सुनसरी । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–५ स्थित पूर्व पश्चिम राजमार्गमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हँनेमा इनरुवा नगरपालिका–५ की ३८ बर्षीया निर्मला उराव छिन् ।
आइतबार बेलुका प्रदेश २–०१–००१ झ ००२८ नम्बरको एम्बुलेन्सले प्रदेश १–०२–०४१ प २१५५ नम्वरको स्कुटरलाई ठक्कर दिँदा उराव घाइते भएकी थिइन् । इनरुवा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।