ललितपुरको नख्खुमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
ललितपुर । ललितपुर महानगरपालिका–४ स्थित नख्खुमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र सफल हार्ट एण्ड डाइबेटिक सेन्टर नख्खु, बागडोलको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ७६५ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा ११३ जनाको रक्त परीक्षण, ९८ जनाको भिडियो एक्सरे र ८७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नाराय...


























