धनकुटा । धनकुटाका थप १६ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा ४५ जनाको पीसीआर परीक्षण गर्दा ९ महिला र ७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।
धनकुटा नगरपालिकामा ११ जना, पाख्रीबास नगरपालिकाका ३ जना र शहिदभूमि गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको धनकुटा अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए ।
धनकुटा–१ का ४८, ३४, २९ र २७ बर्षीया महिला, धनकुटा–४ का ३५ बर्षीय पुरुष, धनकुटा–६ का ३४ बर्षीय पुरुष, ३३ र ८५ बर्षीया महिला, धनकुटा–७ का ४१ बर्षीया महिला, ७९ बर्षीय पुरुष, र धनकुटा–१० का ५६ बर्षीय पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै पाख्रीबास–४ का २८ बर्षीय पुरुष, ३६ बर्षीया महिला र पाख्रीबास–८ का ४१ बर्षीय महिला संक्रमित भएका छन् । त्यस्तैगरी शहिदभूमि–२ का ४० बर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
यता, संखुवासभाको खाँदवारी–१ घर भई धनकुटा बस्दै आएका ३४ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । योसँगै धनकुटामा कोरोना संक्रमण पुष्टि हुँनेको संख्या ९३० पुगेको छ । जसमध्ये १४ जनाको मृत्यु भएको छ भने ३७४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५४२ छ ।
















