हिंसा नियन्त्रणमा सरकार संवेदनशील छ : गृहमन्त्री थापा

हिंसा नियन्त्रणमा सरकार संवेदनशील छ : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न सरकार संवेदनशील रहेको बताएका छन् । “त्यस्ता जघन्य घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन मन्त्रालय प्रतिबद्ध छ”, उनले सामाजिक सञ्जालमार्फत भने, “बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानूनी कारवाहीको दायरामा आइसकेको छ ।” मन्त्री थापाले संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर...
धनकुटाका नेता मादेन र खतिवडाले अस्वीकार गरे बामदेव पक्षले दिएको पद

धनकुटाका नेता मादेन र खतिवडाले अस्वीकार गरे बामदेव पक्षले दिएको पद

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाका नेता उठान मादेन र पुन्यप्रसाद खतिवडाले पार्टी उपाध्यक्ष बामदेव गौतम समूहले दिएको पद अस्वीकार गरेका छन् । केपी ओली र प्रचण्ड–माधव समूहको विवादका कारण नेकपा फुटको संघारमा रहेका बेला उपाध्यक्ष गौतमले पार्टी एकताको नाममा अभियान चलाइरहेका छन् । सोही अभियानमा दिइएको जिम्मेवारी नेता मादेन र खतिवडाले अस्वीकार गरेका हुन् । दुवै जनाले पद अस्वीकार गरेको भन्...
विराटनगरका मुख्य सडकमा रोकिएन पेटी अतिक्रमण

विराटनगरका मुख्य सडकमा रोकिएन पेटी अतिक्रमण

विराटनगर । विराटनगर महानगर त्यसमा पनि प्रदेशको राजधानी प्रवेश गर्ने कोशी राजमार्गमा नियमित भइरहेको सडक अतिक्रमणलाई सम्बन्धित निकायले रोक्न सकेको छैन । चारलेन सडकमा ब्यवस्थित पेटी बनेपनि किनार र पेटी अतिक्रमणले पैदलयात्रीले सडकबाट हिंड्नु पर्ने बाध्यता छ । विराटनगर प्रवेशद्वार दक्षिण तर्फको सडकको दुबै पेटी र किनारमा निर्माण सामग्रीले पेटी बन्द गरि दिएको छ । पसलेले ब्यापार गरेका छन् भने ग्यारेज स...
पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

झापा । झापा गाँउपालिका–७ स्थित कानोमाई खोलाको पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा झापा गाँउपालिका–६ शरणामतिका २२ बर्षीय सनम तामाङको मृत्यु भएको हो । मंगलबार साँझ करिव ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १३ प ९०० नम्बरको मोटरसाइकल पुलमा अनियन्त्रित भई दुर्घटना हुँदा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रशारण लाइन नबन्दा अर्बौं गुमाउँदै निजी क्षेत्र

प्रशारण लाइन नबन्दा अर्बौं गुमाउँदै निजी क्षेत्र

काठमाडौं । २५ मेगावाट सिंगटी खोला जलविद्युत् आयोजनाको निर्माण अघिल्लो फागुनमा सकिएको थियो । आयोजनाले अहिले विद्युत् उत्पादन गर्न सक्ने अवस्थामा भए पनि प्रसारण लाइन नपुग्दा बिजुली उत्पादन गरेको छैन। यस्तो समसया सिंगटी आयोजनाको मात्र होइन, मुलुकमा एक सय मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सक्ने अवस्थामा पुगेका आयोजना पनि प्रसारण लाइनको पहुँदा नपुग्दा उत्पादन नगरी बसेका छन् । मुलुकमा भने भारतबाट ...
भोक लाग्दा माटो खान्छन् टुहुरा बालिका

भोक लाग्दा माटो खान्छन् टुहुरा बालिका

बैतडी । १० वर्षीया सविता, नौ वर्षीया सुनिता र पाँच वर्षीया र मिला एकै परिवारका टुहुरा दिदीबहिनी हुन् । फुसले छाएको घर भत्किने अवस्थामा पुगेको छ भने खाने अन्न छैन । भोकले छटपटाउँदा उनीहरू माटो खान्छन् । जिउमा फाटेको एकसरो लुगाबाहेक राति ओढ्ने–ओछ्याउने थप कपडा छैन । दिउँसो घाम तापेर र राति आगो बालेर बस्ने गरेका छन् । यो कुनै चलचित्रको कथा जस्तो लाग्ने पीडा बैतडीको सिगास गाउँपालिका–८, न्वादेउका ती...
२०७७ फागुन ५ गते बुधबारको राशिफल

२०७७ फागुन ५ गते बुधबारको राशिफल

बि.सं.२०७७ साल फागुन ५ गते बुधबार ई.सं. २०२१ फेब्रुअरी १७ नेपाल सम्बत ११४१ पोहेलागा पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ ुशुक्ल षष्ठी, चन्द्रमा मेष राशिमा, अश्रिव्नी नक्षत्र, शुक्ल योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः३९ बजे, सूर्यास्त साँझ ५ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर ज...
पेट्रोलियम पदार्थको भाउ बढ्यो

पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँका दरले बढाएको हो । मूल्य बृद्धि भएपछि अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेल ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमले जनाएको छ । यसअघि पनि निगमले माघ २८ गते पेट्रोल, डिजेल, मट्टिते...
सिधुवाले जित्यो महालक्ष्मी मेयर कपको उपाधि

सिधुवाले जित्यो महालक्ष्मी मेयर कपको उपाधि

धनकुटा । सिंहदेवी युथ क्लव सिधुवाले धनकुटाको जितपुरमा सञ्चालित दोस्रो महालक्ष्मी मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा आयोजक जितपुर ‘ए’ लाई ट्राइबेकरमार्फत ३–१ गोल अन्तरले पराजित गर्दै सिंहदेवीले उपाधिमाथि कब्जा जमाएको हो । खेलको सुरुवाती चरणमा जितपुरका टिम क्याप्टेन मनिस गुरुङले कर्नरबाट आएको बललाई हेडमार्फत गोल गर्दै टिमको खाता खोलेका थिए । पहिलो हाममा...
खोटाङमा ट्याक्टरले किच्दा एकको मृत्यु

खोटाङमा ट्याक्टरले किच्दा एकको मृत्यु

खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–२ अल्छेढुङ्गामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा खोटाङ खोटेहाङ–१ का १९ बर्षीय संजिव खड्का छन् । विहान पौने १० बजे को २ त ८५७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्याक्टरमा सवार खड्कालाई ट्याक्टरले किचेको हो । ट्याक्टरले किच्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापामा ढुंगाले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

झापामा ढुंगाले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

झापा । झापाको भद्रपुरका एक व्यक्तिले ढुंगाले हानेर श्रीमतीको हत्या गरेका छन् । भद्रपुर–७ का ५८ बर्षीय साहेबा उराउले ६० बर्षीया श्रीमती फिल्सिताको हत्या गरेका हुन् । सोमबार दिउँसो करिब साढे ३ बजे श्रीमान–श्रीमतिबीच विवाद भएर झगडा भएको थियो । सोही क्रममा उराउले श्रीमतिलाई ढुंगाले टाँउकोमा हानेका थिए । ढुंगाले लागेर घाइते भएकी फिल्सिताको गएराती करिब २ बजे मृत्यु भएको हो । घटनापछि साहेबालाई प्रहरी...
ईलाममा अटो दुर्घटना हुँदा चालकको मृत्यु

ईलाममा अटो दुर्घटना हुँदा चालकको मृत्यु

ईलाम । ईलाममा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ईलाम नगरपालिका–७ तिल्केनीस्थित राजमार्गमा अटो दुर्घटना हुँदा ईलाम–९ का २२ बर्षीय अबिकल सुन्दासको मृत्यु भएको हो । सोमबार राती करिव ८ बजे मे १ ह ३०२२ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा सुन्दास गंभीर घाईते भएका थिए । उपचारका लागि विराटनगरतर्फ लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकारले तोक्यो ६० प्रकारका ‘मेनु’

विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकारले तोक्यो ६० प्रकारका ‘मेनु’

भक्तपुर । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको छ । केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिक...
आज सरस्वती पुजा

आज सरस्वती पुजा

विराटनगर । आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा । विद्याकी देवी मानिने सरस्वतीको पुजा आराधना गरेर सरस्वती पुजा मनाइदैछ । आज वालवालिकाको अक्षराम्भ गर्ने प्रचलन पनि छ । आजै राष्ट्रिय पुस्तक दिवस पनि मनाउँने गरिन्छ । बिहान स्नानपश्चात् चोखो–नितो गरी सफा कपडा लगाएर कलश स्थापना गरी गणेश, विष्णु, शिव लगायत देवताहरुको अर्चनासहित सूर्यको अर्चना गर्दै सरस्वतीको उपासना गर्ने चलन छ । सिर्जनाका औजारहरु कलम, म...
मिक्लाजुङका शिक्षक हत्या प्रकरण: विप्लव र प्रकाण्डसहित ४२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

मिक्लाजुङका शिक्षक हत्या प्रकरण: विप्लव र प्रकाण्डसहित ४२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

विराटनगर । मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहद्धारा हत्या गरिएको दुई महिना पछि नेता नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’सहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । सोमबार मोरङ जिल्ला अदालतमा उनिहरुविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दायर भएको हो । मिक्लाजुङ गाउँपालिका–१ को सरस्वती आधरभूत विद्यालयका प्रध...
भारतमा नेपालबारे दुष्प्रचार

भारतमा नेपालबारे दुष्प्रचार

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देव नेपाल र श्रीलंकाका सम्बन्धमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । त्रिपुराको राजधानी अगरतलामा शनिबार भएको पार्टी कार्यकर्ता भेलामा मुख्यमन्त्री देवले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष रहेका बेला अमित शाहले नेपाल र श्रीलंकामा समेत भाजपाको सरकार विस्तार गर्ने योजना सुनाएको खुलासा गरेका थिए । देवको उक्त भनाइले शा...
समुदायस्तरमा फागुनभित्रै कोरोनाविरुद्धको खोप

समुदायस्तरमा फागुनभित्रै कोरोनाविरुद्धको खोप

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप समुदायस्तरमै अभियानका रूपमा सञ्चालन गर्ने तयारी थालेको छ । त्यसका लागि खोप खरिद प्रक्रियालाई अघि बढाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले २४ फागुनदेखि समुदायस्तरमा खोप अभियान सञ्चालनका लागि तयारी भइरहेको बताए । उनले भने, ‘अब छिट्टै नै आमजनमानसमा खोप अभियान लगेर जाने तयारीमा छौं, २० लाख मात्रा खोप आउने प्रक्रियामा...
महालक्ष्मी मेयर कप फुटबल: सिंहदेवी र जितपुर पुगे फाइनलमा

महालक्ष्मी मेयर कप फुटबल: सिंहदेवी र जितपुर पुगे फाइनलमा

धनकुटा । धनकुटाको जितपुरमा जारी दोस्रो महालक्ष्मी मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगितामा आयोजक जितपुर ‘ए’ र सिंहदेवी युथ क्लव सिधुवा फाइनल प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनलमा महालक्ष्मी–२ मारेककटहरेलाई पराजित गर्दै जितपुर ‘ए’ र लालिगुँरास नगरपालिका तेह्रथुमलाई हराउँदै सिंहदेवी युथ क्लव फाइनल पुगेका हुन् । पहिलो सेमिफाइनल खेलमा मारेककटहरेलाई ३–१ गोल अन्तरले पराजित गर्दै जितपुर उपाधि नजि...
जनमतले मात्र संविधानको रक्षा गर्छ: नेता आचार्य

जनमतले मात्र संविधानको रक्षा गर्छ: नेता आचार्य

विराटनगर । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यले जनमतले मात्रै संविधानको रक्षा हुनसक्ने बताएका छन् । पार्टीको पूर्वनिर्धारित कार्यक्रम अनुसार सोमबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता आचार्यले यस्तो बताएका हुन् । उनले संविधानको व्याख्याताको रुपमा रहेको सर्वोच्चले पनि जनताको पक्षमा नै न्यायपूर्ण निर्णय गर्ने र प्रतिनिधिसभा पुर्नस्थापना हुनेमा काँग्रेस विश्वस्त ...
२०७७ फागुन ४ गते मंगलबारको राशिफल

२०७७ फागुन ४ गते मंगलबारको राशिफल

बि.सं.२०७७ साल फागुन ४ गते मंगलबार ई.सं. २०२१ फेब्रुअरी १६ नेपाल सम्बत ११४१ पोहेलागा पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ शुक्ल पञ्चमी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र , शुभ योग, बव करण । नेपालमा सूर्योदय बिहान ०६ः४० बजे, सूर्यास्त साँझ ५ः५५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको...
धनकुटामा काँग्रेस नेता कार्यकर्ताद्वारा कालो पट्टी बाँधेर प्रदर्शन

धनकुटामा काँग्रेस नेता कार्यकर्ताद्वारा कालो पट्टी बाँधेर प्रदर्शन

धनकुटा । संसद् विघटनको विरोधमा सोमबार धनकुटामा नेपाली काँग्रेसका नेता कार्यकर्ताले कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन् । असंबैधानिक रुपमा संसद् विघटन गरिएको भन्दै विरोधस्वरुप काँग्रेसले प्रदर्शन गरेको हो । जिल्ला पार्टी कार्यालयबाट टाउकोमा कालोपट्टी बाँधेर निस्किएका नेता कार्यकर्ताले संसद् विघटनको विरोध गर्दै बजारमा प्रदर्शन गरे । प्रदर्शनपछि आयोजित सभालाई संवोधन गर्दै काँग्रेस जिल्ला सभापति अ...
जग्गा वितरणमा पनि हामी नै पहिलो हुन्छौं : नगर प्रमुख सुवेदी

जग्गा वितरणमा पनि हामी नै पहिलो हुन्छौं : नगर प्रमुख सुवेदी

मोरङ । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सवेदीले जहिले पनि बेलबारी पहिलो नै हुने दाबी गरेका छन् । सकुम्बासी समस्या समाधान आयोगका पदाधिकारीहरुलाई उनले जग्गा धनिपुर्जा वितरण गर्ने काममासमेत बेलबारी पहिलो हुने बताएकाहुन् । ‘अहिलेसम्म कुनै पनि काममा बेलबारी दोस्रो भएको छैन’ नगर प्रमुख सुबेदीले भने ‘जनताको हितका लागि जहिल्यै पनि पहिलो नै हुन्छौ ।’ नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरुलाई वडास...
झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

झापा । झापामा हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । जंगली हात्तीको आक्रमणबाट भद्रपुर–२ स्थित कमलधापकी ५० बर्षीया सीता दाहालको मृत्यु भएको हो । दिउँसो करिव साढे १ बजे स्थानीय जंगलमा साथीहरुसँग घाँस काट्न गएको अवस्थामा जंगली हात्तीले सीतालाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनी गंभीर घाइते भएकी थिईन । उनलाई उपचाराका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झा...
प्रदेश सरकारले जनमानसमा भविष्यप्रति आशाको भाव सिर्जना गरेको छः मुख्यमन्त्री राई

प्रदेश सरकारले जनमानसमा भविष्यप्रति आशाको भाव सिर्जना गरेको छः मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनमानसमा भविष्यप्रति आशाको भाव सिर्जना गर्न सफल भएको बताएका छन् । प्रदेश सरकारको तीन वर्षको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित समारोहमा उनले आगामी दिनमा जनताका चाहना बमोजिम कार्यक्रम द्रुतगतिमा कार्यान्वयन गर्ने कुरामा जोड दिए । उनले विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढिरहेका बेलामा कोरोना भाइर...
मोरङको मिक्लाजुङमा करेन्ट लाग्दा कामदारको मृत्यु

मोरङको मिक्लाजुङमा करेन्ट लाग्दा कामदारको मृत्यु

मोरङ । मोरङको मिक्लाजुङ–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोटर चलाउँने क्रममा करेन्ट लाग्दा स्थानीय मिक्लु खोलाको निर्माणाधिन पुलमा कार्यरत सप्तरी सम्भुनाथ–४ का २२ बर्षीय रोहित साहको मृत्यु भएको हो । साह केही समयदेखि पुल निर्माणको काममा ज्यामी काम गर्दै आएका थिए । कामकै शिलशिलामा आइतबार मोटर चलाउने क्रममा बिधुत सर्ट भई करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उर्लाबारीस्थित मंगलबारे ...
झापामा मुस्लिमको मदरसा बनाउन हिन्दूले गरे जग्गादान

झापामा मुस्लिमको मदरसा बनाउन हिन्दूले गरे जग्गादान

झापा । झापाको विर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेका छन्। मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले रु १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिएको प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिए । अरु जग्गा सहुलियत मूल्यमा खरिद गरेर आठ कठ्ठा जग्गा पुर्याइने र मदरसा भवन निर्माण गरिने मदरसाका प्...
दुई वर्षभित्र अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट

दुई वर्षभित्र अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट

काठमाडौं । सरकारले भौतिक  पूर्वाधारका साथै मूलुकको  राष्ट्रिय सुरक्षा  संवेदनशीलतालाई  समेत  ध्यानमा  राख्दै आउँदो दुई वर्षभित्र अन्तरिक्षमा  आफ्नै भू–उपग्रह (स्याटेलाइट)  स्थापना  गर्ने  प्रक्रिया  अगाडि  बढाएको छ । प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  गत  माघ  १७  गते राजधानीमा आयाजित  एक  कार्यक्रमलाई  सम्बोधन  गर्दै  सरकारले अन्तरिक्षमा  आफ्नै  भू–उपग्रह  स्थापना  गर्ने  उद्घोष  गरेका थिए । ...
भारतमा नेपाली बालिकाको बलात्कारपछि हत्या, प्रमाण नष्ट पार्न जलाइयो शव

भारतमा नेपाली बालिकाको बलात्कारपछि हत्या, प्रमाण नष्ट पार्न जलाइयो शव

गुलरिया । भारतमा नेपाली बालिका १२ वर्षीया सुमित्रा विकको बलात्कारपछि हत्या घटना लुकाउन प्रमाण नष्ट पार्न खोजेको पाइएको छ। घरबेटीसहित उनका आफन्तले दबाब दिएपछि डरत्रासका कारण डेराबाट सय मिटर दूरीमा शव जलाइएको सुमित्राका भिनाजु नवलसिंह विकले बताए। नवलसिंह पनि सुमित्राको अन्त्येष्टिमा सहभागी भएका थिए। ‘घटनाको कुनै पनि प्रमाण राख्न पाएनौं। चैनपुर थानाका थानेदार र घरबेटीका आफन्तबीच घटना दबाउन भएको फो...
भागरथीको हत्या भएको गाउँमा यसअघि पाँच जनाको हत्या, भएन अनुसन्धान

भागरथीको हत्या भएको गाउँमा यसअघि पाँच जनाको हत्या, भएन अनुसन्धान

बैतडी । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको आइतबार ११ दिन पुगेको छ । प्रहरीका उच्च अधिकारीहरूले आफैं घटनास्थलमा अनुसन्धान गरिरहे पनि अहिलेसम्म संलग्न कसैको पहिचान हुन सकेको छैन । दोगडाकेदार अन्तर्गत पर्ने साबिकको देउलेक गाविसमा यो घटना हुनुभन्दा अघि भएका पाँच जनाको हत्या घटनामा अनुसन्धान नै नभएको पाइएको छ । गुपचुपमा राख्...
२०७७ फागुन ३ गते सोमबारको राशिफल

२०७७ फागुन ३ गते सोमबारको राशिफल

बि.सं.२०७७ साल फागुन ३ गते सोमबार ई. सं. २०२१ फेब्रुअरी १५ नेपाल सम्बत ११४१ पोहेलागा चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ ुशुक्ल चतुर्थी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र , साध्य योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः४० बजे, सूर्यास्त साँझ ५ः५५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनाम...
लाज ढाक्न १३ बर्षीया गर्भवती छोरीलाई विराटनगरमा अलपत्र छोडेर बुबा फरार

लाज ढाक्न १३ बर्षीया गर्भवती छोरीलाई विराटनगरमा अलपत्र छोडेर बुबा फरार

विराटनगर । १३ बर्षीया छोरीको पेटमा अनैतिक गर्भ रहेको थाहा पाएपछि भारतका एक व्यक्तिले गर्भवती छोरीलाई सीमावर्ती क्षेत्र विराटनगरमा अलपत्र छोडेर फरार भएका छन् । आफ्नै भाउजुको भाई (सोल्टा) सँगको अनैतिक सम्बन्धका कारण छोरी गर्भवती भएको थाहा पाएपछि उनका वावुले गर्भवती छोरीलाई विराटनगरमा ल्याएर छोडी फरार भएका हुन् । छोरीले अनैतिक गर्भ वोकेको पत्तो पाएपछि समाजका अगाडि लाज ढाक्न वावुले अलपत्र अवस्थामा ...
error: Content is protected !!