संकटालाई हराउँदै पंजाव पुलिस विराट गोल्डकपको फाइनलमा
विराटनगर । भारतको पंजाव पुलिस क्लव विराटनगरमा जारी विराट गोल्डकपको फाइनल प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा बिहीबार भएको अन्तिम सेमिफाइनलमा संकटा क्लबलाई १–० गोलले पराजित गर्दै पंजाव पुलिस उपाधि नजिक पुगेको हो ।
खेलका ७५ औं मिनेटमा परमजीत सिंहले गरेको एकमात्र गोल नै पाहुना टोली पंजावलाई फाइनल पुर्याउँन पर्याप्त बन्यो । हरजीन्द्र सिंहले निकालेको क्रस पासमा परमजीतले पेलान्टी एरिया नजिकबाट...



























