संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गबाट ठूलो परिमाणमा गाँजासहित एक जना पक्राउ परेका छन् । १६५ किलो गाँजासहित स्थानीय ४० बर्षीय गणेश यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पौने ३ बजे गाँजासहित यादवलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अबस्थामा ६ बोरा तयारी गाँजा बरामद भएको छ ।

पक्राउ परेका यादवविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ वमोजिम कारबाही प्रकृया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!