- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

बि.सं.२०७७ साल फागुन ६ गते बिहिबार ई.सं. २०२१ फेब्रुअरी १८ नेपाल सम्बत ११४१ पोहेलागा पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ शुक्ल षष्ठी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, ब्रम्हा योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः३८ बजे, सूर्यास्त साँझ ५ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ३८ मिनेट देखि ८ बजेर ३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन । महत्वपूर्ण निर्णय लिनु छ वा यात्राको योजना छ भने साँझपख राम्रो हुनेछ । दिनको सुरुवातमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
बन्दव्यापार र उद्योगधन्दामा सफल नै भइनेछ, सरकारी वा प्रशासनिक क्षेत्रमा सक्रिय हुनुपर्ने समय छ । अपराह्नमा बाह्रौं भावमा चन्द्रमाको प्रवेश हुनेछ । मनमा निराशापन बढ्ने छ, कामधन्दामा समय दिन मन लाग्दैन, अल्छीपन र आलस्य जाग्नसक्छ । असन्तुष्टि, चिडचिडेपना आदि बढ्न थाल्नेछ । अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अतः व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ । तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन । तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले सचेत हुनुपर्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
व्यवसाय र रोजगारीको क्षेत्र राम्रो छ । दिनको प्रारम्भमा गरेका चिन्तन र उपाय महत्वपूर्ण बन्ने छन । मन ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित बन्ने छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन । भाइबहिनी वा सन्ततिपक्षले खुसीको वातावरण बनाउने छन। तिनीहरूको समस्यामा केन्द्रित हुनुपर्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ । दिउँसोबाट बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ । एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्नसक्छ । चिन्तनमननको क्षेत्र र बौद्धिक क्षमतामा कमी भए झैं लागे पनि मिहिनेत गर्ने समय आएको छ । प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन। पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बन्द व्यापार र कृषिक्षेत्रमा मध्यम छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, तर व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । आहारविहार र खानपानको समय बदलिन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन । तपाईंको भावनाको कदर नहुनसक्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!