- रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटाको राजारानीमा सञ्चालित तेस्रो चौविसे रनिङ्ग कप फुटवल प्रतियोगितामा पुरुषतर्फ राजारानी र महिलातर्फ कुरुलेतेनुपाले उपाधि जितेको छ । राजारानीस्थित मझुवाटार खेल मैदानमा मंगलबार भएको पुरुषतर्फको खेलमा चौविसे–८ बसन्तटारलाई ८–० गोल अन्तरले पराजित गर्दै चौविसे–६ राजारानीले उपाधि जितेको हो । यता, महिलातर्फको खेलमा चौविसे–१, छ नं.वुधवारेलाई १–० गोलले पराजित गर्दै चौविसे–३ कुरुलेतेनुपाले उपाधि चुमेको हो ।

Advertisement

राजारानीलाई जित दिलाउँन आशिष लिम्बुले चार र किस्मत लिम्बुले दुई तथा गितल लिम्बु र चुवी लिम्बुले समान एक/एक गोल गर्दै टिमलाई उपाधि दिलाएका हुन् । उपाधि विजेता राजारानीले ६० हजार र उप–विजेता वसन्तटारले ४० हजार नगद पुरस्कार पाएको छ ।

यता, महिलातर्फ कुरुलेतेनुपालाई जित दिलाउँन दोस्रो हाफको ६ मिनेटमा सीता लिम्बुले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । महिलातर्फको विजेता कुरुलेतेनुपाले ३० हजार पाएको छ भने उप–विजेता छ नं. वुधवारेले २० हजारमा चित्त बुझाएको छ ।

बिजयी खेलाडीहरुलाई प्रदेश सभा सदस्य निरन राई, विनादेवी राई, चौविसे गाउँपालिका अध्यक्ष खजिन्द्र राई, आयोजक समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचाल लगायतले पुरस्कार प्रदान गरेका छन् । राजारानीस्थित रारा फुटवल क्लवको व्यवस्थापनमा चौविसे गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो ।

गत शनिवारदेखि सुरु भएको प्रतियोगिता चार दिनसम्म सञ्चालन भएको थियो । प्रतियोगिताको उपाधिका लागि पुरुष र महिलातर्फ आठ/आठ टिमबीच प्रतिष्प्रर्धा भएको आयोजकले जनाएको छ ।

यो पनि…

यस्तो देखियो चौविसे रनिङ्ग कप फुटबल (फोटो फिचर)

 

चौबिसे रनिङ्ग कप फुटबल : कुरुलेतेनुपाले जित्यो महिलातर्फको उपाधि

 

राजारानीले कब्जा गर्यो पुरुषतर्फको उपाधि

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!