- रासस

काठमाडौं  ।  सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल भएका छन् । अक्सनमा लामिछाने ‘अनसोल्ड’ भएका हुन् । आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका थिए ।

Advertisement

उनलाई अनुबन्ध गर्न आइपीएलको कुनै पनि टोलीले रुचि देखाएनन् । लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपीएल खेलेका थिए । उनी त्यो बेला रु ३२ लाखमा अनुबन्ध भएका थिए । सन् २०१९ र सन् २०२० मा  दिल्लीको टोलीमा रहेका लामिछानेलाई फुकुवा गरेपछि उनी यस पटक अक्सनमा सहभागी भएका थिए ।

सन् २०१८ को आइपीएलमा लामिछानेले तीन खेलमा पाँच विकेट लिएका थिए । दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिएका थिए । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उनलाई कुनै पनि खेलमा खेल्ने मौका दिइएको थिएन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!