धनकुटा । धनकुटामा आज साँझ थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा ८ जनाको पीसीआर परीक्षण गर्दा ३ पुरुष र ३ महिलामा संक्रमण देखिएको हो ।
धनकुटा नगरपालिकाका ४ जना, पाख्रीबास नगरपालिका र छथर जारपाटी गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको धनकुटा अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए ।
धनकुटा–२ का ८८ बर्षीय पुरुष, धनकुटा–५ का ५५ बर्षीया महिला, धनकुटा–६ का २५ बर्षीय पुरुष र धनकुटा–१० का ६३ बर्षीया महिलामा संक्रमण देखिएको हो । त्यस्तै पाख्रीबास–४ का २९ बर्षीय पुरुष र छथर जोरपाटी–६ का ५६ बर्षीया महिला संक्रमित भएका छन् ।
योसँगै धनकुटामा कोरोना संक्रमण पुष्टि हुँनेको संख्या ९५७ पुगेको छ । जसमध्ये ३७४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५६९ छ ।
















