संगालोखबर सम्वाददाता

विराटनगर । इलाम र सुनसरीमा आज बिहान भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौकमा दक्षिणतर्फ जाँदै गरेको को २ त ८१८७ नम्बरको ट्याक्टरबाट लड्दा एक जनाको मृत्यु भएको छ ।

गुडिरहेको ट्याक्टरबाट लडेर पछाडिको चक्काले किच्दा ट्याक्टरका सहचालक खोटाङ साकेला गाउँपालिका १ डाँडागाँउका २२ बर्षीय विष्णुकुमार बस्नेतको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर र चालक बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौकका ४५ बर्षीय भिमबहादुर कार्कीलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीको नियन्त्रणमा लिएको छ ।

Advertisement

त्यस्तै इलाम नगरपालिका ११ आले चोकस्थित भित्री सडक खण्डमा बिर्तामोडबाट जितपुरतर्फ जादै गरेको ना २ ख ९२०५ नम्बरको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ठक्करबाट स्थानीय ८२ बर्षीय पदम बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो । ट्रक र चालक पाँचथर हिलिहाङ ७ का २३ बर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरी चौकी चिसापानी इलामको नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!