संगालोखबर सम्बाददाता

धनकुटा । राष्ट्रिय स्वास्थ्यकर्मी संघ धनकुटाको अध्यक्षमा भोजराज भण्डारी निर्वाचित भएका छन् । संघको तेस्रो जिल्ला अधिवेशनले धनकुटा नगरपालिकामा कार्यरत भण्डारीको अध्यक्षतामा २३ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा सुमित्रा चेम्जोङ र अनिल सुवेदी चयन भएका छन् । त्यस्तै सचिवमा पुष्पराज ओझा, सह–सचिवमा टोपेन्द्र राई र कोषाध्यक्षमा युकेन राई चयन भएको संघले जनाएको छ ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य सकुन्तला बस्नेत, एमाले जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली, कार्यालय सचिव नैन विश्वकर्मा, नेपाल स्वास्थ्य प्राविधिक संघका राष्ट्रिय समिति उपाध्यक्ष रामचरण चौधरी, राष्ट्रिय स्वास्थ्यकर्मी संघका राष्ट्रिय परिषद सदस्य सुवास खतिवडा लगायतले मन्तब्यमार्फत वधाई तथा शुभकामना दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!