पानी तान्ने मोटरबाट करेन्ट लाग्दा दुई जनाको मृत्यु
झापा । झापाका दुई छुट्टा छुट्टै स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–३ र कमल गाउँपालिका–७ मा करेन्ट लागेर एक/एक जनाको मृत्यु भएको हो ।
बिहीबार दिउँसो साढे ३ बजे आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा अर्जुनधारा–३ का ८२ बर्षीया गलमाया खड्का घाइते भएकी थिइन् । उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लैजादै गर्दा...


























