विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ६९७ जना कोराना संक्रमित थपिएका छन् । मोरङमा २५०, झापामा १८०, सुनसरीमा १६३, तेह्रथुममा २५, खोटाङमा २३, धनकुटामा २१, उदयपुरमा ७, इलाममा ६, भोजपुरमा ३, पाँचथर र संखुवासभामा १/१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ५१ महिला र ९३ पुरुषसहित १४४, सुन्दरहरैंचामा ३०, उर्लाबारीमा १८, केराबारी र रतुवामाईमा १५/१५, बेलबारीमा १४, पथरीशनिश्चरे र बुढीगंगामा ३/३, मिक्लाजुङमा २, कटहरी, लेटाङ, जहदा, ग्रामथान, रंगेली र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको भद्रपुरमा ३९, मेचीनगरमा ३४, हल्दिबारीमा २२, दमकमा २०, अर्जुनधारामा १८, विर्तामोडमा १३, शिवसताक्षीमा १०, कमल गाउँपालिकामा ४, कचनकवल, बाह्रदशी र गौरीगञ्जमा ३/३, बुद्धशान्ति र कनकाईमा २/२ र स्थानीय तह नखुलेका ७ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
यता, सुनसरीको इनरुवामा ७९, इटहरीमा ४३, धरानमा २५, दुहवीमा ५, रामधुनीमा ४, गढीमा ३, कोशीगाउँपालिका, देवानगञ्ज, बराहक्षेत्र र भोक्राहानरसिंहमा १/१ तेह्रथुमको म्याङलुङमा २५, खोटाङको हलेसी तुवाचुङमा २३, धनकुटाको धनकुटा नगरपालिकमा १३, पाख्रिवासमा ३, शहिदभूमी र स्थानीय तह नखुलेका २/२, महालक्ष्मीमा १ जना संक्रमित थपिएका छन् । त्यस्तैगरी उदयपुरको रौतामाईमा २, त्रियुगामा १ र स्थानीय तह नखुलेका ४, इलामको इलाम नगरपालिकामा ५ र चुलाचुलीमा १, भोजपुरको भोजपुर नगरपालिकामा ३, पाँचथरको फिदिम र संखुवासभाको खाँदबारीमा १/१ र प्रदेश १ बाहिरका १७ जनामा पुष्टि भएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५८ हजार ७९ पुगेको छ । प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४५ महिला र ५४८ पुरुष छन् । मन्त्रालयका अनुसार हालसम्म ३६ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २० हजार ६२२ पुगेको छ । प्रदेश १ मा आज १हजार ७०६ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये २७७ महिला र ४२० पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।
















