पत्रपत्रिका खवर

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिहंदरबारका विभिन्न मन्त्रालय परिषदभित्र सञ्चालित क्यान्टिनको अनुगमन  गरी कारबाही  थालेको  छ । विभागको अनुगमन टोलीले शुक्रबार सिंहदरबारको केन्द्रीय  क्यान्टिनसहित अर्थ  मन्त्रालय  र आफ्नै तालुकवाला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परिषद्मा सञ्चालित क्यान्टिनको अनुगमन गरेर आवश्यक मापदण्ड पालना नगर्नेलाई कारबाही थालेको हो ।

Advertisement

तालुकवाला वाणिज्य मन्त्रालय परिषद्मा  रहेको क्यान्टिनबाट आएको गुनासोका आधारमा अनुगमनका लागि शुक्रबार गएको विभागको अनुगमन टोलीले  सञ्चार तथा सूचना प्रविधि मन्त्रालय परिषद्मा रहेको केन्द्रीय क्यान्टिनलाई १० हजार रुपियाँ जरिवाना गरेको जनाएको  छ । उक्त क्यान्टिन सञ्चालकले व्यवसायी फर्मअन्तर्गत दर्ता वा नवीकरणका आवश्यक कागजात देखाउन नसकेको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ अनुसार जरिवाना  गरिएको  विभागका  निर्देशक शिवराज सेढाईंले जानकारी दिए ।

उनका अनुसार वाणिज्य मन्त्रालय  परिषद्मा  रहेको  क्यान्टिनको अनुगमनका क्रममा म्याद नाघेका  पानी र पेय पदार्थ भेटिएकाले दुई हजार सात सय बराबरको पानी र पेय पदार्थ नष्ट गरिएको छ । -आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!