विनायो वादन प्रतियोगिता सुरु

विनायो वादन प्रतियोगिता सुरु

धनकुटा । किराँत राई साँस्कृतिक कलाकार संघले विनायो वादन खुल्ला प्रतियोगिता आयोजना गरेको छ । संघको १६ औं स्थापना दिवसको अवसर पारेर आइतवारबाट विश्वव्यापी अनलाइन कोङकोङमा (विनायो) वादन खुल्ला प्रतियोगिता सुरु गरिएको हो । कोङकोङमा (विनायो) किराँतीहरुको ऐतिहासिक बाजा भएकाले यसलाई संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले खुल्ला प्रतियोगिता आयोजना गरिएको किराँत राई साँस्कृतिक कलाकार संघका केन्द्रिय सदस्य ...
२०७८ जेठ २३ गते आइतवारको राशिफल

२०७८ जेठ २३ गते आइतवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग :...
धनकुटामा घरबाटै चोरी भयो मोटरसाइकल

धनकुटामा घरबाटै चोरी भयो मोटरसाइकल

धनकुटा । धनकुटा नगरपालिका–६ पात्लेखोलाबाट मोटरसाइकल चोरी भएको छ । शुक्रबार राती पात्लेखोलास्थित घरबाटै सुजन सुवेदीको को.३२ प ३३२० नम्बरको एफजेड मोटरसाइकल चोरी भएको हो । आँगनमा राखेको मोटरसाइकल राती चोरी भएको सुवेदीले बताए । ‘आँगनमा मोटरसाइकल राखेको थियो । बिहान उठेर हेर्दा त चोरी भइसकेको रहेछ,’ सुवेदीले संगालोखबरसँग भने, ‘आज दिनभर सबैतिर खोजी गर्यौं । तर, कतै फेला परेन ।’ मोटरसाइकल हराएपछि सुव...
सहिदभूमिका ४७ जनाले जिते कोरोना

सहिदभूमिका ४७ जनाले जिते कोरोना

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा हालसम्म ४७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएका १४६ जनामध्ये ४७ जनाले कोरोनालाई जितेर संक्रमणमुक्त हुँन सफल भएका हुन् । गाउँपालिकामा हालसम्म पीसीआर बिधिबाट परीक्षण गर्दा १०३ जना र एन्टिजेन विधिवाट परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४७ जना संक्रमणमुक्त भएका छन भने ९९ जना सक्रिय संक्रमित रहेको गाउ...
धनकुटा अस्पतालमा कोरोना संक्रमितका कुरुवा बस्न टागियो टेन्ट, शव पोको पार्ने झोला पनि प्रदान

धनकुटा अस्पतालमा कोरोना संक्रमितका कुरुवा बस्न टागियो टेन्ट, शव पोको पार्ने झोला पनि प्रदान

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा कोरोना संक्रमितका आफन्त बस्नका लागि शनिवार टेन्ट टागिएको छ । नेपाली सेनाको बरख गण सल्लेरी व्यारेक र सशस्त्र प्रहरी बल ६ नम्वर गुल्मले अस्पताल परिषरमा एक/एक वटा टेन्ट टाँगेका हुन् । यसअघि धनकुटाको औद्योगिक ग्रामस्थित आइसोलेशनमा मात्र कोरोना संक्रमित राख्ने गरिएको भएपनि अहिले स्वास्थ्यमा समस्या देखिएका कोरोना संक्रमितहरुलाई जिल्ला अस्पतालमा राखेर उपचार गर्ने गरिएक...
मोटरसाइकल चोरीमा संलग्न सात जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न सात जना पक्राउ

मोरङ । मोटरसाइकल चोरीमा संलग्न सात जनालाई प्रहरीले इटहरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी १३ का २८ बर्षीय राजेश मेहता, इटहरी २० का ३८ बर्षीय बलराम गुरूङ, इटहरी २ का ३९ बर्षीय सुवास लिम्बु, इटहरी ३ का ३० बर्षीय मचिन राई, इटहरी ४ का २१ बर्षीय गोलमोल राई, १९ बर्षीय रोमन परियार र २१ बर्षीय मनोज परियार छन् । जेठ १२ गते राती मोरङको सुन्दरहरैंचा ४ का मदनकुमार चौधरीको प्र–१–०५–००१ प–००६१ नम्बरक...
कविताः जलेको मूल कानुन र वातावरण दिवस

कविताः जलेको मूल कानुन र वातावरण दिवस

मूल कानुन जलेको त्यो दिन हावा मात्र प्रदुषित थिएन माटो, रातो र चन्द्र सुर्य झन्डा मेरो मन, मुटु राष्ट्रियता पिल्सिनेगरी प्रदुषित भए'थ्यो आज वातावरण दिवस म मूल कानुन बाल्नेहरुसँग मनाईरहेछु त्यसैले आज मेरो वातावरण सङ्लीरहेछ, आहा ! संसारमा मेरो देश कुरुपता भित्र हाँसिरहेछ ।
झापामा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापाको कचनकवल गाउँपालिका–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा स्थानीय ४० बर्षीय डोलु आलम मियाको मृत्यु भएको हो । शुक्रबार बेलुका करिब ६ बजे घटना भएको हो । स्थानीय श्याम भेटवालको घरमा धान काट्न गएका बेला कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्...
२०७८ जेठ २२ गते शनिवारको राशिफल

२०७८ जेठ २२ गते शनिवारको राशिफल

बि.सं. २०७८ साल जेठ २२ गते शनिवार ई.सं.२०२१ जुन ५ नेपाल सम्बत ११४१ बछलागा एकादशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण पक्ष नवमी तिथी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, सौभाग्य योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः७ बजे, सूर्यास्त साँझ ६:५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको ...
काठमाडौं उपत्यकामा खुकुलो पारियो निषेधाज्ञा (भिडियो रिपोर्टसहित)

काठमाडौं उपत्यकामा खुकुलो पारियो निषेधाज्ञा (भिडियो रिपोर्टसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारबाट निषेधाज्ञा केही खुकुलो पारिएको छ । निषेधाज्ञा खुकुलो पार्दै जेठ ३१ गतेसम्म थप १० दिन निषेधाज्ञा लम्ब्याइएको हो । निषेधाज्ञा अवधिमा खाद्यान्न, किराना, तरकारी तथा फलफूल पसल, दुध डेरी, मासु पसल, ग्याँस पसल बिहान ९ बजेसम्म खोल्न दिइएको छ । यसअघि त्यस्ता पसलहरुसमेत खोल्न रोक लगाइएको थियो । प्रशासनले अनुमति दिएपछि खाद्य तथा किराना पसलहरु बिहानैदेखि खुलेका छन्...
कथाः साइबर प्रेम (भाग–३)

कथाः साइबर प्रेम (भाग–३)

मैले मेरो वास्तविकता बताउन नपाई ऊ म बाट टाढा भयो । मैले भेटेर नै सबै कुरा भन्छु भन्ने सोचाई राख्नु नै मेरो गल्ति भयो । मैले सबै कुरामा च्याटमा भनेको भए पनि त हुने । फेरी म आफैं परिबन्धमा परेको थिए । कस्तो अफ्ठेरो दिन । उफ् जिन्दगीले पनि कता डोर्याउने । कम्तिमा सम्पर्कमै भएको भए पनि सबै कुरा लेख्नु हुन्थ्यो । सायद मसँग आएको पुरुषलाई चिनाउदा उसलाई मैले धोका दिएको ठानेर पो अलग भएको हो कि ! फेरी उसक...
संखुवासभामा किरियापुत्री बसेका दम्पतीको आगोमा जलेर मृत्यु

संखुवासभामा किरियापुत्री बसेका दम्पतीको आगोमा जलेर मृत्यु

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परी किरियापुत्री बसेका दम्पतीको मृत्यु भएको छ । गएराती करिब १ बजे घरमा आगलागी हुँदा किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र उनकी श्रीमती ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको हो । एक साता अघि मृत्यु भएका ८४ वर्षीय बुबा कृष्णप्रसादको किरिया गर्न बसेका बेला घरमा आगलागी भएर दम्पतीको मृत्यु भएको संखुवासभाका प्रहरी प्रमुख ...
प्रदेश १ मा थपिए ८५१ कोरोना संक्रमित, ९९३ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ८५१ कोरोना संक्रमित, ९९३ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ८५१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३३९, मोरङमा २५६, सुनसरीमा १९७, उदयपुरमा २७, इलाममा ६, पाँचथर, धनकुटा र भोजपुरमा ४/४, संखुवासभामा २, तह्रथुममा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको मेचीनगरमा १०५, विर्तामोडमा ५६, शिवसताक्षीमा ३८, कनकाईमा २७, अर्जुनधारामा २५, गौरीगञ्जमा ...
वीपीको डेपुटी अस्पताल निर्देशकमा मिश्र नियुक्त

वीपीको डेपुटी अस्पताल निर्देशकमा मिश्र नियुक्त

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशकमा डा. दिव्यराज मिश्र नियुक्त भएका छन् । प्रतिष्ठानको पम्मोनोलोजी एण्ड स्पिल मेडिसिन विभागमा एसोसिएट प्रोफेसर रहेका डा. मिश्रलाई डेपुटी अस्पताल निर्देशकमा नियुक्त गरिएको हो । प्रतिष्ठानको सो पद यसअघि रिक्त थियो । अस्पताल निर्देशकको सिफारिसमा उपकूलपतिले उनलाई नियुक्त गरेको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोख...
चोरी भएको मोटरसाइकलसहित तीन जना पक्राउ

चोरी भएको मोटरसाइकलसहित तीन जना पक्राउ

सुनसरी । मोटरसाइकल चोरीमा संलग्न तीन जना इटहरीको खनारबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उप–महानगरपालिका–२ का ४० बर्षीय सुवासचन्द्र राई, इटहरी २० का ३८ बर्षीय बलराम गुरुङ र इटहरी–१३ का २६ बर्षीय राजेश मेहेता छन् । जेष्ठ १२ गते मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बाट गजेन्द्र राईको प्रदेश–१–०५–००१ प.००६१ न.को एनएस २ सय सीसीको मोटरसाईकल हराएको थियो । मोटरसाइकल हराएपछि राईले खोजतलासका लागि प्रहर...
सुनको मूल्य १५ सय घट्यो

सुनको मूल्य १५ सय घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेर ९३ हजार ४ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले घटेको हो । बिहीबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ३४० रुपैया...
२०७८ जेठ २१ गते शुक्रबारको राशिफल

२०७८ जेठ २१ गते शुक्रबारको राशिफल

बि.सं. २०७८ साल जेठ २१ गते शुक्रबार ई.सं.२०२१ जुन ४ नेपाल सम्बत ११४१ बछलागा दशमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण पक्ष नवमी तिथी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, आयुष्मान योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः७ बजे, सूर्यास्त साँझ ६:५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै ...
धनकुटामा कोरोना संक्रमित महिलाको मृत्यु

धनकुटामा कोरोना संक्रमित महिलाको मृत्यु

धनकुटा । धनकुटामा बिहिबार एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पाख्रीवास नगरपालिका–१० चुङवाङ्गकी ५५ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि घरमै ‘होम आइसोलेशन’ बसेकी उनको दिउँसो करिब १ बजे मृत्यु भएको पाख्रीवास नगरपालिकाका मेयर बिर्षबहादुर राईले बताए । पीसीआर परीक्षण गर्दा उनमा ८ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि उनी घरमै बसेकी...
प्रदेश १ मा थपिए ७६४ कोरोना संक्रमित, ९८२ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ७६४ कोरोना संक्रमित, ९८२ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ७६४ जना संक्रमित थपिएका छन् । सुनसरीमा ३०१, मोरङमा २०२, झापामा १२२, पाँचथरमा ७०, खोटाङमा १६, इलाममा १०, संखुवासभामा ६, धनकुटामा ५, उदयपुरमा २, तेह्रथुम र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १३६, धरानमा ९०, बराहक्षेत्रमा ३३, दुहवीमा ११, इनरुवामा ८, गढीमा ५, ...
धनकुटामा चार जनाको पीसीआर परीक्षण गर्दा चारै जनामा कोरोना संक्रमण पुष्टि

धनकुटामा चार जनाको पीसीआर परीक्षण गर्दा चारै जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटा जिल्ला अस्पतालको ल्याबमा बिहिबार चार जनाको पीसीआर परीक्षण गर्दा चारै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई महिला र दुई पुरुषको पीसीआर परीक्षण गर्दा सबैको रिपोट पोजिटिभ आएको हो । पीसीआर परीक्षण संख्याको आधारमा धनकुटामा पहिलो पटक सत प्रतिशत व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । छथर जोरपाटी गाउँपालिका–५ र ६ नं. वडाका ३२/३२ बर्षीया महिला, पाख्रीवास नगरपालिका–३ का २८ बर्षीय पु...
प्रदेश प्रमुखले बोलाए बजेट अधिवेशन

प्रदेश प्रमुखले बोलाए बजेट अधिवेशन

विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख प्यासीले जेठ २४ गते दिउँसो २ बजेका लागि प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन आह्वान गरेका हुन् । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यसअघि बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री शेरधन राईले विपक्षी ...
मोरङको केरावारीमा सिकार खेल्दा साथीको हत्या गरेको अरोपमा थप चार जना पक्राउ

मोरङको केरावारीमा सिकार खेल्दा साथीको हत्या गरेको अरोपमा थप चार जना पक्राउ

मोरङ । सिकार खेल्ने क्रममा आफ्नै साथीले चलाएको गोली लागेर मोरङको केरावारी गाउँपालिका–३ का हस्तबहादुर राईको मृत्यु भएपछि प्रहरीले सिकार खेल्न गएका थप चार जना युवाहरुलाई पक्राउ गरेको छ । ३२ बर्षीय राईको हत्या आरोपमा प्रहरीले बुधबार ४ थान भरुवा बन्दुकसहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा केराबारी गाउँपालिका–३ का ४४ बर्षीय डिकबहादुर राई, ३६ बर्षीय बुद्धबीर लिम्बु, १९ बर्षीय रामप्रसाद राई र...
उदयपुरमा कोरोनाबाट एक हप्ताभित्र आमा र दुई छोराको मृत्यु

उदयपुरमा कोरोनाबाट एक हप्ताभित्र आमा र दुई छोराको मृत्यु

उदयपुर । कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइँला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु भएको थियो । आज बिहान होम आइसोलेशनमा नै उपचार गराउँदै गरेकी ६५ वर्षीया आमाको पनि मृत्यु भ...
धनकुटा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष घिमिरेलाई पितृशोक

धनकुटा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष घिमिरेलाई पितृशोक

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष एवं हिलेका व्यावसायी उमेश घिमिरेलाई पितृशोक परेको छ । व्यावसायी घिमिरेका वुवा निलबहादुरको ८१ बर्षको उमेरमा आज बिहान निधन भएको हो । परिवार स्रोतका अनुसार उनी करिब १५ दिन अघिदेखि विरामी परेका थिए । सुरुमा ज्वरो आएर सिकिस्त हुँदै गएपछि उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्याइएको थियो । उनमा निमोनियाको समस्या देखिएको थियो । पीसीआ...
प्रदेश १ को बर्खे अधिवेशन सोमबार गर्ने निर्णय

प्रदेश १ को बर्खे अधिवेशन सोमबार गर्ने निर्णय

विराटनगर । प्रदेश १ को बर्खे अधिवेशन आगामी सोमबार हुँने भएको छ । प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहिबार बिहान बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले सोमबार दिउँसो २ बजे बर्खे अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले जेठ २४ गते प्रदेश सभा भवनमा अधिवेशन गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिए । उनका अनुसार मन्...
२०७८ जेठ २० गते बिहीवारको राशिफल

२०७८ जेठ २० गते बिहीवारको राशिफल

बि.सं. २०७८ साल जेठ २० गते बिहीवार ई.सं.२०२१ जुन ३ नेपाल सम्बत ११४१ बछलागा नवमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण पक्ष अष्टमी तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, प्रीति योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः८ बजे, सूर्यास्त साँझ ६:५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिश...
मैले जन्माउन नपाएको छोरा

मैले जन्माउन नपाएको छोरा

ओहो त्यो पेट दुखाई , अहिले पनि त्यो सम्झदा जिउ सिरिगं हुन्छ । पीडाले प्राण नै निस्केला जस्तो मेरो छटपटाहट अनि त्यसको केहि बेरमा बेहोसतुल्य भएको मेरो शरीर । रक्तचाप घटेर ८०/४० भएपछि रिगंटा र कमजोरीले एक साथ गाजेको मलाई । अनि त्यसमाथि हस्पिटल पुगेर गाइने ओपिडी, सर्जरी ओपिडी अनि मेडिकल ओपिडी चाहार्दै भिडियो एक्स–रे को कोठामा मात्र बिताएको दुई घण्टा । ओ माइ गड, त्यो दिन अर्थात २०७८ बैशाख ८ गतेको दिन...
धनकुटाका तीन जनामा कोरोना

धनकुटाका तीन जनामा कोरोना

धनकुटा । धनकुटाका थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा पाँच जनाको पीसीआर परीक्षण गर्दा दुई महिला र एक पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । पाख्रीवास नगरपालिका–३ का ४९ बर्षीया महिला, पाख्रीवास–८ का १५ महिने नावालक र धनकुटा–५ का ७५ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । धनकुटामा केही दिनयता पीसीआ...
प्रदेश १ मा एकैदिन १ हजार ४२ जना कोरोनामुक्त, ७१८ जनामा संक्रमण

प्रदेश १ मा एकैदिन १ हजार ४२ जना कोरोनामुक्त, ७१८ जनामा संक्रमण

विराटनगर । प्रदेश १ मा आज १,०४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष छन् । मोरङबाट मात्रै आज ५४५ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ४३० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैबीच, प्रदेश १ मा विगत २४ घण्टाको अवधिमा १ हजार ८ सय २ जनाको पीसीआर परीक्षण गर्दा ७१८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमण ...
प्रदेश १ सरकारले प्रदेश आर्थिक कार्यविधि ऐन संशोधन गर्न अध्यादेश जारी गर्ने

प्रदेश १ सरकारले प्रदेश आर्थिक कार्यविधि ऐन संशोधन गर्न अध्यादेश जारी गर्ने

विराटनगर । कानून बमोजिम तोकिएको समयमा बजेट अधिवेशन आह्वान नगरेको प्रदेश १ सरकारले प्रदेश आर्थिक कार्यविधि ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ । बुधबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले पूर्वबजेट छलफलको समय घटाउने अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ मा बजेट आउनु १५ दिन अगावै प्रि–बज...
संखुवासभाका कोरोना संक्रमित पुरुषको मृत्यु

संखुवासभाका कोरोना संक्रमित पुरुषको मृत्यु

धरान । संखुवासभाका कोरोना संक्रमित एक पुरुषको आज मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सभापोखरी–३ का ५० बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । उनमा गत बिहिवार कोराना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि उनी शुक्रवार प्रतिष्ठानको कोभिड हस्पिटलमा भर्ना भएका थिए । उपचारकै क्रममा दिउँसो साढे १२ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुर...
error: Content is protected !!