
ओखलढुङ्गा । ओखलढुङ्गामा लडेर कुलोमा डुब्दा एक जनाको मृत्यु भएको छ । कुलोमा डुबेर मोलुङ गाउँपालिका–७ का २५ बर्षीय रबिन अधिकारीको मृत्यु भएको हो ।
सोमबार साँझ अधिकारी साथीहरुसँग स्थानीय मोलुङ खोलाबाट माछा मारेर घर फर्कने क्रममा मोलुङ गरही सिंचाइ कुलोको डिलबाट लडेका थिए । डिलबाट लड्दा कुलोको पानीमा डुबेर उनको मृत्यु भएको जानकारी पाएपछि प्रहरी चौकी प्राप्चा र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली घटनास्थल गएको थियो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।