संगालोखबर सम्बाददाता
सांकेतिक तस्बीर

मोरङ । मोरङको जहदा गाउँपालिका–७ सिरसियामा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । पानी जमेको खाल्डोमा डुब्दा स्थानीय महेश हस्दाका ३० महिने छोरा रबिनको मृत्यु भएको हो ।

बुधबार दिउँसो साढे २ बजे आफ्नै घर अगाडि धाराको पानी जमेको खाल्डोमा डेबेका बालकलाई उनका बुबाले बेहोस अवस्थामा भेटेका थिए । बालकलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!