धनकुटा । धनकुटामा आज साँझ २१ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पतालको ल्यावमा ४४ जनाको पीसीआर परीक्षण गर्दा १२ पुरुष र ९ महिलामा संक्रमण देखिएको हो ।
धनकुटा नगरपालिकाका १३ जना, शहिदभूमि गाउँपालिकाका ७ जना र पाख्रीबास नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको धनकुटा अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए ।
धनकुटा–१ का ३२ र ३४ बर्षीय पुरुष, ३२ र ५० बर्षीया महिला, धनकुटा–६ का २५, ४० र ५९ बर्षीय पुरुष, ३१ र ३६ बर्षीया महिला, धनकुटा–७ का २० बर्षीय पुरुष र ३५, ४६ र ३५ बर्षीया महिलामा संक्रमण देखिएको छ । त्यस्तै शहिदभूमि–४ का २२, २४, २६, २९ र ६० बर्षीय पुरुष, १४ र २९ बर्षीया महिला संक्रमित भएका छन् । यता, पाख्रीबास–४ का २६ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
योसँगै धनकुटामा कोरोना संक्रमण पुष्टि हुँनेको संख्या ९५१ पुगेको छ । जसमध्ये ३७४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५६३ छ ।
















