- संगालोखवर सम्वाददाता


धनकुटा । एमसीसीको विरोध गर्दै आज पनि धनकुटामा मसाल जुलुश प्रदर्शन गरिएको छ । विप्लव नेतृत्वको नेकपा र मोहन बैध नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले धनकुटा बजारमा साँझ मसाल जुलुश प्रदर्शन गरेका हुन् ।

बिच बजारबाट हातमा मसाल बोकेर निस्किएका नेता कार्यकर्ताले बजारमा नाराबाजी गर्दै जुलुश प्रदर्शन गरे । उनीहरुले एमसीसीसँगै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध पनि नारा लगाए । ‘एमसीसी खारेज गर, देश बेच्न पाइदैन, देउवा तेरो पाराले दुःख पाए साराले’ लगायत नारा लगाउँदै प्रदर्शन गरिएको हो ।

बिच बजार, परिचयमोड, हुलाकटोल क्षेत्रमा प्रदर्शन गर्दै जुलुश मदनचौकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई संवोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सदस्य राजेन्द्र बस्नेत ‘अविरल’ ले एमसीसी राष्ट्रघाती रहेको भन्दै कुनैपनि हालतमा एमसीसी खारेज गरिनुपर्ने बताए । उनले एमसीसीमा भएका राष्ट्रघाती वुँदाहरु वाचन गरेर सुनाएका थिए ।

यसअघि पनि धनकुटा बजार र पाख्रीवास बजारमा मसाल जुलुश प्रदर्शन गरेर एमसीसी खारेज गर्न माग गरिएको थियो ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!