छोरी नपठाएपछि चार जनाको हत्या, शोकमा डुब्यो भोजपुरको धोद्लेखानी गाउँ
विराटनगर । भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ स्थित धोद्लेखानी गाउँ शोकमा डुबेको छ । गएराति एकै परिवारका चार जनाको छुरी प्रहारबाट विभत्स हत्या भएपछि गाउँमा रुवाबासी चलेको छ ।
भोजपुर नगरपालिका-२ हेलौँछाका ३० वर्षीय राजेन्द्र राईले ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, श्रीमती १६ वर्षीया मनिषा गिरी र सालो ९ वर्षीय सपन गिरीको हत्या गरेका हुन् ।
वडाध्यक्ष राजकुमार तामाङ घटना...































