
भोजपुर । नेकपा एमालेका सचिव शेरधन राईले भोजपुरबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । आज समर्थकसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राईले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का राजाराम बासी र श्रम संस्कृति पार्टीका ध्रुव राईले मनोनयन दर्ता गराएका छन् ।

संगालोखबर 













