कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका हल्का वर्षाको सम्भावना
विराटनगर । हिजो दिउँसोको तुलनामा आज मौसममा केही सुधार भएको छ । तर पश्चिमी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आजको तुलनामा भोलि बदली र वर्षाको सम्भावना धेरै रहेको महाशाखाले जनाएको छ । भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा बाँकी पहाडी भूभा...





























