
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३७ हजार आठ सय रुपैयाँमा कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तीन हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार नौ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













