दुहबीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दुहबीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरमा शुक्रबार राती ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा बुढीगंगा गाउँपालिका ४ का २७ बर्षीय राजन चौधरी छन् । राती करिव ११ बजे ईटहरीबाट दुहबीतर्फ आउँदै गरेको को १९ प ६९७६ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट जाँदै गरेको बीआर ०१-जीसी ०३४१ नम्बरको ट्रकले ठक्कर दिँदा चौधरी घाइते भएका थिए । विराटनगरस्थित नोबल अस्पतालमा उपचारका क्रममा ...
इलाममा रुखले किच्दा एक जनाको मृत्यु

इलाममा रुखले किच्दा एक जनाको मृत्यु

इलाम । इलाममा रुखले किच्दा एक जनाको मृत्यु भएको छ । रुख काट्ने क्रममा ढलेर किच्दा इलामको माई नगरपालिका–७ साँगुरीटोलका ४७ बर्षीय पृथी राइको मृत्यु भएको हो । शुक्रबार दिउँसो करिब २ बजे घर नजिक बारीमा रहेको साजको रुख काट्ने क्रममा ढलेर किच्दा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
बराहक्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर

बराहक्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर

सुनसरी । नोबेल शिक्षण अस्पतालले सुनसरीको बराहक्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । लायन्स/लियो क्लव इटहरी स्मार्ट सिटीसँगको सहयर्कामा बराहक्षेत्र नगरपालिका–६ मा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्थानीय महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा भएको शिविरमा ९ सय ६७ जनाको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा २३० जनाको ल्या...
सिंहदरबारभित्रका क्यान्टिनलाई कारबाही

सिंहदरबारभित्रका क्यान्टिनलाई कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिहंदरबारका विभिन्न मन्त्रालय परिषदभित्र सञ्चालित क्यान्टिनको अनुगमन  गरी कारबाही  थालेको  छ । विभागको अनुगमन टोलीले शुक्रबार सिंहदरबारको केन्द्रीय  क्यान्टिनसहित अर्थ  मन्त्रालय  र आफ्नै तालुकवाला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परिषद्मा सञ्चालित क्यान्टिनको अनुगमन गरेर आवश्यक मापदण्ड पालना नगर्नेलाई कारबाही थालेको हो । तालुकवाला व...
इन्धनको मूल्य बढेसँगै हवाई उडान महँगियो

इन्धनको मूल्य बढेसँगै हवाई उडान महँगियो

काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको हो । निर्णयअनुसार सङ्घमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८...
नेकपा ओली समूहको प्रदेश स्तरीय सभा आज विराटनगरमा, ओलीले संवोधन गर्ने

नेकपा ओली समूहको प्रदेश स्तरीय सभा आज विराटनगरमा, ओलीले संवोधन गर्ने

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूहले आज विराटनगरमा १ नम्बर प्रदेश स्तरीय सभा गर्दैछ । ओली पक्षिय नेकपा १ नम्बर प्रदेश कमिटीको आयोजनामा हुँने सभालाई नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम छ । नेकपा नेताहरु सुवास नेम्वाङ्ग, रामबहादुर थापा लगायतले पनि सभालाई संवोधन गर्नेछन् । विराटनगरको मुनालपथस्थित प्रदर्शनीस्थलमा बिहान ११ बजेदेखि सभा सुरु...
धनकुटाको खोकुकी सुमिकाले मोवाइल किन्दा पाइन मोवाइल नै उपहार

धनकुटाको खोकुकी सुमिकाले मोवाइल किन्दा पाइन मोवाइल नै उपहार

धनकुटा। धनकुटाको खोकुकी सुमिका राईले एउटा मोवाइल सेट किन्दा पुरस्कार स्वरुप अर्को मोवाइल सेट पनि पाएकी छन् । मदनचौकस्थित मानव मोवाइल पसलले सञ्चालन गरेको मेघा सेल मोवाइल एक्सचेन्ज मेलामा मोवाइल किन्दा सुमिकाले भाग्यसाली चिट्ठामार्फत मोवाइल नै पुरस्कार जितेकी हुन् । मेलामा सुमिकाले २ हजार ५ सय मूल्य बराबरको मोवाइल सेट किनेकी थिइन् । मोवाइल किन्दा उनलाई चिट्ठा दिइएको थियो । गोला प्रथाबाट बिजेता बन...
२०७७ फागुन ८ गते शनिबारको राशिफल

२०७७ फागुन ८ गते शनिबारको राशिफल

बि.सं.२०७७ साल ८ गते शनिबार ई.सं. २०२१ फेब्रुअरी २० नेपाल सम्बत ११४१ पोहेलागा अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, माघ शुक्ल अष्टमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, वैधृति योग, बव करण । नेपालमा सूर्योदय बिहान ०६ः३६ बजे, सूर्यास्त साँझ ५ः५८ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा...
नोबेलमा दुरविन र नेभिगेशन प्रयोग गरेर मस्तिष्कको शल्यक्रिया

नोबेलमा दुरविन र नेभिगेशन प्रयोग गरेर मस्तिष्कको शल्यक्रिया

बिराटनगर । नोबेल शिक्षण अस्पतालले दुरबिन र नेभिगेशन प्रयोग गरेर मस्तिष्कको शल्यक्रिया गर्ने गरेको छ । अत्याधुनिक उपकरणको प्रयोगमा अग्रणी मानिने नोबेलले स्तरीय उपचारका लागि दुरबिन र नेभिगेशन प्रयोग गर्ने गरेको हो । दुरबिन र नेभिगेशनको माध्यमबाट ब्रेन ट्यूमर, ब्रेन ह्यामरेज, हाइड्रोसिफालस लगायतको अप्रेशन गर्ने गरिएको नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्लेले जानकारी दिए । ‘नेभिगेशनको माध्यमब...
कविता : कस्तो प्रजातन्त्र

कविता : कस्तो प्रजातन्त्र

लकडाउनको त्यो लामो समय अनि गुमेको रोजगारी खाली खल्ती र भोको पेटमा लात हान्ने कस्तो प्रजातन्त्र ल्यायौ र सरकार। जनता मरिरहेको बेला औषधिमा भ्रष्टाचार गर्ने सीमा पारी रोइरहेका जनताको वास्ता नगर्ने आखिर कस्तो प्रजातन्त्र ल्यायौ र सरकार। भोक लाग्यो भन्दा खान दिने घर बाहिर निस्किन हुन्न भनी चेतना जगाउने अनि घर-घरमा अन्न पुर्याउने अभियान्ताबाट कमिसन नपाउदा यस्तो काम गर्न हुन्न भनी ...
प्रदेश संरचनालाई अस्थिरतातर्फ डोर्याउने कार्य भईरहेको छ : मुख्यमन्त्री राई

प्रदेश संरचनालाई अस्थिरतातर्फ डोर्याउने कार्य भईरहेको छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा उठेका कानुनी र वैधानिक प्रश्नहरुको निरुपण गर्न सरकार तयार रहेको बताएका छन् । शुक्रबार प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित विशेष समारोहलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेश १ मा संघीयताको मुटुका रुपमा रहेको प्रदेश संरचनालाई अस्थिरता र अराजकतातर्फ डोर्याउने कार्य भईरहेको बताए । उन...
तेह्रथुममा चट्याङ लागेर एक जनाको मृत्यु

तेह्रथुममा चट्याङ लागेर एक जनाको मृत्यु

तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका–७ फिर्केमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब ३ बजे चट्याङ लागेर फिर्केका ५४ बर्षीय कृष्ण खड्काको मृत्यु भएको हो । घर नजिक रहेको गोठमा खोले पकाउँदै गरेका बेला चट्याङ लाग्दा खड्का बेहोस भएका थिए । स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका क्रममा साँझ करिब पौने ७ बजे खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
मोरङको विराटचोक–घिनाघाट सडक बिस्तारको काम अवरुद्ध (भिडियो रिपोर्टसहित)

मोरङको विराटचोक–घिनाघाट सडक बिस्तारको काम अवरुद्ध (भिडियो रिपोर्टसहित)

विराटनगर । प्रदेश १ सरकारको लगानीमा निमार्णाधिन मोरङको विराटचोक–घिनाघाट सडक बिस्तारको काम अवरुद्ध भएको छ । निर्माण कम्पनीले भुक्तानी नपाएपछि सडक निर्माणको काम अवरुद्ध भएको हो । प्रदेश गौरवको योजनाका रुपमा रहेको सो सडक गतवर्ष मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए । दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्ने योजनाका साथ २२ किलोमिटर सडकलाई ३ भागमा विभाजन गरि काम थालिएको थियो । १० किलोमिटरको व...
हत्या भएको १७ दिनपछि भागरथीको दाहसंस्कार गरिदैं

हत्या भएको १७ दिनपछि भागरथीको दाहसंस्कार गरिदैं

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दिनेशले...
भागरथीको शव बुझ्न परिवारद्वारा अझै अस्वीकार

भागरथीको शव बुझ्न परिवारद्वारा अझै अस्वीकार

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्याका आरोपितलाई प्रहरीले पक्राउ गरे पनि आफन्तले अझै शव बुझेका छैनन् । प्रहरीले अभियुक्त दिनेश भट्टलाई बुधबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिसकेको छ । प्रहरीले मृतक भागरथीको आफन्त पर्ने दिनेशलाई पक्राउ गरेको भए पनि प्रमाण देखाउनुपर्ने भन्दै शव बुझ्न अस्वीकार गरेको भागरथीका आफन्तले बताएका छन् । यसैबीच भागरथ...
आज प्रजातन्त्र दिवस, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

आज प्रजातन्त्र दिवस, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएकी छन्। राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले आजको दिनले दिगो शान्ति, सुशासन, विकास...
रित्तिदैछन् गाउँ

रित्तिदैछन् गाउँ

काठमाडौं । गाउँबाट सहर पस्ने क्रम अत्यधिक बढेको छ। बसाइसराइका कारण कतिपय गाउँ मानवविहीन हुन थालेका छन्। तर, तराई/मधेस र सहरी क्षेत्रमा मान्छे नै मान्छे हुन थालेका छन्। शिक्षा, स्वास्थ्यको सहज पहुँचसँगै भौतिक सुखसुविधा प्राप्तिका लागि गाउँ छाड्ने गरेको देखिन्छ। २०६८ को जनगणना अनुसार तराई/मधेसको १७ प्रतिशत भूभागमा ५२ प्रतिशत जनसंख्याको बसोबास छ। पूर्वाधार विज्ञ किशोर थापा अबको जनगणनामा ६० प्रतिशत...
२०७७ फागुन ७ गते शुक्रबारको राशिफल

२०७७ फागुन ७ गते शुक्रबारको राशिफल

बि.सं.२०७७ साल ७ गते शुक्रबार ई. सं. २०२१ फेब्रुअरी १९ नेपाल सम्बत ११४१ पोहेलागा सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, माघ शुक्ल सप्तमी, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र, एन्द्र योग, वणिज करण ११ः१३ बजे सम्म त्यसपछि बव करण । नेपालमा सूर्योदय बिहान ०६ः३७ बजे, सूर्यास्त साँझ ५ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा...
आइपीएलमा छनोट भएनन् सन्दीप

आइपीएलमा छनोट भएनन् सन्दीप

काठमाडौं  ।  सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल भएका छन् । अक्सनमा लामिछाने ‘अनसोल्ड’ भएका हुन् । आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका थिए । उनलाई अनुबन्ध गर्न आइपीएलको कुनै पनि टोलीले रुचि देखाएनन् । लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपीएल खेलेका थिए । उनी त्यो बेला रु ३२ ल...
धनकुटाको नुनथलामा भारी हिमपात, हिउँले ढाक्दा सडक अवरुद्ध (फोटो फिचरसहित)

धनकुटाको नुनथलामा भारी हिमपात, हिउँले ढाक्दा सडक अवरुद्ध (फोटो फिचरसहित)

धनकुटा । धनकुटाको उत्तरी क्षेत्रमा बिहिबार भारी हिमपात भएको छ । जिल्लाको नुनथला, चित्रे लगायत क्षेत्रमा हिमपात भएको हो । सो क्षेत्रमा करिब एक फिट हिउँ जमेको सिधुवाका स्थानीय सुमन पौडेलले जानकारी दिए । पौडेलका अनुसार सुरुमा सामान्य असिनासहित पानी परेको थियो । पछि हिमपात भएको हो । हिमपातका कारण सो क्षेत्रको जनजीवन प्रभावित भएको छ । नुनथला–चित्रे खण्डमा हिउँले सडक ढाक्दा दिउँसो करिब १ घण्टा सडक अव...
फोनिजले स्मारिका छाप्ने

फोनिजले स्मारिका छाप्ने

धनकुटा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाले संस्थाको स्थापनाकालदेखि हालसम्मका गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ । फोनिजको विहिवार वसेको वैठकले आगामी जेष्ठ मसान्तसम्ममा स्मारिका प्रकाशन गर्ने निर्णय गरेको हो । धनकुटा शाखाको स्थापनाकालदेखि हालसम्म सञ्चालन भएका गतिविधिलाई अभिलेखीकरण गर्दै दस्तावेजको रुपमा स्मारिका प्रकाशन गर्ने निर्णय भएको फोनिज अध्यक्ष सन्तबीर लामाले ज...
मोरङको बुढीगंगामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङको बुढीगंगामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङ । मोरङमा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बुढीगंगा–२ स्थित राजमार्गमा एम्बुलेन्सकले ठक्कर दिँदा ग्रामथान–२ की ४५ बर्षीया रम्वादेवी महतोको मृत्यु भएको हो । बुधबार दिउँसो करिव साढे २ बजे ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १–०२–००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स अनियन्त्रित भई रम्वादेवीलाई ठक्कर दिएको होे । ठक्करबाट गंभीर घाइते भएकी रम्वादेवीको बुढिगंगास्थित...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

विराटनगर । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । छापावाल सुन तोलाको ६०० रुपैयाँले घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन तोलाको ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । केही दिनयता सुनको मूल्य घट्दो क्रममा छ । त्यस्तै गरी आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलाको १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रुपैय...
सुनसरीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी । सुनसरीको रामधुनीमा गएराती पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा रामधुनी ३ का २२ बर्षीय सुरज चौधरी छन् । राती पौने १० बजे को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१ प ३१४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक चौधरी गम्भिर घाइते भएका थिए । घाईते चौधरीलाई उपचारका लागि विराटनगरस्थित बिराट नर्सिङ होम लगिएको थियो । उपचारका क्रममा राती साँढे ११ बजे उनको मृत्य...
विप्लव समूहका मोरङ इन्चार्ज विक जेल चलान

विप्लव समूहका मोरङ इन्चार्ज विक जेल चलान

विराटनगर । नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ इञ्चार्ज धनबहादुर विक जेल चलान भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गा खड्काको इजलासले विकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि विकलाई बुधबार मोरङ कारागार चलान गरिएको हो । संखुवासभाको मादी–४ ओखरबोटेका विक उद्योगी व्यवसायीलाई धम्क्याउँदै चन्दा असुलेको आरोपमा पक्राउ परेका थिए । मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठ हत्याको आरोप...
प्रचण्डको सुरक्षामा खटिए पूर्वलडाकु

प्रचण्डको सुरक्षामा खटिए पूर्वलडाकु

काठमाडौँ । सरकारले पूर्वपदाधिकारीहरूको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् । दाहालको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्वलडाकुको विशेष टोली खटिएको हो । पाण्डे स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकु हुन् । सशस्त्र द्वन्द्वकालमा उनी बटालियन कमान्डरसम्...
डाक्टरको परामर्श शुल्क बढ्दा बिरामी मर्कामा

डाक्टरको परामर्श शुल्क बढ्दा बिरामी मर्कामा

काठमाडौं । डाक्टरहरूले परामर्श तथा जाँच्ने शुल्क बढाएसँगै बिरामी मर्कामा परेका छन् । चिकित्सकीय परामर्श शुल्क अत्यधिक रूपमा बढेपछि उपचार गर्न नसक्ने बिरामी स्वास्थ्य सेवा लिन पाउने हकबाट समेत वञ्चित हुने देखिएको छ । यसले विपन्न र गरिब नराम्ररी प्रभावित हुनेछन् । नेपाल चिकित्सक संघ र एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले पुनरावलोकन भएको चिकित्सकीय परामर्श शुल्क लिन आग्रह गरेका ...
ताप्लेजुङमा सुत्केरी गाईलाई भत्ता

ताप्लेजुङमा सुत्केरी गाईलाई भत्ता

ताप्लेजुङ । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ । पशुपालनबाट आत्मनिर्भर बनाउन सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको गाउँपालिकाका पशु शाखा प्रमुख एन्जलबाबु कार्कीले बताए । आव २०७५/७७ मा एक हजार सुत्केरी गाईलाई भत्ता...
देश ठूलो संकटमा फस्दैछ: नेता भण्डारी

देश ठूलो संकटमा फस्दैछ: नेता भण्डारी

धनकुटा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा तरुण विभाग प्रमुख शंकर भण्डारीले मुलुक ठूलो संकटमा फस्दै गएको बताएका छन् । धनकुटामा वुधवार आयोजित काँग्रेसको कार्यकर्ता भेलालाई संवोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् । प्रतिनिधिसभा पुर्नस्थापना भए पनि देश ठूलो संकटमा फस्ने र अब मुलुक सहज रुपमा अगाडि बढ्न निकै चुनौति सामना गर्नुपर्ने नेता भण्डारीको तर्क छ । पूर्व मन्त्रीसमेत रहेका भण्डारीले ...
धनकुटाका विद्यार्थीद्वारा न्याय माग्दै प्रदर्शन

धनकुटाका विद्यार्थीद्वारा न्याय माग्दै प्रदर्शन

धनकुटा । बैतडीकी बालिका भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई कडा कारबाहीको माग गर्दै धनकुटाका विद्यार्थीहरुले बुधवार जिल्ला सदरमुकाममा प्रदर्शन गरेका छन् । दोषीलाई कडा कारबाही गरी पीडित पक्षलाई न्याय दिलाउँन माग गर्दै राष्ट्रव्यापी बाल स्वयम्सेवक सञ्जालको अगुवाइमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । न्याय मार्न पाईदैन, न कसैको पक्षमा न कसैको विपक्षमा हामि छौं न्यायको आशमा, ढिलो न...
२०७७ फागुन ६ गते बिहिबारको राशिफल

२०७७ फागुन ६ गते बिहिबारको राशिफल

बि.सं.२०७७ साल फागुन ६ गते बिहिबार ई.सं. २०२१ फेब्रुअरी १८ नेपाल सम्बत ११४१ पोहेलागा पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ शुक्ल षष्ठी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, ब्रम्हा योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः३८ बजे, सूर्यास्त साँझ ५ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा...
error: Content is protected !!