
विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ७०१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २०६, झापामा २०५, सुनसरीमा १२१, धनकुटामा ५५, संखुवासभामा ४०, खोटाङमा १३, इलाममा ८, उदयपुरमा ५, पाँचथर र भोजपुरमा३/३, तह्रथुममा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६७ महिला र ७८ पुरुषसहित १४५, सुन्दरहरैंचामा २५, कटहरीमा ११, बुढीगंगामा १०, बेलबारीमा ४, मिक्लाजुङ र ग्रामथानमा २/२,पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, उर्लाबारी र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको दमकमा ५८, विर्तामोडमा ३९, भद्रपुरमा २३, अर्जुनधारामा २१, शिवसताक्षीमा ११, कनकाईमा १५, मेचीनगरमा १२, बुद्धशान्तिमा ८, बाह्रदशीमा ७, गौरीगञ्ज र कमल गाउँपालिकामा ३/३, कचनकवल र स्थानीय तह नखुलेका २/२, गौरादहमा १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
यता, सुनसरीको धरानमा ५३, इटहरीमा ४३, दुहवीमा ६, बर्जुमा ५, इनरुवा र बराहक्षेत्रमा ४/४, रामधुनीमा ३, गढी र स्थानीय तह नखुलेका २/२, धनकुटाको शहिदभूमीमा २०, धनकुटा नगरपालिकामा १९, महालक्ष्मीमा ८, पाख्रीवासमा ५, छथरमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको पाँचखपनमा २०, खाँदबारीमा १३, धर्मदेवीमा ४, सिलिचोङ, मकालु र सभापोखरीमा १/१, खोटाङको खोटेहाङमा १२ र स्थानीय तह नखुलेका १ जना संक्रमित थपिएका छन् ।
त्यसैगरी, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २/२, माई, सुर्योदय, माङ्सेवुङ र स्थानीय तह नखुलेका १/१, उदयपुरको त्रियुगामा ३, स्थानीय तह नखुलेका २, पाँचथरको फिदिममा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिकामा ३, तेह्रथुमको लालीगुराँसमा २, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेश १ माकोरोना संक्रमितको संख्या ५६ हजार ३७७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ९८७ पुगेको छ । प्रदेश १ मा आज ९९५जना संक्रमणमुक्त भएका छन् । मोरङमा सबैभन्दा बढी ३४६ जना संक्रमणमुक्त भएका हुन् । मन्त्रालयका अनुसार ४३१ महिला र ५६४ पुरुष संक्रमणमुक्त भएका छन् । हालसम्म कूल ३५ हजार ५३२ जना संक्रमणमुक्त भएका छन् ।
प्रदेश १ मा आज १ हजार ८७४ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये २९१ महिला र ४१० पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।















