सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । नेपाली काँग्रेसका जिल्ला सचिव विजय सन्तोषी राईले विरामी वोक्न प्रयोग गरिदै आएको मारुती भ्यानका चालकलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) सहित स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । पाख्रीवास नगरबासीलाई निःशुल्क अस्पताल पुर्याउँन काँग्रेस पाख्रीवास नगर कार्य समितिले सञ्चालनमा ल्याएको मारुती भ्यानका चालक बिष्णुकुमार राईलाई सचिव राईले सामाग्री प्रदान गरेका हुन् ।

Advertisement

पाख्रीवासबाट विरामी लिएर जिल्ला अस्पताल आएका बेला आइतवार दिउँसो भ्यान चालकलाई सचिव राईले व्यक्तिगत रुपमा दुई वटा पीपीई सेट, फेस सिल्ड, मास्क, चस्मा र सेनिटाईजर प्रदान गरेका हुन् । महामारीका बेला विरामी वोक्दा कोरोना संक्रमणको जोखिम हुँने भएकाले स्वास्थ्य सावधानी अपनाउँन चालकलाई व्यक्तिगत रुपमा सामाग्री प्रदान गरेको सचिव राईले जानकारी दिए ।

पाख्रीवासबासीलाई पीसीआर परीक्षण गराउँन र कोरोना संक्रमण भई उपचार गराउँन जान र आउँनका लागि काँग्रेसले केही दिन अघिदेखि निःशुल्क मारुती भ्यानको व्यवस्था मिलाएको हो । सो भ्यानले पाख्रीवास बजार र उत्तरपानी धर्मशालादेखि धनकुटा र धरानका अस्पतालसम्म विरामीलाई पुर्याउँन र अस्पतालबाट ल्याउँन निःशुल्क सेवा प्रदान गर्ने काँग्रेसले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!