा टोलका २५ वर्षीय बिसन राई घरको आर्थिक अवस्था सुधार गर्न भन्दै रोजगारीका लागि मलेसिया गए । तर, मलेसिया पुगेको करिब १४ महिनापछि अचानक बिरामी भएर अस्पताल भर्ना हुनुपर्यो । पैसा कमाउने सपना बोकेर विदेशिएका उनी अचानक एपेन्डिसाइटिस भएपछि रित्तोहात घर फर्किन बाध्य भएका छन् । उनी चैत १० गते शरीरको आलो घाउसहित काँधका ऋणको भारी बोकेर घर फर्किएका हुन् । गतवर्ष कात्तिकमा ...
सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुर नगरपालिका-१२ रुपनगरका २७ वर्षीय बिक्रम बञ्जाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको नोबेल अस्पतालमा आज बिहान मृत्यु भएको हो । सप्तरीको रुपनी ग...
धनकुटामा आगामी बैशाख ५ गतेदेखि भलिबल उत्सव हुने

धनकुटामा आगामी बैशाख ५ गतेदेखि भलिबल उत्सव हुने

धनकुटा । धनकुटामा आगामी बैशाख ५ गतेदेखि भलिबल उत्सव हुने भएको छ । जिल्ला भलिबल सङ्घ धनकुटाको आयोजनामा उत्सव हुन लागेको हो । धनकुटा नगरपालिका-५ स्थित तल्लो टुँडिखेलमा हुने उत्सवमा जिल्लाका ६० वटै वडाका पुरुष तथा महिला भलिबल खेलाडीको सहभागिता हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । उत्सव अन्तरगत वडा र पालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने जिल्ला भलिबल सङ्घका अध्यक्ष गौरव कार्क...
धनकुटामा डढेलो बस्तीमा सल्कँदा दुई घर जले

धनकुटामा डढेलो बस्तीमा सल्कँदा दुई घर जले

धनकुटा । धनकुटामा वनमा लागेको डढेलो बस्तीमा सल्कँदा दुई घर जलेर नष्ट भएका छन् । बुधबार साँझ चौबिसे गाउँपालिका-४ बाजथलाका राम बहादुर पाख्रिन र हिरेन्द्र निरौलाको घरगोठ जलेका हुन् । देउराली सामुदायिक वनबाट सल्केको डढेलो बस्तीमा पस्दा घर तथा गोठमा भएको अन्नपात, कपडा तथा फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ७ लाख बराबरको क्षति भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालल...
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार तीन सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार नौ सय ९० रुपैयाँमा कारोबा...
सहिदभूमिबाट सात बोरा गाँजासहित एक जना पक्राउ

सहिदभूमिबाट सात बोरा गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाबाट एक सय पाँच किलो गाँजासहित एक जना पक्राउ परेका छन् । बुधबार राति सहिदभूमि-१ का २६ वर्षीय अभिषेक विकलाई प्रहरीले पक्राउ गरेको हो । को १ ह ९१३३ नम्बरको अटोमा सात वटा बोरामा प्याक गरेर रातमाटेतर्फ लैजाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको धनकुटा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको गस्ती टोलीले पक्राउ...
धनकुटामा सहिद प्रकाश थापा स्मृति कप भलिबल प्रतियोगिता सुरु

धनकुटामा सहिद प्रकाश थापा स्मृति कप भलिबल प्रतियोगिता सुरु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-१ घंगरुमा अन्तरपालिका खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सहिद प्रकाश थापा स्मृति ट्रष्टको आयोजना तथा गाउँपालिकाको सहयोगमा बुधबारबाट पाँचौँ संस्करणको प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले उद्‌घाटन गरेका थिए । उद्घाटन खेलमा आयोजकलाई साँगुरीगढी गाउँपालिकाले १५-२५, २५-१८, २५-२० र २६-२४ ले हराउँदै पहिलो ...
‘पेट त पाल्न पर्‍यो–हामीलाई भिख माग्ने परिचय पत्र कि रोजगारी चाहियो’ 

‘पेट त पाल्न पर्‍यो–हामीलाई भिख माग्ने परिचय पत्र कि रोजगारी चाहियो’ 

विराटनगर । भारतको जोगवनीबाट सामान ल्याएर पसल-पसलमा बेच्दै गुजारा चलाउँदै आएका अपाङ्गता भएका व्यक्तिहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै दुई महिनादेखि सामान ल्याउन नदिएका कारण घरपरिवार चलाउन धौ-धौ भएको भन्दै आन्दोलनको चेतावनी दिएका हुन् । आफूहरूले बाध्यताका बावजुत ट्राइसाइकल पेलेर आफ्नै लगानीमा सामान ल्याएर बेच्ने गरेको तर अहिले ल्याउन नदिँदा समस्या भएको बत...
इटहरीको सेन्ट्रल प्लाजाको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा

इटहरीको सेन्ट्रल प्लाजाको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा

विराटनगर । इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ । आज बिहान करिब ९ः३० बजेबाट सुरु भएको आगलागी दिउँसो ३ः३० बजे नियन्त्रणमा आएको सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । आगलागीमा पसेका ११ जनाको नेपाली सेनाको हेलिकोप्टर र सुरक्षाकर्मीको टोलीले उद्धार गरेको थियो । इटहरीका व्यावसायी राजेश श्रेष्ठको उक्त प्लाजामा होटल बरन्डासहित एउटा सिनेमा हल सञ्चालनमा थियो...
इटहरीको सेन्ट्रल प्लाजाको आगलागी नियन्त्रणको प्रयास जारी

इटहरीको सेन्ट्रल प्लाजाको आगलागी नियन्त्रणको प्रयास जारी

विराटनगर । सुनसरीको इटहरीमा रहेको ९ तले व्यापारिक भवन सेन्ट्रल प्लाजाको आगलागी अझै नियन्त्रणमा आएको छैन । आज बिहान ९ः३० बजेबाट सुरु भएको आगो नियन्त्रणको प्रयास जारी छ । पूर्णरूपमा आगो नियन्त्रणमा आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि १२ वटा दमकल प्रयोग गरिएको छ । आगलागीमा पसेकाहरूलाई सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । इटहरी उपमहानगरपालिका-६ मा रहेको सेन्टर प्लाजाको प...
सुनसरीमा सिटी सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु

सुनसरीमा सिटी सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु

विराटनगर । सुनसरीमा चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा एक बालिकाको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका-६ साहु टोलका सुदीप साह की तीन वर्षीया छोरी चन्दाको मृत्यु भएको हो । छिमेकीको घरमा चार्जमा राखिएको सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लाग्दा बालिका घाइते भएकी थिइन् । उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमक...
इटहरीको सेन्ट्रल प्लाजाको आगलागीमा फसेकाको हेलिकोप्टरबाट उद्धार गरिँदै

इटहरीको सेन्ट्रल प्लाजाको आगलागीमा फसेकाको हेलिकोप्टरबाट उद्धार गरिँदै

विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्ट्रल प्लाजामा भएको आगलागीमा फसेकाहरूको उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको छ । नेपाली सेनाको हेलिकोप्टर परिचालन गरेर आगलागीमा फसेकाहरूको उद्धार गरिँदैछ । आगलागीमा पसेका ११ जना मध्ये ९ जनाको उद्धार भइसकेको र बाँकी २ जनाको उद्धार कार्य जारी रहेको जनाइएको छ । इटहरी उपमहानगरपालिका-६ मा रहेको सेन्ट्रल प्लाजाको पाँचौँ तलामा आगो लागेको हो । उक्त...
इटहरीको ९ तले सेन्ट्रल प्लाजामा भीषण आगलागी

इटहरीको ९ तले सेन्ट्रल प्लाजामा भीषण आगलागी

सुनसरी । इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा भीषण आगलागी भएको छ । आज बिहान करिब ९ः३० बजेबाट सुरु भएको आगो अझै नियन्त्रण हुन सकेको छैन । आगो निभाउन आधा दर्जन बढी दमकलहरू खटिएका छन् । दमकलसँगै प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । ठूलो भवन भएकाले भित्रभित्रै आगो फैलँदा निभाउन समस्या भइरहेको छ । नौं तले सो भवनको पाँचौँ तलाबाट आगलागी सुरु भएको अनुमान गरिएको छ । छैटौ...
प्रदेश स्तरीय क्रिकेटको उद्घाटन खेलमा उदयपुर विजयी

प्रदेश स्तरीय क्रिकेटको उद्घाटन खेलमा उदयपुर विजयी

विराटनगर । कोशी प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिको उद्घाटन खेलमा उदयपुर विजयी भएको छ । विराटनगर–१९ बैजनाथपुर क्रिकेट मैदानमा आजदेखि सुरु भएको प्रतियोगितामा इलामलाई २९ रनले हराउँदै उदयपुर विजयी भएको हो । पहिलो जितसँगै उदयपुरले दुई अंक जोडेको छ । ८६ रनको विजय लक्ष्य पछ्याएको इलामले १५.२ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो । इलामका श्याम यादवले २४ बलमा १४ रन बनाए । इलामका अन्य ब...
भेडेटारबाट १५ किलो गाँजासहित एक जना पक्राउ

भेडेटारबाट १५ किलो गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट गाँजासहित एक जना पक्राउ परेका छन् । आज बिहान ११ः५० बजे इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले चेकजाँचका क्रममा सहिदभूमि गाउँपालिका-७ का ३२ वर्षीय चिरञ्जीवी राईलाई पक्राउ गरेको हो । उनी खाँदबारीबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ३८०४ नम्बरको बसमा जेब्रा झोलासहित गुठीटारबाट चढेका थिए । बसको सिटमुनि राखिएको झोला चेकजाँच गर्दा १५ किलो गाँजा भेट...
धनकुटाको जिरोपोइन्टमा आगलागी

धनकुटाको जिरोपोइन्टमा आगलागी

धनकुटा । धनकुटा नगरपालिका-७ जिरो पोइन्टमा आगलागी भएको छ । आज दिउँसो स्थानीय बालकृष्ण श्रेष्ठको टिनको छानो र बाँसको टाटी भएको गोठमा आगलागी भएको हो । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरेपनि कारण खुल्न सकेको छैन । धनकुटा नगरपालिकाका दुई वटा दमकल र स्थानीयको सहयोगमा प्रहरीले पूर्णरूपमा आगो नियन्त्रणमा लिइसकेको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । ‘आगलागीबाट एउट...
साँगुरीगढीमा बैशाख १७ गतेदेखि डाँडाबजार गोल्डकप

साँगुरीगढीमा बैशाख १७ गतेदेखि डाँडाबजार गोल्डकप

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थित डाँडाबजारमा आगामी बैशाख १७ गतेदेखि चौथो संस्करणको डाँडाबजार गोल्डकप हुने भएको छ । डाँडाबजार फुटबल क्लबको आयोजना तथा साँगुरीगढी गाउँपालिकाको सहयोग र जंगबहादुर थापा स्मृति कोष डाँडाबजार ब्रदरहुडको सह-प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । आज आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता डाँडाबजारको खेल मैदानमा हुने जनाएको छ । ‘डाँडाबजारको सान : खेलकुद त...
संखुवासभामा टेम्पो चोरी गरेर फरार भएका व्यक्ति कारागार चलान

संखुवासभामा टेम्पो चोरी गरेर फरार भएका व्यक्ति कारागार चलान

विराटनगर । संखुवासभामा टेम्पो चोरी गरेर फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।  खाँदबारी नगरपालिका-९ का १८ वर्षीय हरि मंग्रातीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो । मंग्रातीले गत भदौ ५ गते खाँदबारी नगरपालिका-८ विष्णेधारामा हिराधन राईले आफ्नै घरअगाडि पार्किङ गरेर राखेको को २ ह १५५० नम्बरको टेम्पो चोरी गरेको उजुरी परेको थियो । उनलाई जिल्ला अदालत संखुवासभाले गत मंसिर ९ गते तीन ...
नोबेलमा क्षयरोग दिवसको अवसरमा रक्तदान

नोबेलमा क्षयरोग दिवसको अवसरमा रक्तदान

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ । विश्व क्षयरोग दिवसको अवसर पारेर नोबेल शिक्षण अस्पतालले स्वास्थ्य कार्यालय मोरङ, राउन्ड टेबल नेपाल र लेडिज सर्कल नेपालसँग सहकार्य गरेर रक्तदान कार्यक्रम गरेको हो । अस्पताल परिसरमा आयोजित रक्तदान कार्यक्रममा ८५ जनाले रगत दान गरेको नोबेल अस्पतालका महाप्रबन्धक दिपेश राईले जानकारी दिए ।  क्षयरोग दिवसको अवसरमा कार्यक्रम...
प्रतिबन्धित लागूऔषधसहित पाँच जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । उनीहरूलाई झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । झापाको भद्रपुर नगरपालिका-५ बाट चेकजाँचको क्रममा ९ ग्राम १ मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । मे ६ प ९९७७ नम्बरको मोटरसाइकलमा सवार  इलामको माई नगरपालिका-५ का ३३ वर्षीय भुपेन्द्र लावती र विर्तामोड-५ का २३ वर्षीय राजिब चौधरी प...
झापामा पत्नी मृत फेला, पति घाइते अवस्थामा भेटिए

झापामा पत्नी मृत फेला, पति घाइते अवस्थामा भेटिए

विराटनगर । झापामा पत्नी मृत र पति घाइते अवस्थामा फेला परेका छन् । ताप्लेजुङ घर भई कनकाई नगरपालिका-५ नारायणदल चोकमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीया मनिषा मंग्राती मृत भेटिएकी हुन भने उनका पति अन्दाजी ३९ वर्षीय लालबहादुर सार्की घाइते अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार करिब तीन महिनादेखि उनीहरू स्थानीय योगेन्द्र बस्यालको घरमा डेरा गरी बस्दै आएका थिए । आज बिहान करिब ७...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज पनि सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला छ सय रुपैयाँले घटेको सुनको मूल्य आज दुई सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतबार सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अ...
यातायात कार्यालय विराटनगरबाट १२ जना विचौलिया पक्राउ

यातायात कार्यालय विराटनगरबाट १२ जना विचौलिया पक्राउ

विराटनगर । विराटनगर-४ खार्जी स्थित यातायात व्यवस्था कार्यालयबाट १२ जना विचौलिया पक्राउ परेका छन् । विभिन्न प्रलोभनमा पारेर सेवाग्राहीलाई ठगेको गुनासो आएपछि जिल्ला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । विराटनगर-३ का ४१ वर्षीय सञ्जीव कोइराला, २४ वर्षीय राजेश खड्का, २५ वर्षीय गौरवकुमार माझी र ३७ वर्षीय राजु कोइराला पक्राउ परेका हुन् । यस्तै सुनसरीको दुहबी नगरपालिका-११ का २७ वर्षीय युवराज लम्साल, व...
error: Content is protected !!