सन्तोष सुवेदी/संगालोखबर


धनुकटा । धनकुटामा प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्रसहित १८ जनाले मनोनयन दर्ता गराएका छन् । आज तोकिएको समयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्रसहित अन्य दलका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

नेकपा एमालेबाट राजेन्द्र राई, नेपाली काँग्रेसबाट दिनेश राई, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिभत्सु थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिनेश भण्डारीले मनोनयन दर्ता गराएका छन् ।

नेपाल मजदुर किसान पार्टीबाट उत्तम सामकर्मी, श्रम संकृति पार्टीबाट सान बहादुर राई, आम जनता पार्टीबाट प्रेम बहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बालकुमारी ताम्ली र जनता समाजवादी पार्टीबाट निशान राईले उम्मेदवारी दिएका छन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रविन कुमार राई, जनता समाजवादी पार्टी नेपालबाट आइत राज लिम्बु, राष्ट्रिय परिवर्तन पार्टीबाट सालिकराम राई र मंगोल नेशनल अर्गनाइजेशनबाट सागर राईको मनोनयन दर्ता भएको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।

यस्तै स्वतन्त्रमा मनोनयन दर्ता गराउनेमा मनकुमार योञ्जन, जितेन्द्र राई, गंगाराम गोम्देन र लाक्पा तामाङ छन् । मनोनयन दर्ता गराउनेमा एमाले बाहेक सबै नयाँ अनुहार रहेका छन् । एमाले केन्द्रिय सदस्य तथा पूर्वमन्त्री राई यस अगाडि पनि धनकुटाबाट दुई पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!