झापा । झापाको बुद्धशान्ती गाउँपालिका ३ धाईजन चौकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३१ बर्षीय भिमल बस्नेत र २९ बर्षीय बिशाल बस्नेत छन् ।
ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिवार बेलुका करिब ६ बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) २ ग्राम ४ सय मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
















