- संगालोखबर सम्बाददाता

धनुकटा । जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्की माघ महिनाको ‘पुलिस अफ दी मन्थ’ घोषणा भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाले डीएसपी कार्कीलाई माघ महिनाको उत्कृष्ठ प्रहरी घोषित गरेको हो ।

Advertisement

विभागिय नीति अनुरुप आदेश निर्देशन पालना गरी व्यवसायिक लगनशिल र कर्तव्यनिष्ठ भई उच्च मनोवलका साथ आफ्नो कर्तव्य निर्वाह गरेको र अपराध अनुसन्धानका क्षेत्रमा विशेष योगदान पुर्याएकाले उनलाई उत्कृष्ठ प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नकुल पोखरेलले जनाएका छन् । धनकुटा नगरपालिका–४ मा श्रीमतीको हत्या गरी घरभित्रै गाडेर फरार रहेका श्रीमानलाई पक्राउ गर्न सफल भएको, धनकुटा–९ छिम्सुवास्थित गोठमा बालिकालाई जवरजस्ती करणी गरी भारत गई लुकेर बसेका आरोपीलाई पक्राउ लगायत काममा डीएसपी कार्कीले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रहरी संगठनको ठहर छ ।

डीएसपी कार्कीका यस्ता कामले जनमानसमा प्रहरीको छवि उच्च बनाउन सहयोग गरेकाले उनको उत्कृष्ठ कार्य सम्पादनलाई उच्च मूल्यांकन गरेर उत्कृष्ठ प्रहरी घोषित गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयले हरेक महिना उत्कृष्ठ कार्य सम्पादन गर्ने एक/एक जना प्रहरीलाई ‘पुलिस अफ दी मन्थ’ घोषणा गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!