सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ नहर चोकबाट लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ गरेका छन् । भारतको अररिया बेला बासमतिया बिहारका २८ बर्षीय मजरुल हकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।
सोमबार दिउँसो साढे ३ बजे लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट डाइलक्स डीसी–५०२ थान, नाईट्रोसन २०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २८८ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
उनको कारोवारका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
















