रोलरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गमा गएराती सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोलरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक नबलपरासीको गैडाकोट–९ घर भई सुन्दरहरैंचा–८ बस्ने २५ बर्षीय गोकुल भनिने यामबहादुर थापाको मृत्यु भएको हो ।
राती करिब ८ बजे पूर्वबाट आउँदै गरेको अन टेस्ट रोलरमा सोही दिशाबाट आउँदै गरेको को ३५ प ५९७१ नम्बरको मोटरसाइकल ठोक्किएको हो । दुर्घ...























