जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने

जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने

काठमाडौं । सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख हजार मात्रा ‘भेरोसेल’ खोप आएको र आज थप एक लाख मात्रा तिब्बत सरकारबाट आउन था...
एमाले बिर्तामोड नगर कमिटीले किन्यो ५० थान अक्सिजन सिलिन्डर

एमाले बिर्तामोड नगर कमिटीले किन्यो ५० थान अक्सिजन सिलिन्डर

झापा । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजनसहितको सिलिन्डर खरिद गरेको छ । विभिन्न दाताबाट सङ्कलन गरेको रकमबाट एभरेष्ट ग्यास उद्योग काठमाडौँबाट खरिद गरी मंगलवार साँझ झापा ल्याइएको हो । आजै सबै अक्सिजन सिलिण्डर नगर अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ । नगर अस्पतालमा अक्सिजनसहितको सिलिण्डरको अभाव भएपछि नगर कमिटिले सहयोग सङ्कलन अभियान नै चलाएर रु १५ लाख रकम...
२०७८ जेठ १९ गते बुधवारको राशिफल

२०७८ जेठ १९ गते बुधवारको राशिफल

बि.सं. २०७८ साल जेठ १९ गते बुधवार ई.सं.२०२१ जुन २ नेपाल सम्बत ११४१ बछलागा अष्टमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण पक्ष सप्तमी तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, विषकुम्भ योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः८ बजे, सूर्यास्त साँझ ६:५५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीयाँ मुखमा र...
कविता : जनताविहिन निर्वाचन

कविता : जनताविहिन निर्वाचन

भैरहेछ यहाँ हत्या र बिसङ्गतिको खेती चली रहेछ मध्य रातमा यहाँ अपहरण र बलात्कृतको सङ्ख्यामा अति नै बेसि छैन पृथ्वीमा यस्तो देश जहाँ जनता मरिरहेको बेला सरकारमा खुसियाली छाउने एक मात्र भेष। सुन्दै छु आज हस्पिटलमा छैन रे बेड आफ्नै आमा, छोरा अनि परिवार पनि गर्न हुन्न रे भेट के सुन्दै छु आज मेरो थोत्रो कानले रातारात बालुवाटार अनि सितल निवासको त भयो रे त भेट। जनता मरिरहेछन् छैन औष...
प्रदेश १ मा थपिए ६६३ कोरोना संक्रमित, ७८१ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ६६३ कोरोना संक्रमित, ७८१ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिममा प्रदेश १ मा ६६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २७२, सुनसरीमा १८५, झापामा १३३, धनकुटामा २५, उदयपुरमा ७, इलाममा ६, ताप्लेजुङमा ३, सोलुखुम्वु, संखुवासभा, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७० महिला र ९४ पुरुष सहित १६४, सुन्दरहरैंचामा ३३, बुढीगंगामा २३,...
धनकुटाका कोरोना संक्रमित बृद्धको मृत्यु

धनकुटाका कोरोना संक्रमित बृद्धको मृत्यु

धनकुटा । धनकुटाका कोरोना संक्रमित एक बृद्धको आज मृत्यु भएको छ । धनकुटा नगरपालिका–३ का ६० बर्षीय संक्रमित बृद्धको होम आइसोलेशनमा मृत्यु भएको हो । गत शुक्रबार पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी घरमै होम आइसोलेशन बसेका थिए । बिहान करिब ७ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले जानकारी दिए । मृतक बृद्धका नातीको भनाई उदृत गर्दै ग...
धनकुटामा ८ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण

धनकुटामा ८ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटामा आज साँझ थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा ८ जनाको पीसीआर परीक्षण गर्दा ३ पुरुष र ३ महिलामा संक्रमण देखिएको हो । धनकुटा नगरपालिकाका ४ जना, पाख्रीबास नगरपालिका र छथर जारपाटी गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको धनकुटा अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । धनकुटा–२ का ८८ बर्षीय पुरुष, धनकुटा–५ का ५५ बर्षीया महिला, धनकुटा...
विवेकशील साझाका नेता थापाको निधन

विवेकशील साझाका नेता थापाको निधन

काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको आज अपरान्ह निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचाररत थापाको अपरान्ह ४ः२५ बजे निधन भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ता तथा मेडिकल सुपरिडेन्डेन्ट डा.राज राणा र मुटु शल्यचिकित्सक डा.विजय राजवंशीले प्रेस वक्तव्य जारी गर्दै थापाको मृत्यु भएको पुष्टि गरेका हुन् । ‘१७ गते उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको भएपनि शरीरका अंगहरुले प्रभावकारी रुपमा क...
इलाम र सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम र सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । इलाम र सुनसरीमा आज बिहान भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौकमा दक्षिणतर्फ जाँदै गरेको को २ त ८१८७ नम्बरको ट्याक्टरबाट लड्दा एक जनाको मृत्यु भएको छ । गुडिरहेको ट्याक्टरबाट लडेर पछाडिको चक्काले किच्दा ट्याक्टरका सहचालक खोटाङ साकेला गाउँपालिका १ डाँडागाँउका २२ बर्षीय विष्णुकुमार बस्नेतको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर र चाल...
प्रदेश १ मा अक्सिजन अभावले कोरोना संक्रमितको ज्यान जोखिममा (भिडियो रिपोर्टसहित)

प्रदेश १ मा अक्सिजन अभावले कोरोना संक्रमितको ज्यान जोखिममा (भिडियो रिपोर्टसहित)

विराटनगर । अक्सिजन अभावका कारण प्रदेश १ का अस्पतालहरुमा गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचार प्रभावित हुँन थालेको छ । उपचारका लागि आवश्यक अक्सिजनको सहज आपूर्ति नहुँदा नयाँ संक्रमितले अस्पतालमा उपचार नपाउँने अवस्था मात्र बनेको छैन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको ज्यानसमेत जोखिममा परेको छ । कोरोना संक्रमितको सघन उपचारका लागि सञ्चालित प्रदेश १ का ठूला कोभिड अस्पतालहरुमा सहज रुपमा अ...
सुनसरीबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ

सुनसरीबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ नहर चोकबाट लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ गरेका छन् । भारतको अररिया बेला बासमतिया बिहारका २८ बर्षीय मजरुल हकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो । सोमबार दिउँसो साढे ३ बजे लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट डाइलक्स डीसी–५०२ थान, नाईट्रोसन २०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २८८ ट्याब्लेट ब...
२०७८ जेठ १८ गते मंगलवारको राशिफल

२०७८ जेठ १८ गते मंगलवारको राशिफल

बि.सं. २०७८ साल जेठ १८ गते मंगलवार ई.सं.२०२१ जुन १ नेपाल सम्बत ११४१ बछलागा सप्तमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण पक्ष चतुर्थी तिथी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, वैधृति योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः८ बजे, सूर्यास्त साँझ ६:५५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर...
धनकुटामा थपिए २१ कोरोना संक्रमित

धनकुटामा थपिए २१ कोरोना संक्रमित

धनकुटा । धनकुटामा आज साँझ २१ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पतालको ल्यावमा ४४ जनाको पीसीआर परीक्षण गर्दा १२ पुरुष र ९ महिलामा संक्रमण देखिएको हो । धनकुटा नगरपालिकाका १३ जना, शहिदभूमि गाउँपालिकाका ७ जना र पाख्रीबास नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको धनकुटा अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । धनकुटा–१ का ३२ र ३४ बर्षीय पुरुष, ३२ र ५० बर्षीया महिला, धनकुटा–६...
प्रदेश १ मा थपिए ६९७ कोरोना संक्रमित, ९९३ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ६९७ कोरोना संक्रमित, ९९३ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ६९७ जना कोराना संक्रमित थपिएका छन् । मोरङमा २५०, झापामा १८०, सुनसरीमा १६३, तेह्रथुममा २५, खोटाङमा २३, धनकुटामा २१, उदयपुरमा ७, इलाममा ६, भोजपुरमा ३, पाँचथर र संखुवासभामा १/१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ५१ महिला र ९३ पुरुषसहित १४४, सुन्दरहरैंचामा ३०, उर्लाबारीमा...
कथा सङ्ग्रह “याम्बुनेर” पढेपछि…

कथा सङ्ग्रह “याम्बुनेर” पढेपछि…

“याम्बुनेर” कथा सङ्ग्रह । बिना थिङ, एक सामान्य तामाङ महिलाले लेखेको सामाजिक घटनामा आधारित कथाहरुको सङ्ग्रह । कथाकारको कुनै पनि कथा यसअघि कहिल्यै पढेको थिइन । तर, यो कथा सङ्ग्रहको नामले यसप्रति चाख बढायो । “याम्बु” तामाङ भाषामा राजा बस्ने गाउँ । अर्थात काठमाडौं । लेखकले त्यही ठाउँ नजिक हुर्किदै त्यहाँको समुदाय विशेषको सामाजिक अन्र्तघुलनलाई समावेश गरेको कथाहरुको सङ्ग्रह रहेछ–याम्बुनेर । तेह्र भिन...
विराटनगरमा औषधी कालोबजारी गर्ने मेडिकल स्टोर सञ्चालक पक्राउ

विराटनगरमा औषधी कालोबजारी गर्ने मेडिकल स्टोर सञ्चालक पक्राउ

मोरङ । औषधी कालोबजारी गर्ने विराटनगर–१५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालक रवि कुमार रजकलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३५ बर्षीय रजकलाई पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा रजकको घर खानतलासी गर्दा कोठाबाट औषधि बरामद भएको छ । कोठाबाट फिजिसियन स्याम्पलका औषधी, मुटु सम्बन्धी औषधी, पेनकिलर,...
पाँचथरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाँचथरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ सुङनिमाचौकमा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङतर्फ जादै गरेको प्रदेश नम्वर १–०१–००१ च ७७०६ नम्वरको एम्बुलेन्स सडकबाट करिव १५ मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा याङवरक गाउँपालिका–२ का ५० बर्षीया ममता राई, १९ बर्षीय हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा–३ का ५५ बर्षीय डोड कुमार र...
सुनसरीको भण्टावारीबाट १६५ किलो गाँजासहित एक जना पक्राउ

सुनसरीको भण्टावारीबाट १६५ किलो गाँजासहित एक जना पक्राउ

सुनसरी । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गबाट ठूलो परिमाणमा गाँजासहित एक जना पक्राउ परेका छन् । १६५ किलो गाँजासहित स्थानीय ४० बर्षीय गणेश यादवलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पौने ३ बजे गाँजासहित यादवलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार राजमार्गको दक्षिण पानीटंकी नजिक...
२०७८ जेठ १७ गते सोमवारको राशिफल

२०७८ जेठ १७ गते सोमवारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल जेठ १७ गते सोमवार ई.सं.२०२१ मे ३१ नेपाल सम्बत ११४१ बछलागा षष्ठी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण पक्ष पञ्चमी तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, ब्रम्हा योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः८ बजे, सूर्यास्त साँझ ६:५४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐ...
काँग्रेस सचिव राईले व्यक्तिगत रुपमा चालकलाई दिए पीपीईसहित स्वास्थ्य सामाग्री

काँग्रेस सचिव राईले व्यक्तिगत रुपमा चालकलाई दिए पीपीईसहित स्वास्थ्य सामाग्री

धनकुटा । नेपाली काँग्रेसका जिल्ला सचिव विजय सन्तोषी राईले विरामी वोक्न प्रयोग गरिदै आएको मारुती भ्यानका चालकलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) सहित स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । पाख्रीवास नगरबासीलाई निःशुल्क अस्पताल पुर्याउँन काँग्रेस पाख्रीवास नगर कार्य समितिले सञ्चालनमा ल्याएको मारुती भ्यानका चालक बिष्णुकुमार राईलाई सचिव राईले सामाग्री प्रदान गरेका हुन् । पाख्रीवासबाट विरामी लिएर ...
कविता : ‘बा’ ‘म’ र ‘आर्यघाट’

कविता : ‘बा’ ‘म’ र ‘आर्यघाट’

‘बा’, मलाई नौटङ्की लाग्यो देश बेच्ने की जोगाउने ? वीर नेपाली गोर्खालीको यो देश आज निम्सरा जनता बनायौ खान, बस्नको बेटुङ्गो बनाएर जनतालाई आर्यघाटमा भेट्न आउनु ल ? भोट माग्न, भाषण सुनाउन देश प्रेमको भजन सुनाउन अनि रोजगारी दिन प्रेतात्मा घर आउनु हुस् ? ‘बा’ का छोरा–छोरी हुन नसकेकोमा चिन्ता छ, मलाई सिटामोल खान मन थिएन, मलाई खोप लगाउन मन थिएन, मलाई ‘बा’ सँगसँगै बस्न मन थियो मलाई माया ...
प्रदेश १ मा थपिए १००५ कोरोना संक्रमित

प्रदेश १ मा थपिए १००५ कोरोना संक्रमित

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा १ हजार ५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६२, मोरङमा ३५१, सुनसरीमा १६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभा, तेह्रथुम, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको विर्तामोडमा ७३, दमकमा ७०, मेचीनगरमा ४६, भद्रपुरमा ३४, कनका...
धनकुटाका थप १६ जनामा कोरोना संक्रमण

धनकुटाका थप १६ जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप १६ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा ४५ जनाको पीसीआर परीक्षण गर्दा ९ महिला र ७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । धनकुटा नगरपालिकामा ११ जना, पाख्रीबास नगरपालिकाका ३ जना र शहिदभूमि गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको धनकुटा अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । धनकुटा–१ का ४८, ३४, २९ र २७ बर्षीया महिला, धनकुटा–४ का ३५ ब...
तिनजुरे, मिल्के र जलजले क्षेत्रमा ढकमक्क फुल्यो लालीगुराँस

तिनजुरे, मिल्के र जलजले क्षेत्रमा ढकमक्क फुल्यो लालीगुराँस

तेह्रथुम । तिनजुरे, मिल्के र जलजले क्षेत्रमा ढकमक्क लालीगुराँस फुलेको छ । गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छन् । पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यटनको प्रवेशद्वार मानिन्छ । यो नगरपालिकाको पूर्व सिमाना पिङगुवा खोलाले छुट्टयाएको छ भने पश्चिम सिमाना धनकुटा जिल्लाको पानी ढलो डाँडाले छुट्टयाएको छ । त...
खैरो हिरोइनसहित दुई जना पक्राउ

खैरो हिरोइनसहित दुई जना पक्राउ

झापा । झापाको बुद्धशान्ती गाउँपालिका ३ धाईजन चौकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३१ बर्षीय भिमल बस्नेत र २९ बर्षीय बिशाल बस्नेत छन् । ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिवार बेलुका करिब ६ बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) २ ग्राम ४ सय मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
२०७८ जेठ १६ गते आइतवारको राशिफल

२०७८ जेठ १६ गते आइतवारको राशिफल

बि.सं. २०७८ साल जेठ १६ गते आइतवार ई.सं.२०२१ मे ३० नेपाल सम्बत ११४१ बछलागा पञ्चमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण पक्ष चतुर्थी तिथी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, शुक्ल योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः८ बजे, सूर्यास्त साँझ ६:५४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको ...
पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष भण्डारीको निधन

पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष भण्डारीको निधन

विराटनगर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको शनिवार निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि झापाको बिर्ता सिटी अस्पतालमा उपचार गराइरहेका भण्डारीको दिउँसो करिब २ बजे निधन भएको हो । स्वास्थ्यमा समस्या बढेपछि भण्डारीलाई बैशाख २८ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । डाक्टरले उनको स्वास्थ्यमा सुधार हुँने संभावना नरहेको भन्दै घर लैजान भनेका थिए । अस्पतालबाट घ...
प्रदेश १ मा थपिए ७०१ कोरोना संक्रमित, ९९५ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ७०१ कोरोना संक्रमित, ९९५ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ७०१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २०६, झापामा २०५, सुनसरीमा १२१, धनकुटामा ५५, संखुवासभामा ४०, खोटाङमा १३, इलाममा ८, उदयपुरमा ५, पाँचथर र भोजपुरमा३/३, तह्रथुममा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६७ महिला र ७८ पुरुषसहित १४५, सुन्दरहरैंचामा २५...
निषेधाज्ञा अवधिमा विद्युत महसुल छुट: २० युनिटसम्म निःशुल्क, बढी खपत गर्नेलाई पनि सहुलियत

निषेधाज्ञा अवधिमा विद्युत महसुल छुट: २० युनिटसम्म निःशुल्क, बढी खपत गर्नेलाई पनि सहुलियत

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा अवधिमा सरकारले विद्युत महसुलमा छुट दिने भएको छ । शनिवार आगामी आर्थिक बर्ष २०७८/०८९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले विद्युत महसुल छुटको योजना सार्वजनिक गरेका हुन् । अर्थमन्त्री पौडेलले निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत छुट दिइने बताए । त्यस्तै, मासिक १५० युनिटसम्म...
सरकारले बृद्धभत्ता ४ हजार पुर्यायो

सरकारले बृद्धभत्ता ४ हजार पुर्यायो

काठमाडौं । सरकारले बृद्धभत्ता बढाएको छ । ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर ४ हजार पुर्याइएको हो । आगामी आर्थिक बर्ष २०७८/०८९ को बजेट शनिवार सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले भत्ता बृद्धी गरिएको जानकारी दिएका हुन् । सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए । बृद्धी भएको भत्ता साउन ...
धनकुटामा होम आइसोलेशनमा बसेका कोरोना संक्रमितको मृत्यु

धनकुटामा होम आइसोलेशनमा बसेका कोरोना संक्रमितको मृत्यु

धनकुटा । धनकुटामा होम आइसोलेशनमा बसेका एक कोरोना संक्रमित बृद्धको शनिवार विहान मृत्यु भएको छ । धनकुटा नगरपालिका–४ देब्रेवासका ६० बर्षीय कोरोना संक्रमित बृद्धको बिहान करिब ४ बजे घरमै मृत्यु भएको हो । जेठ १० गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी घरमै ‘होम आइसोलेशन’ बसेका थिए । परिवार स्रोतका अनुसार सुरुमा उनलाई ज्वरो आएको थियो । पछि निको हुदै गयो...
error: Content is protected !!