संगालोखबर सम्बाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिममा प्रदेश १ मा ६६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २७२, सुनसरीमा १८५, झापामा १३३, धनकुटामा २५, उदयपुरमा ७, इलाममा ६, ताप्लेजुङमा ३, सोलुखुम्वु, संखुवासभा, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७० महिला र ९४ पुरुष सहित १६४, सुन्दरहरैंचामा ३३, बुढीगंगामा २३, उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ७, कटहरीमा ६, जहदामा ४, धनपालथान, मिक्लाजुङ र ग्रामथानमा ३/३, बेलबारी र सुनबर्षीमा २/२, रतुवामाईमा १ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको धरानमा ७५, इटहरीमा ६३, इनरुवामा ९, दुहवी र बर्जुमा ७/७, बराहक्षेत्रमा ६, कोशी गाउँपालिका र गढीमा ३/३, रामधुनी र देवानगञ्जमा २/२, भोक्राहानरसिंह र हरिनगरमा १/१ र स्थानीय तह नखुलेका ६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

यता, झापाको भद्रपुरमा ६३, विर्तामोडमा १९, दमकमा ११, मेचीनगर र हल्दिबारीमा ८/८, कचनकवल र अर्जुनधारामा ५/५, बाह्रदशी र कनकाईमा ४/४, कमल गाउँपालिकामा ३, गौरीगञ्जमा १ र स्थानीय तह नखुलेका २ जना, धनकुटाको धनकुटा नगरपालिकामा १६, शहिदभूमीमा ७, पाख्रिवास र चौवीसेमा १/१, उदयपुरको त्रियुगामा २, चौदण्डीगढी र बेलकामा १/१ र स्थानीय तह नखुलेका ३ जना संक्रमित थपिएका छन् । त्यस्तैगरी इलामको चुलाचुलीमा ३, इलाम नगरपालिका, रोङ र सुर्योदयमा १/१, ताप्लेजुङको श्रीजंगामा १ र स्थानीय तह नखुलेका २, सोलुखुम्वुमा १ , संखुवासभाको पाँचखपन, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको साकेलामा १/१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५८ हजार ७४२ पुगेको छ । प्रदेश १ मा आज ७८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमुणमुक्त हुनेमा ३५८ महिला र ४२३ पुरुष रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ३४५ पुगेको छ । सक्रिय संक्रमितको २० हजार ४९४ छन् ।

प्रदेश १ मा आज १ हजार ९८६ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये २६८ महिला र ३९५ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!