संगालोखबर सम्बाददाता

ललितपुर । ललितपुर महानगरपालिका–४ स्थित नख्खुमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र सफल हार्ट एण्ड डाइबेटिक सेन्टर नख्खु, बागडोलको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

Advertisement

शिविरमा ७६५ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा ११३ जनाको रक्त परीक्षण, ९८ जनाको भिडियो एक्सरे र ८७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै २१ जनाको दाँत निकालिएको छ ।

केएमसीले बुधबार नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ११०३ जना बिरामीको उपचार गरेको थियो । डा.सुनिल शर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीब्रता दिएको केएमसीले बिभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीहरुको निःशुल्क उपचार गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!