- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

बि.सं.२०७७ साल चैत्र ३१ गते मंगलवार ई. सं. २०२१ अप्रील १३ नेपाल सम्बत ११४१ पोहेलागा प्रतिपदा, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत शुक्ल प्रतिपदा, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, विषकुम्भ योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः४१ बजे, सूर्यास्त साँझ ६ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुडँ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४२ मिनेट देखि ७ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रतिस्पर्धामा विजय प्राप्त गर्न निकै खट्नु पर्नेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने अवसर पाइने छ, तर जान्ने बुझ्नेको राय लिनु राम्रो हुनेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । गरेका काममा ढिलासुस्ती हुने योग छ । श्रमको प्रतिफल पाउन प्रतीक्षा गर्नुपर्छ । ज्ञान र बौद्धिकताका क्षेत्रमा समय दिन सकिंदैन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बाह्रौं भावमा चन्द्रमा भए पनि अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । हरदम सचेत र सतर्क रहनु पर्छ, नत्र समयमा होस नपुग्नाले हुनै लागेको आम्दानीमा बाधा पुग्न सक्छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ । होसियारीसाथ काम लिनुपर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन । कीर्तिमानी काम सम्पादन हुन सक्छ । प्रतिष्ठा कमाउने बेला छ । घर–गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आस मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त होलान । सहयोगीहरूले राम्रै साथ दिनेछन र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । माङ्गलिक कार्य सम्पन्न गर्दा खर्चबर्चमा नियन्त्रण गर्न सकिंदैन । फजुलको यात्रा र घुमघामको सम्भावना छ । गरेका कामको सर्वत्र आलोचना हुनसक्छ । मनमा निराशा र वैराग्यका बादल मँडारिने सङ्केत छ । तर आत्मविश्वास र हिम्मतका साथ अघि बढेमा भाग्यभावमा रहेको चन्द्रमाले साथ दिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मनमा कताकता निराशा र डर भए पनि कामबाट प्रतिष्ठा, मान–सम्मान आदि पाइने छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्र्सीदलो रहने छ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको दिन प्रतिस्पर्धा र सङ्घर्ष गर्ने समय छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला । शत्रु तथा प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राम्रो दिन छैन । बनिसकेको काम बिग्रन सक्छ । होसियारीसाथ काम लिनुपर्ने समय छ । काममा लगानीको समय छ । आज गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धोका हुनसक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने छन । बाध्यतापूर्ण काममै समय बित्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!