मोरङमा कोरोनाका कारण एक साताभित्र दाजुभाईको मृत्यु
विराटनगर । कोरोना संक्रमणका कारण एक साताभित्र मोरङको केराबारीका एकै घरका दुई दाजुभाईको मृत्यु भएको छ । मृत्यु हुँनेमा केराबारी–३ का ५९ वर्षीय राजकुमार र ५७ वर्षीय देवकुमार नेपाल छन् । छ दिनको अन्तरमा दाजुभाईको मृत्यु भएको हो ।
दशैंको फूलपातीको दिन कोरोना पुष्टि भएका दाजु राजकुमारको आइतबार विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनका भाई देवकुमारको कात्तिक १८ गते धरानस्...

























