- संगालोखबर सम्बाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा प्रतिकूल समयका बावजुद पनि सरकारले असाधारण काम गरेको दावी गरेका छन् । नयाँ वर्ष २०७८ साल सुरुवातको अवसरमा आज विहान देशवासीलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् ।

Advertisement

काम भइरहदा पनि केही भएन भनेर जनतामा निराशा बढाउने काम भएको उनले बताए । तरपनि सरकारले जनतामा आशा जगाउने काम गरेको उनको भनाई छ । प्रतिदिन पाँच किलोमिटर भन्दा बढी बाटो निर्माण भइरहेको उनले जानकारी दिए । त्यस्तै एक दिनमा झण्डै १२ वटाको दरले आवास निर्माण भइरहेको उनले बताए ।

आगामी आर्थिक बर्षदेखि सामाजिक सुरक्षा भत्ता बढाउँने तयारी भइरहेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!