- संगालोखबर सम्बाददाता

धनकुटा । बैतडीकी बालिका भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई कडा कारबाहीको माग गर्दै धनकुटाका विद्यार्थीहरुले बुधवार जिल्ला सदरमुकाममा प्रदर्शन गरेका छन् ।

Advertisement

दोषीलाई कडा कारबाही गरी पीडित पक्षलाई न्याय दिलाउँन माग गर्दै राष्ट्रव्यापी बाल स्वयम्सेवक सञ्जालको अगुवाइमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । न्याय मार्न पाईदैन, न कसैको पक्षमा न कसैको विपक्षमा हामि छौं न्यायको आशमा, ढिलो निर्णय नै अन्याय हो, हत्या हिंसा चाहिदैन, बालबालिका मार्न पाईदैन लगायत नारासहित विद्यार्थीहरुले जुलुश प्रदर्शन गरेका हुन् । जुलुशमा त्रिबेणी मावि, गोकुण्डेश्वर मावि, भाषा मावि र धनकुटा बहुमुखी क्याम्पसका विद्यार्थी सहभागि थिए ।

बजारमा जुलुश प्रदर्शन गरेर जिल्ला प्रशासन कार्यालय पुगेका विद्यार्थीहरुले न्याय माग गर्दै प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् । विद्यार्थीहरु मनिसा खनाल, उमेशचन्द्र अधिकारी, सुवास खनाल, दिपा पौडेल लगायतले प्रमुख जिल्ला अधिकारी दाहाललाई ध्यानाकर्षण पत्र बुझाउँदै दोषीलाई कडा कारबाहीको माग गरेका छन् । घटनाका दोषीलाई फाँसीको सजाय हुनुपर्ने र बालबालिकालाई आत्मसुरक्षा तालिमको व्यवस्थासमेत गर्नुपर्ने माग गरिएको जुलुशको नेतृत्वकर्ता विद्यार्थी सुवास खनालले बताए ।

बलात्कारपछि हत्या गरेर फालिएको अवस्थामा गत माघ २२ गते १७ वर्षीया भागरथीको शव जंगलमा भेटिएको थियो । घटनापछि दोषीलाई पक्राउ गरी कारबाही गर्न चौतर्फी माग भईरहेका बेला वुधवार प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्थानीय दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!