मधेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

मधेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालयमा तोडफोड भएको छ । मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर आन्दोलित भएका  दलका नेता तथा कार्यकर्ताले तोडफोड गरेका हुन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि सात राजनीतिक दल असन्तुष्ट छन् । प्रदेश प्रमुख भण्डारीले सोमबार एमालेका नेता यादवलाई संविधानको धारा १६८ को उ...
सामाजिक सञ्जालको सदुपयोगका लागि राष्ट्रव्यापी जागरण अभियान

सामाजिक सञ्जालको सदुपयोगका लागि राष्ट्रव्यापी जागरण अभियान

विराटनगर । इस्लामी संघ नेपालले राष्ट्रव्यापी ‘मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोग’ जागरण अभियान सञ्चालन गर्ने भएको छ । आज इस्लामी संघ कोशी प्रदेशले विराटनगरमा पत्रकार सम्मेलन गर्दै ६ दिने अभियान सम्बन्धी जानकारी दिएको हो । आजबाट सुरु भएको अभियान कात्तिक २९ गतेसम्म सञ्चालन हुने संघले जनाएको छ । संघले युवा पुस्ता मोबाइल र सामाजिक सञ्जालको दुरुपयोगको लतमा फसेको उल्लेख गर्दै त्यसलाई सही काम...
सुनको मूल्य २९ सय रुपैयाँ बढ्यो, कति पुग्यो तोलामा ? 

सुनको मूल्य २९ सय रुपैयाँ बढ्यो, कति पुग्यो तोलामा ? 

विराटनगर । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४१ हजार आठ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेर तीन हज...
ताप्लेजुङमा अलैँचीको मूल्य बढ्यो 

ताप्लेजुङमा अलैँचीको मूल्य बढ्यो 

ताप्लेजुङ । ताप्लेजुङमा अलैँचीको मूल्य बढेको छ । अलैँचीको मूल्य प्रतिमन एक लाख रुपैयाँ नाघेको छ । अलैँची व्यवसायी सङ्घका अनुसार गुणस्तरीय अलैँची प्रतिमन एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । शनिबार प्रतिमन ९६ हजार रुपैयाँ रहेको अलैँचीको मूल्य शनिबार दिउँसोपछि प्रतिमन दुई हजार रुपैयाँले बढेर ९८ हजार रुपैयाँ पुगेको थियो । आइतबार फेरि प्रतिमन चार हजारका दरले बढेर एक लाख दुई हजार रुपैयाँ...
विराटनगरमा घरदैलो अभियानमार्फत सरसफाइ सचेतना

विराटनगरमा घरदैलो अभियानमार्फत सरसफाइ सचेतना

विराटनगर । विराटनगर महानगरपालिका–९ मा घरदैलो अभियानमार्फत सरसफाइ सचेतना अभियान सुरु गरिएको छ । घोघाहा पुल चोक क्षेत्रका बासिन्दालाई फोहोर व्यवस्थापनमा सचेत गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । सो क्षेत्रमा घरको फोहोर सडकमा फाल्ने प्रवृत्ति बढ्दै गएपछि सचेतना कार्यक्रमसहित घरदैलो अभियान सुरु गरिएको महानगरका सरसफाइ शाखा प्रमुख पुनम दाहालले जानकारी दिए । अभियान अन्तर्गत प्रत्येक घरलाई फोह...
विराटनगर जेसीज सप्ताहमा पाठक र शर्मा सम्मानित

विराटनगर जेसीज सप्ताहमा पाठक र शर्मा सम्मानित

विराटनगर । विराटनगर जेसीजको ‘जेसीज सप्ताह-२०२५’ मा पत्रकार शुशीला पाठक र नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजका सञ्चालन सोइना शर्मा सम्मानित भएका छन् । पाठकलाई पत्रकारिता क्षेत्र तथा शर्मालाई स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्मान गरेका थिए । जेसीज सप्ताहमा विभिन्न कार्यक...
जेनजीहरूमाथि गोली प्रहार भएको विषयमा गम्भीर छानबिन हुनुपर्छ : शेरधन राई

जेनजीहरूमाथि गोली प्रहार भएको विषयमा गम्भीर छानबिन हुनुपर्छ : शेरधन राई

सुनसरी । नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले जेनजीहरूमाथि गोली प्रहार भएको विषयमा गम्भीर छानबिन हुनुपर्ने बताएका छन् । आज एमाले सुनसरीले इनरुवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य समेत रहेका राईले यस्तो बताएका हुन् । यस्तै उनले जेनजी पुस्ताको शक्तिलाई दुरुपयोग गरेर भदौ २४ गते देशमाथि आक्रमण भएको उल्लेख गरे । ‘विद्यालयका साना-साना विद्यार्थीहरू...
मोरङको रंगेलीमा हाइनाको बथान देखिएको भन्दै स्थानीय त्रसित

मोरङको रंगेलीमा हाइनाको बथान देखिएको भन्दै स्थानीय त्रसित

विराटनगर । मोरङको रंगेली नगरपालिका-४ को धनपति क्षेत्र लगायतका स्थानमा हाइना (हुँडार) को बथान देखिएको छ । विगत एक सातादेखि भारतीय सीमा क्षेत्रमा हाइनाको बथान देखिको स्थानीयले बताएका छन् । वडा नम्बर ५ का वडाध्यक्ष महानन्द मण्डलका अनुसार हाइनाको बथान देखिएको भन्दै गाउँघरमा त्रास छाएको छ । ‘आफ्नै आँखाले त देखेको छैन । गाउँमा केहिदिनदेखि हल्ला छ’, वडाध्यक्ष मण्डलले संगालोखबरसँग भने, ‘रंगेली ४, ५ र ६...
भोजपुरको अरुण गाउँपालिकामा घर र दुई वटा मोटरसाइकलमा आगजनी

भोजपुरको अरुण गाउँपालिकामा घर र दुई वटा मोटरसाइकलमा आगजनी

भोजपुर । भोजपुरको अरुण गाउँपालिका-४ चरम्बीमा आगजनीबाट एक घर जलेर नष्ट भएको छ । आगजनीबाट रणबहादुर भुजेलको घरसहित दुईवटा मोटरसाइकल जलेर नष्ट भएका हुन् । ‘आगो कसले लगायो भन्ने खुल्न बाँकी छ’, जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी उमेश यादवले संगालोखबरसँग भने, ‘प्रहरीलाई पनि बिहान मात्रै जानकारी आयो । राति १२ बजेपछि आगो लागेको भन्ने जानकारी प्राप्त भएको छ ।’ उनका अनुसार आगजनीबाट घर र दुई व...
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

उदयपुर ।  उदयपुरमा थ्रेसर मेसिन जडान भएको ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । दुर्घटनामा त्रियुगा नगरपालिका-५ पिपलचौरीका ५८ वर्षीय दमसेर राईको मृत्यु हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । आज बिहान करिब ८ः४५ बजे त्रियुगा नगरपालिका-५ गेरुवाई खोला नजिक पिपलचौरीमा लालपत्तातर्फ आउँदै गरेको स १ त ५४३५ नम्बरको थ्रे...
प्रहरीको ट्रयाकसुट लगाएर हिँड्दै गर्दा पक्राउ परेपछि…

प्रहरीको ट्रयाकसुट लगाएर हिँड्दै गर्दा पक्राउ परेपछि…

काठमाडौं । नेपाल प्रहरीको ट्रयाकसुट लगाएर हिँड्दै गरेका व्यक्ति लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछाम मल्लेक गाउँपालिका-७ घर भएका २२ वर्षीय अमृत साउद छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट गरेको ट्रयाकसुट लगाएर हिँडिरहेको अवस्थामा आज बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी काठमाडौंको कपनमा बस्दै आएका थिए । प्...
जेनजी आन्दोलनमा हिरासतबाट भागेका व्यक्ति खोटाङमा पक्राउ

जेनजी आन्दोलनमा हिरासतबाट भागेका व्यक्ति खोटाङमा पक्राउ

खोटाङ । जेनजी आन्दोलनको क्रममा हिरासतबाट भागेका एक व्यक्ति खोटाङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको जन्तेढुंगा गाउँपालिका-६ केराबारीका २३ वर्षीय प्रबिन मगर छन् । जबरजस्ती करणीको मुद्दामा अनुसन्धानमा रहेका मगर भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा काभ्रे जिल्लास्थित बनेपा इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका थिए । आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा इलाका प्रहरी कार्यालय चिसापानीले...
विराटनगरमा खाल्डोमा पुरियो माछा र सिद्रा

विराटनगरमा खाल्डोमा पुरियो माछा र सिद्रा

विराटनगर । विराटनगरमा माछा र सिद्रा खाल्डोमा पुरिएको छ । विराटनगर-६ स्थित केशलिया खोलाको पुल नजिकै बेवारिसे अवस्थामा फेला परेको ५० किलो रहु माछा र ५० किलो सिद्रा माछा खाल्डोमा पुरेर नष्ट गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार उक्त माछा र सिद्रा भारतबाट ल्याइएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयले बरामद गरेको माछा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको हो ।
धरानको पुनर्स्थापना केन्द्रमा उपचाररत युवकको कुटपिटबाट मृत्यु, नौ जना पक्राउ

धरानको पुनर्स्थापना केन्द्रमा उपचाररत युवकको कुटपिटबाट मृत्यु, नौ जना पक्राउ

सुनसरी । सुनसरीको धरान-११ स्थित मंगलबारेमा रहेको नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचाररत एक युवकको कुटपिटबाट मृत्यु भएको छ । तेह्रथुमको मेन्छयायेम गाउँपालिका-६ का ३३ वर्षीय खड्गबहादुर राईको कुटपिटबाट मृत्यु भएको हो । प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत मंगलबार दिउँसो मृत्यु भएको हो । उनको मृत्यु भएपछि प्रहरीले केन्...
रानी नाका ७२ घण्टाका लागि बन्द 

रानी नाका ७२ घण्टाका लागि बन्द 

विराटनगर । विराटनगरको रानी नाका तीन दिनका लागि बन्द हुने भएको छ । भारतको बिहार हुने दोस्रो चरणको विधानसभा निर्वाचनका लागि आज बेलुकाबाट ७२ घण्टा नाका बन्द गर्न लागिएको हो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार आज साँझ ६ बजेदेखि सीमा नाका पूर्ण रूपमा सिल हुनेछ । मतदान सकिएपछि मात्रै सिमा नाका खुल्नेछ । तीन दिनको अवधिमा आपतकालीन अवस्थामा बाहेक सीमा क्षेत्रमा आवतजावत गर्न रोक ल...
धनकुटाको औद्योगिक क्षेत्रबाट लागूऔषधसहित दुईजना पक्राउ

धनकुटाको औद्योगिक क्षेत्रबाट लागूऔषधसहित दुईजना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका-६ स्थित औद्योगिक क्षेत्रबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-६ गोठगाउँका तिलक भुजेल र मौसम राई छन् । लागूऔषध कारोबार भइरहेको भन्ने विषेश सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीका अनुसार भुजेलले बोकेको झोलाबाट विभिन्न किसिमका लागूऔषध बरामद भएको छ । पक्राउ परेका द...
मुक्तक

मुक्तक

शक्ति थियो उसँग सबै मकै भुट्नु भनिदिए अवसर पछि नहुन सक्छ सकेसम्म लुट्नु भनिदिए नातिनातिना जुरुक्क उठेर अहङ्कारको जरा काटेपछि नेपालमै जे पनि चल्छ सक्छौ जुट्नु सक्दैनौ फुट्नु भनिदिए तिलक थापा अरुण गाउँपालिका-७, भोजपुर 
आगामी निर्वाचनको मतदाता बन्न पाउँदा जेनजी पुस्ता उत्साहित 

आगामी निर्वाचनको मतदाता बन्न पाउँदा जेनजी पुस्ता उत्साहित 

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मतदाता नामावली संकलन भइरहेको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै असोज १० गतेबाट सुरु भएको मतदाता नामावली संकलनमा नाम दर्ता गराउनेको संख्या बढ्दो छ । जसमा जेनजी पुस्ता अगाडि देखिएको छ । जेनजी पुस्ताका अशोक कामत विराटनगर बसेर पढिरहेका छन् । उनको घर सिराहा हो । आगामी निर्वाचनका लागि मतदाता बन...
झापा र मोरङबाट लागूऔषधसहित पाँच जना पक्राउ

झापा र मोरङबाट लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर । झापा र मोरङबाट प्रतिबन्धित लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । विभिन्न स्थानमा चेकजाँचका क्रममा प्रहरीले लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका-६ बाट दमक नगरपालिका-५ का ३१ वर्षीय राजु श्रेष्ठ ४५ ग्राम ९३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । यस्तै लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले सुन्दरहरैँचा-१० का २८ वर्षीय सुशान्त पोखरेल र सुन्दरहरैँचा-९ का ...
जेनजी आन्दोलनपछि बल्न छाडे विराटनगरका ट्राफिक बत्ती, मर्मतको छैन टुङ्गो

जेनजी आन्दोलनपछि बल्न छाडे विराटनगरका ट्राफिक बत्ती, मर्मतको छैन टुङ्गो

विराटनगर । विराटनगरका विभिन्न स्थानमा जडान गरिएका ट्राफिक बत्ती नबल्दा सवारी आवागमन अस्तव्यस्त बनेको छ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेपछि बल्न छाडेका ट्राफिक बत्ती मर्मतको अत्तोपत्तो छैन । ट्राफिक बत्ती नबल्दा ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ । कार्यालय समयमा थप सवारी चाप हुनेहुँदा बाटो काट्ने पैदलयात्रीलाई थप समस्या थपिएको छ । विराटनगर भर्खर-भर्खर ट्राफिक बत्तिमा अभ्यस्त हुँदैथियो...
जुत्ता-चप्पल बनाउने धनकुटाका घरेलु उद्योग सङ्कटमा 

जुत्ता-चप्पल बनाउने धनकुटाका घरेलु उद्योग सङ्कटमा 

धनकुटा । धनकुटामा सञ्चालित जुत्ता-चप्पल बनाउने घरेलु उद्योग सङ्कटमा परेका छन् । रेडिमेट जुत्ता-चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा करिब ४ दशक अघिदेखि जुत्ता-चप्पल बनाउँदै आएका घरेलु उद्योग सङ्कटमा परेका हुन् । धनकुटा नगरपालिका-७ संगम टोलमा सञ्चालित अधिकांश जुत्ता-चप्पल बनाउने उद्योग बन्द भइसकेका छन् । भएका पनि सङ्कटमा परिसकेका छन् । कुनै बेला ती उद्योगमा जुत्ता-चप्पल किन्नेको भीड लाग्थ्यो । तर अह...
आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार चार सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ३७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर तीन ...
बिहारमा विधानसभा निर्वाचन : पूर्वी नाका ७२ घण्टा बन्द हुने

बिहारमा विधानसभा निर्वाचन : पूर्वी नाका ७२ घण्टा बन्द हुने

झापा । बिहारमा सुरु भएको विधानसभा निर्वाचनलाई लक्षित गरी झापाको भद्रपुर नाका ७२ घण्टा बन्द गरिने भएको छ । ११ नोभेम्बर अर्थात कात्तिक २५ मा हुने दोस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै बिहार राज्यसँग सिधा सीमा जोडिएको भद्रपुर नाका ७२ घण्टा बन्द गरिने सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार नोभेम्बर ८ अर्थात कात्तिक २२ गते शनिबार साँझ ५ बजेदेखि नोभेम्बर ११ अर्थात क...
विराटनगरको बाल सुधार गृहबाट फरार भए ७ जना ‘बाल बिझ्याइँकर्ता’

विराटनगरको बाल सुधार गृहबाट फरार भए ७ जना ‘बाल बिझ्याइँकर्ता’

विराटनगर । विराटनगर महानगरपालिका-३ स्थित बाल सुधार गृहबाट ७ जना ‘बाल बिझ्याइँकर्ता’ फरार भएका छन् । आज साँझ कर्मचारीहरू घर जाने समय पारेर गेट खुल्ने मौकामा उनीहरू फरार भएका हुन् । फरारमध्ये एक जना फेला परेका मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले संगालोखबरलाई जानकारी दिइन् । प्रहरीका अनुसार भागेकाहरू १८ वर्षभन्दा माथिका छन् । ‘सात जना फरार भएकामा जबरजस्ती करणीमा सुधार गृहमा रहेका एक जना ...
विराटनगरमा कौसी खेतीसम्बन्धी तालिम 

विराटनगरमा कौसी खेतीसम्बन्धी तालिम 

विराटनगर । विराटनगरमा कौसी खेतीसम्बन्धी तालिम भएको छ । विराटनगर जेसीजको आयोजनामा घरमै सब्जी उत्पादन कसरी गर्न सकिन्छ भन्ने विषयमा तालिम भएको हो । ‘जमिनबाट नै सुरुवात हुन्छ जीवन, एकले ५ जना लाई सिकाऔं, स्वस्थ खानपान गरौं’ भन्ने नारासहित कौसी खेती सम्बन्धी तालिम आयोजना गरिएको हो । सचेतना कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा कृषि अभियन्ता लोकेन्द्र थापाले कौसी खेतीसम्बन्धी तालिम दिएका थिए । ...
झापामा इन्टरनेट मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

झापामा इन्टरनेट मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

विराटनगर । झापाको कमल गाउँपालिका-६ मा इन्टरनेट मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । उपचारपछि घर फर्काइएका उनको बुधबार मृत्यु भएको हो । प्रहरीका अनुसार कात्तिक ११ गते साँझ कमल गाउँपालिका-६ मंगलबारेमा बिजुलीको पोलमा चढेर वाइफाई मर्मत गरिरहेका शिवसताक्षी नगरपालिका–१ का १९ वर्षीय आसिस खनाललाई करेन्ट लागेको थियो । उनी फस्ट लिंक (वाइफाई) कम्पनीमा कार्यरत थिए । क...
मोरङ र इलाममा तीन जना पुरुष मृत फेला

मोरङ र इलाममा तीन जना पुरुष मृत फेला

विराटनगर । मोरङमा दुई जना पुरुष मृत फेला परेका छन् । ग्रामथानको पैनीमा धनपालथान गाउँपालिका-५ का ५६ वर्षीय दुर्गाप्रसाद खवास मृत भेटिएका हुन् । ग्रामथान गाउँपालिका-७ साधुटोलस्थित पैनीमा आज उनलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ । यस्तै उर्लाबारी नगरपालिका-१ बस्ने ४२ वर्षीय मनकुमार तामाङ मृत फेला परेका छन् । उनलाई मिक्लाजुङ गाउँपालिका-६ कत्लेस्थित सडक छेउ मृत फेला पारिएको प्रहरीले जनाएको छ । ...
स्थायी लेखा नम्बर अब स्थानीय तहबाटै दिइने

स्थायी लेखा नम्बर अब स्थानीय तहबाटै दिइने

काठमाडौं । स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ । प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको आन्तरिक राजस्व विभागले जनाएको छ । यसअघि करदाता सेवा कार्यालयहरूबाट मात्रै प्यान कार्ड प्रदान गरिँदै आएकोमा  हाल करदाता सेवा कार्यालयहरू खारेज भएपछि स्थानीय तहबाटै प्रदान गरिने भएको हो । विभागले भनेको छ, ‘स्थानीय ...
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर-५ पुल्चोकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका-२ का १९ वर्षीय विकाश कुमार यादव र भारतको बिहार भवानीपुरका १९ वर्षीय कृष्णकुमार मेहता छन् । बीआर ५० एडी ०२२७ नम्बरको स्कुटरमा बसिरहेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा ५३.१७ ग्राम ब्राउन सुगर फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । पक...
यातायात कार्यालय विराटनगरमा सेवाग्राहीको भीड, राजश्व सङ्कलन बढ्यो

यातायात कार्यालय विराटनगरमा सेवाग्राहीको भीड, राजश्व सङ्कलन बढ्यो

विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगरमा राजश्व सङ्कलनमा वृद्धि भएको छ । जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था कार्यालय इटहरीमा आगजनी भएपछि विराटनगरमा सेवाग्राहीको चाप बढ्दा राजश्व सङ्कलनमा वृद्धि भएको हो । खार्जीस्थित यातायात कार्यालयमा दैनिक राजश्व बुझाउन आउनेको अत्यधिक भिड लाग्ने गरेको छ । राजस्व तिर्न घण्टौँसम्म लाइनमा बस्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन् । विराटनगर-११ का विमल...
धनकुटामा आजबाट वाडाङ्मेट कोप्चे फेस्टिभल 

धनकुटामा आजबाट वाडाङ्मेट कोप्चे फेस्टिभल 

धनकुटा । धनकुटा नगरपालिका-५ स्थित बिहीबारे हटियामा वाडाङ्मेट कोप्चे फेस्टिभल हुने भएको छ । धनकुटा नगरपालिका, आठपहरिया समुदाय र कोप्चे पुनः जागरण अभियानको संयुक्त आयोजनामा आजबाट फेस्टिभल सुरु हुन लागेको हो । मौलिक कला, संस्कृति संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धनका लागि फेस्टिभल गर्न लागिएको हो । नेपाल पर्यटन बोर्ड र सामुदायिक घरबास कार्यक्रमले फेस्टिभलमा सहयोग गर्ने जनाइएको छ । फेस्टिभलमा स्था...
error: Content is protected !!