- संगालोखबर सम्वाददाता

काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको आज अपरान्ह निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचाररत थापाको अपरान्ह ४ः२५ बजे निधन भएको अस्पतालले जनाएको छ ।

Advertisement

अस्पतालका प्रवक्ता तथा मेडिकल सुपरिडेन्डेन्ट डा.राज राणा र मुटु शल्यचिकित्सक डा.विजय राजवंशीले प्रेस वक्तव्य जारी गर्दै थापाको मृत्यु भएको पुष्टि गरेका हुन् । ‘१७ गते उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको भएपनि शरीरका अंगहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको र जटिल संक्रमणको प्रभाव रहेकाले स्वास्थ्य स्थितीमा परिवर्तन आउँन सकेको थिएन । कित्सकहरुको अथक प्रयास र सवैको सुभेच्छाका वावजुत पनि उहाँको शरिरिक अवस्था सुढृढ हुँन सकेन ।’ अस्पतालले जारी गरेको प्रेस बक्तव्यमा भनिएको छ, ‘मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उहाँको असामयिक निधन भएको अवगत गराउँदछौं ।’

४४ बर्षीय थापा कोरोना संक्रमणसँगै गम्भीर विरामी परेपछि सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि जेठ १४ गते उनलाई मेडिसिटी अस्पताल ल्याइएको हो । त्यहाँ उनको इक्मो प्राविधिबाट उपचार भइरहेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!